वडादशैँको आठौं दिन आज महाअष्टमी पर्व

काठमाण्डौं,असोज ,१२- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्। वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई […]

ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याउन लागिएको तरवार बरामद

बाँके,असोज १२- भारतको अजमेरबाट रुपैडिया नाका हुँदै नेपाल भित्र्याउन लागिएको अवस्थामा भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा तरवार बरामद गरेको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार अजमेरबाट नेपाल आउँदै गरेको बसमा चेकजाँचका क्रममा ८१ थान तरवार फेला परेको थियो । बुधबार पनि अजमेरबाट नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ तरवार बरामद भएको बताइएको छ । तरवार […]

दशैमा सामर्थ्य नेपालद्वारा कैलालीका गरिव परिवारलाई राहत बितरण

भरत राज जैशि/ कैलाली,असोज १२- नेपालिहरुको महान चाड दशैं सबै नेपालीले खुसियालीका साथ मनाउने गर्दछन,तर देशभर खुसियाली मनाइरहदा देशका कुना काप्चामा त्यस्ता ठाउँ पनि नेपालिहरु छन,जसलाई खान लाउन हम्मे हम्मे परिरहेको हुन्छ । यसैलाई देखेर सामर्थ्य नेपालका पश्चिम नेपाल प्रमुख के पि खनालले आफ्नो सामाजिक सन्जाल (फेसबुकमा) कैलालीको लम्किचुहा नगरपालिकाका लाई प्रत्येक वार्ड १/१ जनालाई […]

दसैंमा घर फर्कनेको लर्को

काठमाडौं, असोज १०- बडादसैंका मुख्य दिनहरु नजिकिँदै गर्दा उपत्यकाबाट घर फर्कनेहरुको लर्को झन्–झन् बढ्दै छ ।राज्यको तर्फबाट दसैंको यात्रालाई सहज बनाउने पहल नहुँदा यात्रीहरुले निकै कठीन यात्रा गर्नुपर्ने बाध्यता छ । केही दिनयता दैनिक २ लाख व्यक्तिहरु उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक रहेको छ । काठमाडौंका गोंगबु बसपार्क, कोटेश्वर र कलंकीलगायतका स्थानहरुमा दैनिक घर फर्कनेको लर्को […]

फुल्टेक्रामा चेक जाँचका नाममा रकम असुल्दै प्रहरी,छानबिन गरी कारवाही गर्छु एसपी

नेपालगंज,असोज,१०- सवारीसाधनको कागजपत्र चेकरजाँच का नाममा बाँकेको नेपालगंज ६ फूल्टेक्रामा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ ।फुल्टेक्रामा सवारीसाधनको चेक गर्ने क्रममा चेकिङमा खटिएका प्रहरीहरुले ५० देखि २ सय रुपैयाँसम्म पकेट खर्चको रुपमा असुल्ने गरेका हुन् । फुल्टेक्रा देखि नहरपुर्वा चोकको विभिन्न स्थानमा नेपाल प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन् । सवारीको कागजपत्र […]

१०४ स्थानको मतपरिणाम सार्वजनिक

काठमाडौं, असोज ७- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १०४ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १८ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् । त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति […]

बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदैं

काठमाडौं, असोज ७- बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ ।देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरु विहानैदेखि शक्तिपीठहरुमा पुगेका छन् । देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ । घटस्थापनाका दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी जमरा राखिएको दशैं घरमा लगातार नौ दिनसम्म पूजा आराधना गर्ने परम्परा रहेको […]

चर्चित निर्देशक भट्टराईको निर्देशनमा “दिनुस आर्शिवाद” बजारमा

सिर्जना बर्देवा ओखलढुंगा ,असोज ५- पछिल्लो समयका चर्चित निर्देशक सरोज रोशन भट्टराईको निर्देशनमा दशै गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । भट्टराईको उत्कृष्ट निर्देशन रहेको यस दशै गीतको “दिनुस आर्शिवाद” म्युजिक भिडियो भर्खरै बजारमा आएको हो । प्रदेशीको पिडालाई समेटेर तयार भएको यस गीतमा दुर्गा कँडेलको लय तथा सुदिप कटुवालको शव्द सिर्जना रहेको छ भने […]

आजदेखि बडा दशैं सुरु, घरघरमा जमरा राखिंदै

काठमाडौं, असोज ५- यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ ।आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदैछ । आश्विन शुक्ल पक्ष […]

दाङका दर्शकलाई “औंठेछाप” फिल्म देखाइयो ,दर्शकबाट पायो मिश्रित प्रतिक्रिया

शिव पुन तुलसीपुर,असोज,३- चलचित्र औंठेछाप को दाङको तुलसीपुरमा च्यारिटी शो गरिएको छ । नेपालको लोपोन्मुख जाति कुमाल जातिको पहिचान तथा संस्कृतीलाई समेटेर तयार पारिएको चलचित्र आज दाङका पत्रकार , विभिन्न संघसंस्थाका प्रमुख लगाएत दर्शकलाई देखाइएको छ । फिल्म हेरिसकेपछी दर्शकले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका दिएका छन् । फिल्म औंठेछाप यसपुर्व नै नेपालका विभिन्न जिल्लाका […]