काठमाडौं,साउन,१०-‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज(शनिबार) हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले […]
समाज
आज नाग पञ्चमी पर्व मनाईदै
काठमाडौं,साउन,१०-आज हिन्दु धर्मालम्बीले नाग पञ्चमी पर्व मनाउँदैछन्। साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने प्रचलन छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल ढोकामा टाँसेर नागप्रति श्रद्धा व्यक्त गर्ने गरिन्छ। घरमा नागको तस्बिर टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता […]
ऊर्जामा लगानी गर्न बङ्गलादेशलाई ऊर्जा मन्त्री पुनको आग्रह
काठमाडौँ,साउन,९-ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बङ्गलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी भिर्याउन आग्रह गर्नुभएकोे छ ।नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गर्नुभयो । राजदूत साम्स आफ्नो चार वर्षे कार्यकाल पूरा […]
लगानीयोग्य रकम थुप्रिएसँगै बैंकहरुले घटाउन थाले ऋणको ब्याजदर, कुनको कति?
काठमाडौं,साउन,८-बजारमा अधिक तरलता प्रवाहसँगै बैंकहरुले ऋणको ब्याजदर घटाउनथालेका छन्। बैंकहरुले ऋणको ब्याजदर एकल अंकमा ल्याएको जानकारीसहित सूचना जारी गर्नथालेका हुन्। अहिले राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंकहरुमा करिब १ खर्ब ६६ अर्ब रुपैयाँ लगानीयोग्य पैसा रहेको र मौद्रिक नीतिले सीसीडी रेसियो समेत ८० बाट ८५ प्रतिशत पुर्याएपछि बैंकहरुको लगानी बढ्दै छ। साथै लकडाउनको कारण ऋण माग कम […]
नेपालमा थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना डिस्चार्ज
काठमाडौं,साउन,८-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।वीरगंजमा बुधबार मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै मृतकको संख्या ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ४७ जना नयाँ संक्रमित […]
भीमोदय मावि चितवनका प्रअ डा.कँडेललाई एसियाकै उत्कृष्ट प्रधानाध्यापकको अवार्ड
काठमाडौं,साउन,८-भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् ।५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै अवार्डका लागि छनोट गरिएको हो । सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको […]
थप १०० जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ४२ पुग्यो
काठमाडौं,साउन,७-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो । कोरोना संक्रमित धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय एक पुरुषको मंगलबार राति मृत्यु भएको हो । त्यस्तै ४९ वर्षीया कोरोना संक्रमित चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान मृत्यु भएको हो ।कोरोना संक्रमितको संख्या १८ हजार ९४ […]
मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने सरकारको निर्णय
काठमाण्डौं,साउन,६-सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिनुभयो । ‘आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,’ खतिवडाले भन्नुभयो, ‘कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको अवस्था हेर्छौं। […]
होटल रेस्टुराँ साउन १५ देखी खुला हुने,स्कुल भर्ना भदौ १ बाट
काठमाडौं,साउन,६-सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले साउन १५ देखि होटल तथा रेस्टुराँ खोल्ने निर्णय गरेको छ । यस्तै: ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्कुल भर्ना १ गतेदेखि लिन सकिने बताउनुभयो ।भर्ना खुला भएपनि विद्यालय भने अर्काे सूचना नआएसम्म […]
नेपालमा थप १५० जना संक्रमित थपिए, ६०९ जना डिस्चार्ज
काठमाडौं,साउन,६-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक सय ५० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १७ हजार ९ सय ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६ सय ९ जना संक्रमण मुक्त भई घर फर्केका छन् […]



