टोकियो,भदौ,१३-नेपाल-चीन सीमावर्ती तिब्बत क्षेत्रबाट उब्जिएको अप्रत्याशित र भीषण बाढी नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा पस्दा व्यापक जनधनको क्षति भएको छ। बाढीका कारण स्थानीय जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा भौतिक संरचना र निजी सम्पत्ति नष्ट भएको छ। यस दुःखी र विषम परिस्थितिमा पीडितहरूलाई तत्काल राहत र पुनःस्थापना पुर्याउने उद्देश्यले विभिन्न निकाय तथा सर्वसाधारण एकजुट भइरहेका […]
समाज
मिनी फुटसल टुर्नामेण्टको उपाधि आयोजक टिम बिहानी एफसीलाई
जापान,भदौं,५-टोकियोमा आयोजित मिनी फुटसल टुर्नामेन्ट २०२६ को उपाधि आयोजक टिम बिहानी एफसीले जितेको छ। उपाधिका लागि भएको फाइनल खेलमा आयोजक बिहानी एफसी र ल्याङ्गर एफसीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो।निर्धारित समयमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पनि दुवै टोलीले समान गोल गरेपछि खेल थप रोमाञ्चक […]
साउनमा मात्र ५७ हजार मेट्रिक टन ग्यास आयात, बजारमा अभाव भने कायमै
काठमाडौं,भदौ,४-गत साउन महिनामा सबै भन्दा बढी ग्यास आयात भएको छ । नेपाल आयल निगमले साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको जनाएको हो।निगमले पछिल्लो पाँच महिनामध्ये साउनमा सबै भन्दा बढी ५७ हजार ३ सय १६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५ सय ४४, जेठमा […]
श्री गणेश खुकुरी एफसी र स्माइल्स रेमिटको सहकार्यमा फुकुओकामा १० औं समर कप हुदैँ
टोकियो,भाद्र,२-श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा १० औं समर कप फुटसल प्रतियोगीता हुने भएको छ। सेप्टेम्बर ५ तारिख अर्थात भदौ २० गते शनीबारका दिन डिनोज क्लब (Dino’s Club)को खेल मैदानमा हुने प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल रेमिट्यान्स (Smiles Mobile Remittance) रहेको छ। श्री गणेश खुकुरी एफसीले आज भन्दा १० वर्ष अगाडी पहिलो पटक […]
जापानमा खाद्यवस्तुको उपभोग कर दुई वर्षका लागि १ प्रतिशतमा झार्ने सरकारको निर्णय
टोकियो,साउन,४-जापान सरकारले आगामी वर्षको अप्रिल महिनादेखि लागू हुने गरी खाद्यवस्तुमा लाग्ने उपभोग कर दुई वर्षका लागि १ प्रतिशतमा झार्ने आधारभूत नीति अनुमोदन गरेको छ। सरकारले अगस्ट ५ गते बुधबारका दिनमा बसेको विशेष मन्त्रिपरिषद् बैठकबाट उक्त नीति पारित गरेको हो।यस नीतिमा कर कटौतीसँगै आगामी दिनमा लागू गरिने कर छुट तथा राहत कार्यक्रमको कार्यान्वयन प्रक्रिया पनि समेटिएको […]
नेपाली रक ब्यान्ड ‘द एक्स’ पहिलो पटक जापान टुरमा आउँदै
टोकियो,जेठ,३०-नेपालको चर्चित रक ब्यान्ड ‘द एक्स’ (The Axe) जापान भ्रमणमा आउने भएको छ। जापानको टोकियो शहरमा पहिलो पटक आउन लागेको आयोजक टिम परिचयका म्यानेजर दिपन मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार ‘द एक्स’ ब्यान्ड नेपाली रक संगीत प्रेमीमाझ निकै लोकप्रिय ब्यान्ड हो।जापानमा रहेका नेपाली दर्शक यो ब्यान्डको प्रत्यक्ष प्रस्तुति हेर्न उत्साहित हुने आफूहरुले विस्वास […]
विश्वकप फुटबल खेल आज देखी सुरु हुदै
काठमाडौं,जेठ,२८-विश्वकप फुटबल खेल आज देखी सुरु हुदैछ। फिफा विश्वकप फुटबलको २३औं संस्करण आज बिहिबार देखी सुरु हुँदैछ।यसपालीको विश्वकप इतिहासमै पहिलोपटक तीन देशको १६ सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिनासहित ४८ राष्ट्रको सहभागिता छ। करिब एक महिना चल्ने विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। छनोट चरणको यात्रा पार गरेर युरोपका १६, […]
सरकारद्वारा १२ वटा ट्रेड युनियन दर्ता खारेज
काठमाडौं,बैशाख,२४-सरकारले सरकारी कर्मचारी सम्वद्ध १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामति कर्मचारीका ८ वटा र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड युनियनहरूको दर्ता खारेज गरेको हो। खारेज गरिएका ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल […]
गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा
काठमाडौं,वैशाख,९-गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ। गृहमन्त्री गुरुङले बुधबार फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्नु भएको थियो।सोही दिन गुरुङ गृहमन्त्री नियुक्त हुनु भएको थियो। सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाउनु भएका गुरुङ पछिल्लो समय भने आलोचनाको […]
फुकुओकामा आज देखि दुई दिने १३ औँ नेपाल फेस्टिवल सुरु
टोकियो,वैशाख,५-फुकुओकामा दुई दिने १३ औँ नेपाल फेस्टिवल आज देखि सुरु भएको छ। यो फेस्टिवल फुकुओका स्थित तेन्जिन सेन्ट्रल पार्कमा आज अप्रिल १८ तारिख शनिबार र भोली अप्रिल १९ तारिख आईतबार सम्म हुने क्यूसु एनआरएनए जापानले जनाएको छ। यस फेस्टिवल गर्नुको मुख्य उद्देश्य जापानीज समुदाय माझ नेपाली समुदायको कला, संस्कृति, परम्परा, स्वादिष्ट नेपाली परिकार तथा पर्यटन […]










