काठमाडौं,जेठ,३२-सरकारले लकडाउन अवधिभर विद्यार्थीलाई घरमै बसेर श्रव्य-दृश्यका माध्यमबाट पढ्ने वातावरण मिलाएको छ।लकडाउनका कारण स्कुल जान नपाएका विद्यार्थीका लागि शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएकाे हाे। त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका (अन्तिममा राखिएको […]
समाज
पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता
पर्वत,जेठ,३२-कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । चार जना बेपता छन् ।पहिरोमा पुरिएका मध्ये थप दुई जनाको शव फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शव आज बिहान फेला परेको हो । पहिरोमा पुरिएका चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । यस अघि गएराती […]
कैलाली जिल्लाको सीमामा एक हप्तामा ५ वटा सशस्त्रको विओपी स्थापना
कैलाली,जेठ,३१-नेपालको नयाँ नक्सासहितको निसाना छाप संसोधन भइरहेका बेला, कैलालीमा सशस्त्र प्रहरीले एक हप्तामै ५ वटा बोर्डर आउट पोष्ट (विओपी) थपेको छ । हप्ता दिनमै एकै जिल्लामा यत्ति धेरै विओपी थपिएको यो नेपालमै पहिलो पटक हो । कैलालीको भारतसँग १०१ किलोमिटर लामो सीमाना छ । भारततिर दुई-तीन किलोमिटरमा एसएसबीका पोस्ट छन् । नेपालतिर जिल्लाभरमा तीन वटा […]
नेपालमा कोरोना संक्रमितको संख्या ५३ सय ३५ पुग्यो, १८ जनाको मृत्यु
काठमाडौं,जेठ,३१-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घन्टामा ३६ महिलासहित २७३ जना नयाँ संक्रमित थपिएको बताउनुभयो । योसँगै कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको उहाॅंले जानकारी दिनुभयो।त्यसैगरी, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।पर्साका बेवारिसे […]
संविधान दोस्रो संशोधन विधेयक संसदबाट पारित, अद्यावधिक नक्सा निशान छापमै
काठमाडौं,जेठ,३१-भारतद्वारा अतिक्रमित नेपाली भू–भाग लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले निशान छापमा भारतबाट अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नक्सा परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा उपस्थित २५८ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए भने […]
सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, गोली लागेर एकको मृत्यु
काठमाडौं,जेठ,३०-सर्लाहीको नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको छ । त्यस क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा तीन जना सशस्त्र […]
निजगढ-काठमाडौं सम्पर्क समिती बाराको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं,जेठ,२९-निजगढ-काठमाडौं सम्पर्क समिती बाराले बिहिबार नेपाल रेडक्रस संग समन्वय गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ।नेपाल अहिले कोरोना भाईरसको अती जोखिमा परिरहेको अवस्थामा बिरामीको चाप बढे संगै रगतको पनि अभाब भैरहेको बेला केही […]
थप २५० जनामा सङ्क्रमण पुष्टि,नेपालमा सङ्क्रमित सङ्ख्या ४,६१४ पुग्यो
काठमाण्डौं,जेठ,२९-नेपालमा बिहिबार थप २५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। सङ्क्रमित भएकाहरु मध्ये २३० जना पुरुष र २० जना महिला रहेको मन्त्रालयले बताएको हो ।यो सँगै बिहीवार बेलुकि सम्म देशभरी सङ्क्रमितको कुल सङ्ख्या ४,६१४ पुगेको छ। तीमध्ये ८६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता […]
नेपाललाई सडक बनाउन विश्व बैंकले ५४ अर्ब ऋण दिने
काठमाण्डौं,जेठ,२९-विश्व बैंकले नेपाललाई थप ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। नेपालको सडक पूर्वाधार विकास गर्नका लागि बैंकको बोर्डले ४५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ।कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा […]
लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषदको निर्णय, पसल खुल्ने, सवारीमा जोर बिजोर प्रणाली !
काठमाडौं,जेठ,२९-सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार अबेर राति सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो । अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गरिने छ । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गरिने छ । सरकारले […]




