घाँस काट्न वनमा जाँदा लडेर घाइते भएकी कुँवर मृत्यु

जुम्ला,पुस ४-घाँस काट्न वनमा जाँदा लडेर घाइते भएकी ताम्ती–१ सर्मीकी कुशम कुँवरको उपचार गर्दै गर्दा ज्यान गएको छ । उहाँ गर्भवती हुनुहुन्थ्यो । गएको शनिबार घाँस काट्न वनमा गएको बेला पुलेखोला भिरबाट लडेर घाइते भएकी कुँवरको उपचारको क्रममा आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी […]

मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइतको उपचारको क्रममा निधन

बाँके,पुस ४-बाँकेको मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइते भएका एक जनाको उपचारको क्रममा निधन भएको छ । लक्ष्मणपुर–५ का मौलाना बजहुल कम्मर खाँको काठमाडौंको शिक्षण अस्पतालमा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी राईले जानकारी दिनुभयो । यसअघि यो घटनामा नरैनापुर–३ का मेनेजर खानको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा ज्यान […]

स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक सम्पन्न

बाँके,पुस ३ –स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक आज सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बैठक बसेको थियो । संघको शाखा बाँकेमा स्थापित भएपछि आज पहिलो बैठक बसेको हो । आज बसेको पहिलो बैठकले संघमा आवद्ध सदस्यहरुलाई कार्ड र ज्याकेट एक हप्ता भित्रमा वितरण गर्ने निणर्य गरेको […]

मानव बेचविखन विरुद्धको दुइदिने कार्यशाल नेपालगंजमा शुरु

मधुपौडेल नेपालगंज पुस ३-   मानव बेचविखन कसरी रोक्न सकिन्छ भन्ने विषयको कार्यशाला नेपालगंजमा सुरु भएको छ । युनिसेफ, माइती नेपाल नेपालगंज, मानव बेचविखन विरुद्धको जिल्ला कार्य समिति बाके , र सिओ को सयुक्त सहकार्यमा भैरहेको कार्यशालामा नेपाल तथा भारतबाट जो चेलीबेटि बेच विखनको विरुद्धमा लागेका प्रतिनिधिहरुको उपस्थिति रहने कुरा माइती नेपाल नेपालगंज का क्षेत्रीय […]

जोखिममा यात्रा गर्न बाध्य यात्रु

बझाङ, पुस ३ – बझाङको चैनपुरबाट कैलालीको अत्तरियासम्म जोखिम मोलेर  यात्रा गर्नु परेको यात्रुले बताएका छन् । बझाङबाट खोड्पेसम्मको यात्रा कहाली लाग्दो भएको यात्रुको भनाई छ ।एक लेनको घुमाउरो सडक र ठाउँठाउँमा मोड भएकाले यो खण्डमा यात्रा गर्न निकै कठिन छ । साँघुरो र घुमाउरो सडकका ठाउँठाउँमा खाल्डाखुल्डी मर्मतमा समेत सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको […]

शौचालय नभए पनि स्थानीय निकायबाट पाउने सेवा सुविधाबाट बञ्चीन नगर्न उच्च अदालतको आदेश

बाँके ,पुस ३ –शौचालय नभएकै कारण स्थानीय निकायबाट पाउने सेवा सुविधाबाट सर्वसाधारणहरुलाई बञ्चित नगर्न उच्च अदालत तुलसिपुर,नेपालगंज इजलासले परमादेश आदेश जारी गरेको छ । महिला कानुन र विकास मञ्च तथा आईएचआरसी बाँकेको सहकार्यमा जेष्ठ नागरिक जगदिश प्रसाद तिवारीले जिल्ला विकास समिति गत असार २२ गते मुद्दा दायर गरेका थिए । उक्त रिटका सुनुवाई गर्दै उच्च […]

आगलागी पीडित ११ घरधुरीलाई नेपाली सेनाद्धारा राहत सामग्री वितरण

मुगु,पुस २-मुगुस्थित खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा गत महिनाको २० गते दिउँसो आगलागी हुँदा पीडित  ११ घरधुरीलाई आज  नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ । रारा राष्टिय निकुन्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मले आगलागी पिडित परिवारलाई आज प्रत्येक घरधुरीलाई ६४ हजार रुपियाँ बराबरको मन्डी कम्बल,विस्कुट,चाउचाउ लगायतका राहत सामग्रीहरु वितरण गरेको नेपाली सेनाका […]

बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा

बैतडी,पुस २-बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा भएको छ  । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ ले तय गरेका बालमैत्री गाविस घोषणाका लागि पूरा गर्नुपर्ने आवश्यक ३९ वटा सूचकहरु पूरा गरिसकेपछि गाविसलाई बालमैत्री घोषणा गरिएको सिद्धेश्वर गाविसका सचिव प्रेमसिंह बिष्टले बताउनुभयो । यसअघि गएको कात्तिक महिनामा  संघीय मामिला तथा स्थानीय […]

प्रशंसनिय दृष्टिकोण विषयक तिन दिने तालिम शुरु

मधुपौडेल , नेपालगंज पुस १-युनडिपिको सहकार्य र वागेश्वरी असलशासन क्लव को आयोजनामा तिन दिने प्रशंसनीय दृष्टिकोण विषयक तालिम नेपालगंजमा आज बाट शुरु भएको छ ।सकारात्मक सोचका अभियान्त बुद्धि तामाङले गरीरहेको प्रशिक्षण तालिममा गैससका कार्यरत ३३ जना सहभागिता रहेको छ । नेपालगन्ज स्थित होटेल रोयलमा चलीरहेको तालिमको पहिलो दिन ब्यक्ति र समाज रुपान्तरणका लागि कसरी सोच […]

दाङको डुरुवा ४ कोठरीमा हुने माघी महोत्सवमा नायीका रेखा थापा आउँदै

आर.के.शित्तल घोराही मसिर ३० –दाङको डुरुवा ४ कोठरीमा यहि पुष १२ गतेदेखी सञ्चालन   हुन लागेकोे माघी महोत्सवमा नायीका रेखा थापा दाङ आउनुहुने भएको छ । लागु औषध विरुद्धको सचेतना कार्यक्रमकालागी हुने महोत्सवमा लोकप्रीय नायीका रेखा थापा दाङ आउने आयोजकले बताएको छ । नायीका थापा कार्यक्रमका लागी पहिलो पटक दाङ आउन लाग्नुभएको हो । पुष १२ […]