आज पिएसजी विरुद्ध उरावा रेड डायमण्ड मैदान उत्रदै

टोकियो,जापान,साउन,७-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज शनिबार उरावा रेड डायमण्ड संग दोस्रो प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ।  खेल साईतामा स्थित उरावा रंगशालामा जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको थियो।  विश्वकै चर्चित टिम पिएसजी संग आज भिड्ने उरावा रेड डायमण्ड बारे थोरै चर्चा गर्नु […]

प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकका प्रावधान यस्ता छन्

काठमाडौँ,साउन,६-प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक २०७९’ पारित भएको छ।प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले पेस गरेका संशोधनलाई अस्वीकृत गर्दै सरकारले पेस गरेको विधेयक प्रतिनिधि सभाले पारित गरेको हो । नयाँ विधेयकमा नेपाल नागरिकता ऐन २०६३ कै केही प्रावधानमा संशोधन गरिएको छ।प्रतिनिधि सभाबाट विधेयकमा नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राखिएको छ । नागरिकता […]

निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष दाहाल

काठमाडौं,साउन,६-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र)ले गर्ने दाबी गर्नुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो।उहाँले […]

यू-२० राष्ट्रिय फुटबल टोलीको बिदाइ

काठमाडौं,साउन,६-भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-२० टोलीलाई बिदाइ गरेको हो।राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे । नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन् ।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका […]

आजको राशिफल ।। साउन ६ गते शुक्रवार ।।

काठमाडौं,साउन,६-आज विक्रम संवत २०७९ साल साउन महिनाको ६ गते बिहिवार, (जुलाई २१ तारिख) कृष्ण नवमी तिथि !! आज साउन ६ गते शुक्रबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ।छोटो दुरीको लाभदायक यात्रा हुनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन सानो भूलका कारण गरेको […]

६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपतीमा निर्वाचीत

श्रीलङ्का,साउन,५-“छ” पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपतीमा निर्वाचीत हुनु भएको छ । बुधवार संसद्‌मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गर्दै विक्रमसिङ्घ निर्वाचीत हुनु भएको हो । गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन्। मतदानपछि संसदमा बोल्दै ७३ वर्षीय विक्रमसिङ्घले देश ‘निकै कठिन अवस्थामा’ रहेको […]

आजको राशिफल ।। साउन ५ गते बिहिवार ।।

काठमाडौं,साउन,५-आज विक्रम संवत २०७९ साल साउन महिनाको ५ गते बिहिवार, (जुलाई २१ तारिख) कृष्ण अष्टमी तिथि !! आज साउन ५ गते विहिबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।परिवारजनको साथले नयाँ आशा पलाउनेछ।ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन जिद्दीपनाले गर्दा […]

पिएसजी संग २-१ गोलले खावासाकी पराजीत

टोकियो,जापान,साउन,४-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको छ ।  जापान भ्रमणमा आएको पिएसजीले आज बुधबार टोकियो स्थित खावासीकी रंगशालामा भएको प्रि-सिजनको खेलमा खावासाकी फोर्टल टिमलाई २-१ गोल अन्तरले जितेको हो ।  पिएसजीका लागि मेस्सीले ३२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता   दिलाएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा पिएसजीका अर्नाउड कालिमुएन्डोले थप […]

आज पिएसजी संग भिड्ने खावासाकी टिम हेड टु हेड कति बलीयो?

टोकियो,जापान,साउन,४-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव ले आज बुधबार खावासाकी फुटबल क्लव संग प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ।  खेल टोकियो स्थित खावासीकी रंगशालामा जापानको स्थानीय समय अनुसार बेलुकी ७:३० बजे सुरु हुनेछ । विश्वकै चर्चित टिम पिएसजी संग जापानको कस्तो टिम भिड्दै छ होला भन्ने धेरै फुटबल प्रेमीहरुको मनमा उत्सुकुता लाग्नु स्वभाविक हो।आउनुहोस् अब एकै […]

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं,साउन,४-संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बुधबार) बस्ने भएको छ। बुधबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो। बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले […]