बर्दिया,असार,४-बास नेपालले नागरिक सहायता कक्ष कार्यक्रम अन्तर्गत “जनगुनासो निवारण विषयक सामुदायिक अन्तरक्रिया कार्यक्रम” मधुवन नगरपालिका वडा न.९ मा शुक्रबार सम्पन्न भएको छ। बास नेपालका पुर्ब अध्यक्ष मन भन्डारी ले सहजिकरण तथा कार्यक्रम बारे जानकारी गराउनु भएको थियो।बास मधुवन उपशाखाका पदाधिकारी, स्थानिय जनप्रतिनिधी, समाजसेवी सहित ८०जना भन्दा बढी स्थानिय बासिन्दाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो। स्थानियको […]
समाज
७४ जिल्लाका स्थानीय तहमा नि:शुल्क इन्टरनेट सेवा दिने
काठमाडौं,जेठ,३१-काठमाडौं उपत्यका बाहिरका ७४ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रले दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सुविधा पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालनगरि यस्तो सुविधा दिएको हो ।उपत्यका बाहिरका ७४ जिल्लाको स्थानीय तहमा सञ्चालित परियोजना अन्तर्गत ब्रोडब्याण्ड नेटवर्क निर्माण गरिएकाले दुई वर्षसम्म नि:शुल्क सेवा […]
१० महिनामा नेपालबाट ७२ अर्ब रुपियाँ बाहिरियो
काठमाडौं,जेठ,३०-कोभिड-१९ संक्रमणको असर कम हुन थालेपछि नेपालीको विदेश भ्रमण बढेकाले बाहिरिने रकम बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्म विदेश भ्रमणकै लागि नेपालबाट ७२ अर्ब रुपियाँ बाहिरिएको छ । यो अघिल्लो वैशाखको तुलनामा १४३ दशमलव ४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भ्रमणबापत नेपालबाट ३२ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको […]
नेपालले आज बुधबार राति जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै
काठमाडौं,जेठ,२५-एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । तर, नेपालको नतिजा […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई २ करोड २५ लाख बिनियोजन
काठमाण्डौं,जेठ,२५-सरकारलको चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट मैदानका लागि बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेट अनुसार युवा तथा खेलकुदमन्त्रालयले २ करोड २५ लाख रुपैयाँ गौतमबुद्ध क्रिकेट रंगशालाका लागि छुट्याएको हो। खेलकुद मन्त्रालयको बजेट पुस्तिका अनुसार ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भरतपुर १५ शान्ति चोक रामपुर चितवनका लागि २ करोड २५ लाख […]
निष्ठुरीको यादमा गायक भुवन भट्टराई
काठमाडौं,जेठ,२३-पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेको अर्को एउटा नाम हो गायक भुवन भट्टराई । उनी नेपाली गित संगितको क्षेत्रमा लामो समय देखि निरन्तर संघर्षको अनुभव बटुल्दै आएका एक गायक हुन,भुवनले हाल सम्म लगभग दर्जन जति गितमा आवाज दिईसकेका छन । गायक भट्टराई आफै गित लेख्ने तथा संगित भर्ने कार्यमा पनि अब्बल देखिन्छन । चल्यो […]
असार १ देखी मतदाता नामावली दर्ता खुल्दै
काठमाडौं,जेठ,२३-निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ ।आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो […]
१७९ तोला चाँदीका गहनासहित एक जना भरतपुरबाट पक्राउ
चितवन,जेठ,१९-चितवनमा ठूलो परिमाणमा चाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भई हाल जिल्ला नवलपरासी ( पूर्व ) गैंडाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष २४ को कुमार बि.क.रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भोजाडबाट उनी पक्राउ परेका थिए […]
इटालीलाई हराउदै अर्जेन्टिना च्याम्पियन
काठमाडौं,जेठ,१९-अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ ।वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा लियोनल मेसीको उत्कृष्ट पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी […]
नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित
काठमाडौं,जेठ,१८- सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन्।नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिक हवाई उडानहरू प्रभावित भएका हुन् । माउन्टेन फ्लाइटहरू बुधबार हुन […]
