बर्दिया,असोज,१७- एमालेको पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। स्थानीय तहको निर्वाचनमा पार्टी अध्यक्ष हरि ज्ञवालीले पराजय व्यहोरेको भन्दै कार्यकर्ताले राजीनामा माग गर्दै तालाबन्दी गरेका हुन्। ज्ञवाली गुलरिया नगरपालिकामा नेपाली कांग्रेससँग पराजित भएका थिए। अध्यक्ष ज्ञवालीको मनोमानीले गर्दा स्थानीय तह निर्वाचन हारेको कार्यकर्ताको भनाइ छ। नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै कार्यकर्ताहरुले अनिश्चितकालीन तालाबन्दी गरेको जिल्ला […]
समाचार
लोकतन्त्रवादीहरु मिलेर जानुपर्छ : कांग्रेस महामन्त्री कोइराला
लुम्बिनी,असोज,१७- नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताउनु भएको छ । नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने […]
प्रधानमन्त्री देउवा र प्रचण्डबीच आजै दुई पटक वार्ता
काठमाण्डौं,असोज,१७- चुनावी तालमेल लगायत समकालिन राजनीतिका विषयमा हाम्रो पनि माओवादी केन्द्रसँग वार्ता भइरहेको छ’ कांग्रेस महामन्त्री शशांक कोइरालाले भने ‘यो विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुरा गरिहरनु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टू वान’ वार्ता गरेको र थप कुराकानी हुने महामन्त्री […]
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
काठमाडौं,असोज,१७- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ । त्यसका लागि मोदी असोज अन्तिम साता वा कात्तिक पहिलो साता नेपाल आउने […]
हामी बोल्सेभिक, एमाले मेन्सेभिकः प्रचण्ड
काठमाडौं,असोज,१७- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको पार्टी सचिवालय बैठकमा एमालेसँगको एकता प्रस्तावलाई अनौठो तर्कद्वारा स्थापित गर्ने प्रयत्न गरे । उनले रुसमा कम्युनिस्ट पार्टी विभाजन भएर दुई धार बनेका बोल्सेभिक र मेन्सेभिकबीच पुनः एकताको प्रसंग कोट्याए । उनले माओवादीलाई बोल्सेभिक र एमालेलाई मेन्सेभिकका रुपमा अथ्र्याए । रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेभिकको अर्थ […]
एकीकरण र तालमेलको फगत हल्ला
हरिविनोद अधिकारी’ काठमाण्डौं,असोज,१७- नेकपा एमाले र नेकपा माओबादी केन्द्रका बिचमा आगामी निर्वाचनहरुका लागि उम्मेदवार तालमेलको कुरासँगै दुबै दलहरुको एकीकरणसम्मको कुरा बाहिर आएको छ । फुट्नु भन्दा जुट्नु अत्यन्त राम्रो हो र झन एउटै बिचारका आधारमा खोलिएका दलहरु मिल्नु त समय, श्रम र सिपको समेत संचय गर्नु हो । अनि नेपाली सञ्चार माध्यमहरु र राजनीतिक वृत्तमा […]
देवनारायणका बाबुछोरालाई रिहाइको पहल गर्न सीडीओलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं,असोज,१६- भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादव र उहाँका छोरालाई छुटाउन गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ । सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीको नियन्त्रणबाट रिहाईको पहल थाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको हो । उहाँले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ […]
मूर्ति सेलाउने विषयमा गुलरियामा विवाद चर्कियो
बर्दिया,असोज,१६- बर्दियाको गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको छ ।आज बिहानैदेखि स्थानीय दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुरदेखि ५०० सय मिटर पू्र्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो । बर्दियाको गुलरिया नगरपालिका–११ मा आइतबार दिउँसो दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडप भएको […]
दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु
कञ्चनपुर, असोज १६- दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष […]
देव नारायण यादवलाई छुटाउन प्रचण्ड र गृहमन्त्री शर्माको पहल
काठमाडौं,असोज,१६- भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादवलाई छुटाउन आवश्यक पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहल शुरु गर्नु भएको छ । यादवलाई शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएको बेला भारतीय प्रहरीले यादव र उनका छोरासहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । त्यतिखेर यादव र अन्य एकजनालाई रिहाई गरेपनि उनका […]










