साना ११ दल समाजवादी पार्टीमा

काठमाडाै,असाेज,२६- दलहरूको बीचमा ध्रुवीकरण तथा तालमेल भइरहेको बेला नेपाल सङ्घीय समाजवादी पार्टीले पनि विभिन्न ११ वटा साना दलहरू आफूमा समाहित भएको जनाएको छ । रिजवान अन्सारी अध्यक्ष रहेको समाजवादी पार्टीमा नेपाल सङ्घीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय समुक्ति पार्टी, किरात जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, […]

भारतीय रेल्वेले नेपालको ढुवानी रोक्यो

काठमाडौं,असोज,२६- कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ । नेपालका लागि विदेशबाट मालसामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् । यता वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आयातित कार्गोमा विलम्ब हुन थालेको भन्दै […]

विवादले रोकियो चिकित्सा शिक्षा विधेयक

काठमाडौं,असोज,२६- विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनीतिक दलबीच विवाद भएपछि चिकित्सा शिक्षा विधेयक संसद्मै रोकिएको छ । संसदीय समितिले तयार पारेको प्रतिवेदनमा अनशनरत डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि विधेयक अगाडि बढ्न नसकेको हो । डा. केसीको मागअनुसार विधेयक परिमार्जनमा राजनीतिक दलबीच विवाद छ । नेपाली काँग्रेसले विधेयकको प्रस्तावना र कलेज सम्बन्धनलाई डा. केसीको मागअनुसार अगाडि बढाउन […]

निर्वाचन सुनिश्चित गर्न राप्रपा सरकारमा जाने थापाको भनाई

 बुटवल,असोज,२५- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अल्पमतमा पर्ने र चुनाव धरापमा पर्न सक्ने सम्भावनापछि त्यसलाई जोगाउन आफ्नो पार्टी सरकारमा सहभागी हुन लागेको बताउनु भएको छ । रिपोर्टस क्लब नेपाल रुपन्देहीले आज बुटवलमा गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एमाले र माओवादीबीचको तालमेलले निर्वाचन तालिका प्रभावित हुनसक्ने भएकाले निर्वाचन सुनिश्चितताका लागि आफ्नो पार्टी शेरबहादुर देउवा […]

कांग्रेसको ‘शक्तिशाली’ संसदीय समिति गठन

काठमाडौं, असोज २५- नेपाली कांग्रेसले आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छान्न १७ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज संसदीय समिति गठन गरेका हुन् । कांग्रेसको विधानअनुसार संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले पार्टी संरचनामा यो समितिलाई शक्तिशाली मानिन्छ । नेपाली कांग्रेसको […]

१७ वर्षीय केपि खनालको नेतृत्वमा हुम्लामा राहत बितरण हुदै

सुशील भण्डारी/ हुम्ला,असोज,२५- हुम्लाका नांगा छाती र भोका पेट हरुलाई राहत बितरण गर्न सामथ्र्य नेपालको टोली हुम्ला जानलागेको छ । पश्चिम नेपाल संयोजक केपी खनालको नेतृत्तवमा सामथ्र्य नेपालको टोली कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर जादैछ । सामथ्र्य नेपालले केहि दिन पैले दशैमा दशा लागेका पिडीत परिवारहरुलाई महलम पट्टी लगाउने उदेश्यले […]

राष्ट्र राष्ट्रियता धर्म सस्कार र सस्कृति रक्षार्थ एक प्रभावकारी अभियान ॐ जन-जागरण नेपाल

केपि खनाल/ काठमाण्डौं,असोज-२५- भनिन्छ,जीवनलाई हेर्ने दृश्टिकोण नै जीवन हो । गलत अर्थले हेरिएको जीवनले गलत मोड लिन्छ सही अर्थमा ब्यतीत जीवनले सही मोड़ लिन्छ । जब छाती भित्र राष्ट् प्रेम हुन्छ उसलाई कुनै राजनैतिक पार्टीको सपोर्ट वा कार्यकर्ता भै रहनु पनी पर्दैन । आफैले एउटा स्वतन्त्र अभियान चलाएर देशको लागी केहि गर्न सकिन्छ भन्ने बलियो […]

ब्रेकिङ न्यूज : विश्वकपका लागि अर्जेन्टिना छनोट

काठमाडौं,असोज,२५- विश्वकपका लागी अर्जेन्टिना छनोट भएको छ । भर्खरै समाप्त खेलमा लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको हो । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । यो खेलमा मेसीले जादुमयी प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

फेरी सर्लाहीमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या

सर्लाही, असोज २५- सर्लाहीमा गोली हानी एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । मंगलबार साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३/४ जनाको समुहले मोटरसाईकल रोक्न […]

राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने

नरेश खड्का/ घोराही,असोज,२५- राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक व्यवस्थापीका सांसदबाट पारित भएसँगै दंगालीले खुशीयाली मनाएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयक व्यवस्थापिका–संसदबाट मंगलवार पारित भएसँगै दंगालीहरुमा खुशीयाली छाएको हो । खुशीयालीमा मंगलवार बेलुकी अस्पताल विकास समितिले दिप प्रज्वलन गरेर सरकारको निर्णयको स्वागत गर्दै खुशीयाली मनाएको छ […]