झापा,असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार झापाका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। विहान ७ बजेदेखि नै मतदाताहरु मत हाल्न मतदान केन्द्रमा आएका थिए। झापाको दमकमा मत हाल्न लाइन बसेका ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ। विहान साढे ७ बजे दमक ९ को सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्न लाइनमा बसेका […]
समाचार
बन्दले पर्साको जनजीवन प्रभावित
वीरगञ्ज,असार,१४- राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पर्साका वीरगञ्जलगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। आन्दोलनकारीले बिहानैदेखि विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घण्टाघर, माइस्थान, मुर्ली, बसपार्क, नगवा, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। बन्दका कारण विद्यालय नखुल्दा पठनपाठन अवरुद्ध […]
बुटवलमा बम पड्काएर मतदाता तर्साउने काम
बुटवल,असार,१४- बुटवलमा मध्यरातमा बम पड्काइएको छ । अज्ञात समूहले बुटवलका केहि स्थानमा बम पड्काएर मतदाता तर्साउने काम गरेको हो । तर निर्वाचनका बेला छिटफुट यस्ता घटना घट्न सक्ने भन्दै रुपन्देही प्रहरीले भने थप सुरक्षा सतर्कता अपनाएको छ । खास क्षति नभएपनि आज असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई बिथोल्ने हेतुले बम आतंक सिर्जना गरिएको […]
१०३ बर्षिय वृद्धद्धारा भोट खस्यो
अछाम,असार,१४- अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ मा एकसय ३ वर्षिया वृद्धाले भोट खसाल्नु भएको छ । कोकिला आधारभूत विद्यालय, चिउरी केन्द्रमा आज बिहान पहिलो भोट एकसय ३ वर्षिया पल्चुकुमारी शाहीले आफन्तको सहयोगमा भोट खसाल्नु भएको उहाँका भतिजा हिक्मत शाहीले जानकारी दिनुभएको छ ।
बिराटनगरका मतदान केन्द्रमा पूर्वमन्त्रीको भीड, कुन नेता कहाँ
बिराटनगर,असार,१४- मोरङलाई नेतै नेताहरुको जिल्लाभन्दा पनि फरक पर्दैन । आज बिराटनगर महानगरपालिका र मोरङ जिल्लाका अन्य स्थानीय तहका मतदान केन्द्रमा हेर्दा मोरङलाई बढी जनघनत्व भएको जिल्लामात्रै होइन, धेरै नेता भएको जिल्ला भने पनि हुन्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट मोरङमा ८२९ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकासहित मोरङमा १७ […]
अपडेट: प्युठानमा एमाले र जनमोर्चाको झडपका कारण मतदानमा ढिलाइ
काठमाडौं,असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर १, ५ र ७ मा मतदान सुरु भएको छ। विहान ७ बजेदेखि धेरैजसो मतदान केन्द्रमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिकाको जनता प्रावि मतदान केन्द्रमा भने नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप भएपछि मतदान सुरु हुन सकेको छैन। दुई पक्षबीच […]
पुर्बी रुकुममा सुरक्षा योजना भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन
मेगराज खड्का रुकुम,असार,१४- प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ स्थानीय तहमा पहिलो चरणमा सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने रुकुमका ३ वटा स्थानीय तहमा दोस्रो चरणको निर्बाचन भोली असार १४ गते हुदैन । निर्बाचनका लागि सम्पुर्ण कर्मचारीहरु मतदान स्थलमा पुगिसकेको जिल्ला निर्बाचन कार्यालय रुकुमले जानकारी दिएको छ । सदरमुकाम खलंगा भन्दा दुर्गम क्षेत्रमा […]
चुनावमा एक लाख ६४ हजार सुरक्षाकर्मी परिचालित
काठमाडौं,असार,१४- दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यो निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । निर्वाचन स्वतन्त्र र […]
५ पटक चुनाव वहिष्कार गरेका थवाङी आज मताधिकार प्रयोग गर्दै
रोल्पा,असार, १४- सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् ।इएतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । आज हुने निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतिक्षामा छन् । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालका चुनाव वहिष्कार गरेका थिए ।
आज तिन प्रदेशमा दोस्रो चरणको निर्वाचन हुँदै
काठमाडौं, असार,१४– स्थानीय तहको दोस्रो चरणको निर्वाचन आज तीनओटा प्रदेशमा हुँदैछ । प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा आज निर्वाचन हुन लागेको हो । तीमध्ये १ महानगरपालिका, ७ उपमहानगपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका रहेका छन् । सबै स्थानीय तहमा परी कुल २८७४ वडा समावेश छन् ।निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७ […]









