बिपन्न बिद्यार्थीका लागि उपचारात्मक कक्षा संचालन

नेपालगञ्ज,कार्तिक,७- आर्थिक हिसाबले अध्ययनमा समस्या देखिएका बिद्यार्थीहरुका लागि बाँकेमा उपचारात्मक कक्षा संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न बिद्यालयमा अध्ययनरत र समस्यामा देखिएका त्यस्ता बिद्यार्थीहरुको सहजताका लागि उपचारात्मक कक्षा संचालन गरिएको हो । आर्थिक तवरले बिपन्न, आदिवासी जनजाति तथा पछाडि परेका समुदायका बिद्यार्थीहरुको पढाई निरन्तरता र उनीहरुमा आत्मबिश्वास बढाउन यस्तो कक्षा संचालन गरिएको जनाएको छ […]

नेपाल सरकारले तोकेको न्यूनतम तलबभत्ता नपाए पछि मजदुरहरु आन्दोलनमा

बाँके,कार्तिक,६- नेपाल सरकार श्रम मन्त्रालयले गत श्रावण महिना देखि लागु हुने गरी मजदुरहरूको न्युनतम पारीश्रमिक मासिक रु १३४५० तोकेकोमा उक्त तलबभत्ता नदिएको भन्दै बाँकेको जानकी गाउँ पालिका खजुरा स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका मजदुरहरु अाजबाट अान्दोलनमा उत्रिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला कमिटीको सहयोगमा त्यहाँ कार्यरत रहेका मजदुरहरु अान्दोलनमा उत्रिएको अखिल नेपाल […]

बृहत खेलकुद सप्ताह सम्पन्न

ओखलढुंगा,असोज,२८- ओखलढुंगाको मानेभन्ज्याङमा असोज २२ बाट सुरु भएको बृहत खेलकुद सप्ताह सम्पन्न भएको छ । मानेभन्ज्यांग गाउँपालिकाले आयोजना गरेको बृहत खेलकुद सप्ताह अन्तर्गत वडा भित्रका दोश्रो पुरुष फुटबल, पहिलो महिला, पुरुष भलिबल र महिला, पुरुष ब्याटमिन्टन प्रतियोगिता भएका थिए । दोश्रो अन्तर वडा स्तरिय पुरुष फुटबल तर्फको पहिलो उपाधी नयाँ नेपाल सरोकार समाज मानेभन्ज्यांग गाउँपालिका […]

१६६ औं शिक्षा दिवश मनाईयो

काठमाडौं,असोज,२७- तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा दिवस मनाइएको हो । वि.स. १९१० असोज २७ गते जंगबहादुर राणाले दरवार हाइस्कूल स्थापना गरी औपचारिक रुपमा विद्यालय शिक्षाको शुरुवात गरेका […]

राष्ट्रिय सौन्दर्य कर्मी युनीयन नेपालद्धारा शुभकामना तथा सम्मान कार्यक्रम

नेपालगन्ज ,अशोज, २४- राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल बाँकेद्वारा अाज नेपालगन्जमा एक कार्यक्रम गरी विजया दशमी , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना अादान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अावद्द सौन्दर्य कर्मीहरुको संगठनले उक्त कार्यक्रमको अायोजना गरेको थियो । कार्यक्रमको अध्यक्षतामा राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल […]

बिद्यालय स्तरीय चित्रकलामा धम्बोझी मा वि प्रथम

नेपालगञ्ज,असोज,२२– बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न आयोजना गरिएको बिद्यालयस्तरिय चित्रकला प्रतियोगितामा धम्बोझी माध्यमिक बिद्यालय प्रथम भएको छ । बिद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न आज आयोजना गरिएको वातावरण सम्बन्धि प्राकृतिक शोन्दर्यता बिषयक चित्रकलामा धम्बोझी माबिकी छात्रा कल्पना बिएम प्रथम भएकी हुन । प्रतियोगितामा धम्बोझी माबिकै छात्रा हेलेन शाही द्धितिय भएकी छन् । नेपालगञ्जभित्रका सात बिद्यालय सहभागि […]

अबैध काम रोक्न नेपालगंज वडा प्रहरी कार्यालय सक्रिय

नेपालगञ्ज,असोज,२२- चाडपर्वको अवसर पारी नेपालगञ्जमा हुने अवैध कामलाई निरुत्साहित गर्न प्रहरी सक्रिय बनेको छ । नेपालगञ्जमा हुन सक्ने अबैध काम तथा सीमा क्षेत्रबाट हुने अबैध ओसार पसारको कामलाई नियन्त्रण गर्न नेपालगञ्जमा प्रहरीले सक्रियता बढाएको हो । सोही क्रममा आइतबार प्रहरीले नेपालगञ्जमा अबैध खसी तथा अण्डा पक्राउ गरेको छ । आइतबार साँझ वडा प्रहरी कार्यालय नेपालगञ्जको […]

ओखलढुंगाको खिजिदेम्बामा एम्बुलेन्स सेवा सुरु

ओखलढुंगा,असोज,२१- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गत आर्थिक वर्षको गाउँपालिकाको बजेटबाट खरिद गरिएको एम्बुलेन्सले बिरामी ओसार्न थालेको हो । दुर्गम गाउँका नागरिकलाई समयमै स्वास्थ्य संस्था पुयाएर उपचारमा सहयोग गर्ने उद्देश्यले ल्याईएको एम्बुलेन्सले सेवा दिन थालेको गाउँपालिकाका लेखापाल टेकनारायण यादवले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा सुरु भएको केही दिन यता […]

युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ : डा शर्मा

विराटनगर,असोज,२१- नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अवसर नपाउँदा उनीहरु ओझेलमा परेको डा.शर्माको भनाई छ । नृत्य, गायन, अभिनय लगायत […]

नेपालगंज टेक्नीकल कलेजमा स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न

नेपालगन्ज, अशोज, २१- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा प्राविधिक शिक्षाका लागि अाफनै सु सम्पन्न भवन लगायतको सुविधा सम्पन कम्प्युटर ल्याब, खेलमैदान , प्रयोगशाला भएको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाज विभिन्न कार्यक्रम गरेर नव अागन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ । अाज बिहान ८:३० बजे देखि कलेजले अाफनै बिद्यालयको प्राङ्गणमा यस कलेजमा अध्ययनरत सामान्य चिकित्सक , ल्याब […]