आमालाई सुधार्ने भन्दै छोराले बाँधेर कुट्दा मृत्यु

चितवन,भदौ,१५- भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्षीय आशिष दरैले बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा […]

सल्यानमा टर्च बालेर सुत्केरीको उपचार

सल्यान,भदाै,१५- सल्यानको र्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या थपिएको छ । विद्युत नहुँदाको प्रभाव विशेष गरी प्रसूतिसेवा र खोप भण्डारणमा देखिन्छ ।अनमी झरना ओलीले रातको समयमा प्रसूतिका लागि […]

वेपत्ता परिवारलाई राज्यले उपेक्षा गरेको आरोप

नरेश खड्का/ दाङ,भदौ,१४- शसस्त्र युद्ध शुरुभएपछि राज्य पक्ष र विद्रोहि पक्षवाट वेपत्ता पारीएका परिवारले राज्यले आफुहरुलाई उपेक्षामा राखेको वताएकाछन । अन्तराष्ट्रिय वेपत्ता दिवसका अवसरमा नेपाल रेडक्रस शोसाईटी दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा वेपत्ता परिवारका सदस्यहरुले राज्यले वेपत्तापरिवारलाई वेपत्ताको यर्थात जानकारी गराउनुपर्ने माग गरेका छन् । उनिहरुले पैसामा मानिसको जीवनको मुल्य गरेर नहुने भन्दै परिवारलाई राहत […]

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुने

काठमाण्डाैं,भदौ,१४- सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेको अर्को मिति तय गरेको छ ।सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो । आज बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरि दोश्रो चरणको […]

निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

काठमाडौँ,भदौ,१४- प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाउनुभएको हो ।सो आयोग गत साउन १५ गते गठन भएको थियो ।

प्रदेश नं २ मा स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र निर्धारण

काठमाडौँ,भदौ,१४- निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी […]

जोर्नी खिइने समस्या

इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१४   उमेर पाको हुँदै जाँदा स्वाभाविक रुपमा हामीलाई हाडजोर्नी सम्बन्धी समस्याले बढी सताएको पाइन्छ । ‘अस्टिओ आर्थाइटिस’ भनिने यो समस्यालाई नेपालीमा जोर्नी खिइनु भनिन्छ । यो समस्या विशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ । चोटपटक लागेर जोर्नी खिइने समस्या […]

भ्रष्टाचारी नेता अनुकूल कानून बनाउन प्रधानमन्त्रीको लबिङ

काठमाडौं,भदौं,१४- प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसदमा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको सशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको श्रोतको दाबी छ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई […]

दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय

काठमाडौं,भदौं,१४- प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक-दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् । आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका […]

क्षेप्यास्त्र प्रहार लगत्तै उत्तर कोरियाको सीमानजिकै ८ ओटा बम खसाईयो

एजेन्सी,भादौ,३०- उत्तर कोरियाले जापानी आकाश हुँदै समुद्रमा क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले सीमाक्षेत्रमा ८ ओटा बम खसाएको छ । उत्तर कोरियाले मंगलबार बिहान ६ बजे मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको घण्टाभरमै दक्षिणले सो बम खसाएको हो। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले चार ओटा एफ–१५के लडाकु विमानबाट ८ ओटा एमके ८४ बम खसाइएको जनाएको छ […]