शिव पुन तुलसीपुर,असोज,३- चलचित्र औंठेछाप को दाङको तुलसीपुरमा च्यारिटी शो गरिएको छ । नेपालको लोपोन्मुख जाति कुमाल जातिको पहिचान तथा संस्कृतीलाई समेटेर तयार पारिएको चलचित्र आज दाङका पत्रकार , विभिन्न संघसंस्थाका प्रमुख लगाएत दर्शकलाई देखाइएको छ । फिल्म हेरिसकेपछी दर्शकले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका दिएका छन् । फिल्म औंठेछाप यसपुर्व नै नेपालका विभिन्न जिल्लाका […]
समाज
प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो
काठमाडौं, ३ असोज प्रदेश २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । संविधान संशोधन विधेयक असफल भएपछि राष्ट्रिय जनता पार्टी समेत सहभागी भएको चुनावमा झण्डै ७३ मत खसेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश २ मधेस आन्दोलनको उद्गम स्थल नै हो । साउन अन्तिममा आएको बाढीले अधिकांश जिल्ला डुवानमा परेका थिए । […]
प्रदेश नं: २ मा मतदान जारी ,मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता
काठमाडौं,असोज,२- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ का ८ जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । सप्तरीको राजविराजमा १ सय ३ वर्षीया एक वृद्धाले मतदान गरेकी छन् ।वडा नम्वर ७ बस्ने १ सय ३ वर्षीय समानदेवी जोशीले मतदान गरेकी हुन् […]
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
काठमाडौं, असोज २- काठमाडौं महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् । फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् । महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकूस्थित फोहर संकलन […]
दसैंको अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं, भदौ २७- सरकार र यातायात व्यवसायीबीच सहमति भएसँगै आज देखि खुलेको दसैंको अग्रिम टिकट बुकिङ गर्न पुग्ने सर्वसाधारणको निकै ठूलो घुइँचो लागेको छ । हिन्दूको महान् पर्व वडादसैं सुरु भएसँगै राजधानीबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । त्यसैका लागि सरकारले बसको अग्रिम टिकट बुकिङको व्यवस्था मिलाएको हो । काठमाडौको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी, […]
कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको मृत्यु
सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,२६- कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको ज्यान गएको छ । घर पोत्न सेतो माटो कमरो ख्रन्ने क्रममा ढिस्कोले पुरीएर चम्पादेवी गाउँपालीका ५ की अन्दाजी २० वर्षकी कोपिला कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । कटुवाल संगै कमेरो खन्न गएका सोहि स्थानिकी मनमाया घिसिंग घाईते हुनुभएको छ । घिसिंगको स्थानिय मेडिकलमा उपचार […]
बागेश्वरी मन्दिरका पुजारीलाई नारियल फोड्ने मेसिन हस्तान्तरण
रन्जीता ढकाल थापा/ बाँके,भदौं,२६- PEAN Nepalgunj Unit ले बागेश्वरी मन्दिरका पुजारीलाई आज नारियल फोड्ने मेसिन हस्तान्तरण गरेको छ । मध्य तथा सुदुरपश्चिमको प्रमुख ब्यापारीक नाका नेपालगञ्ज स्थित पवित्र धार्मिक स्थल श्री बागेश्वरी मन्दिरमा दर्शनार्थीको सहजताका लागी “नारियल फोड्ने मेसिन” राख्ने निर्णय अनुसार उक्त मसिन हस्तान्तरण गरेको हो । बागेश्वरी मन्दिरमा संधैजसो श्रध्दालुहरूको भिड लाग्ने गरेको छ । बिशेष […]
धनगढीमा चलिरहेको भोट बराबरको बोट अभियान ३१ गते समापन हुँदै
केपि खनाल/ कैलाली,भदौ,२६- सुन्दर सुदूर पश्चिमलाई प्रकृतीजस्तै सफा सुग्गर अनि हराभरा तुल्याउने उदेश्य राखी धनगढी उपमहानगर पालिका क्षेत्र वरपर बृहतरुपमा बृक्षारोपण कार्य अधिबढ्दै । यसैगरी यस बृक्षारोपण कार्यक्रम धनगढीको खाली भएको ठाँउमा हजारौ बोट रोपेको जानकारी युवा नेत्रित्व गर्दै रहेका ने.बि.संघ जिल्ला सदस्य हरि ओझा ले बिहानी अनलाइन लाई जानकारी दिनुभयो । कुनै बेला स्थानीय […]
पोखराको सस्तो बजारमा राखिएको सिलिन्डर बम, सेनाद्वारा निस्क्रिय
पोखरा, भदौ,२६- पोखराको पृथ्वी चोकस्थित सस्तो बजारमा राखिएको सिलिन्डर बम नेपाली सेनाले निस्कृय पारेको छ । अज्ञात व्यक्तिले सिलिन्डर बम छाडेर गएपछि नेपाली सेनाको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा ओखलढुंगामा तिन जना युवा पक्राउ
सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र २५- रहस्यमय घटनाका रुपमा लिइएको ओखलढुंगाको एक घटनाका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कटारी नगरपालीका उदयपुरका भएका ६२ वर्षिय रामबहादुर बुढाथोकीको हत्या आरोपमा सुनकोशी गाउँपालीका ५ मूलखर्कका १९ वर्षका धीरेन तामाङ, २१ वर्षिय रुपलाल तामाङ र १८ वर्षका दिपक तामाङलाई पक्राउ गरीएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन […]









