कैलाली,जेठ,७-कैलालीको भजनी नगरपालिका–३, कृष्णपुर क्षेत्रमा किसानको खेतमा झुलेको चैते धान । यस क्षेत्रका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन् । चैतमा रोपेको धान जेठको अन्तिमसम्म भित्र्याउँछन् । बर्खे धानभन्दा दोब्बर फल्ने भएपनि पर्याप्त सिंचाईको कमीले किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुन भने सकेको पाइदैंन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, योजना तथा विकास समन्वय समितिबाट […]
समाज
स्थानीय निर्वाचन : ६ सय १७ पालिकाको मत परिणाम सार्वजनिक
काठमाडौं,जेठ,६-स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा जनता समाजवादी […]
सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
काठमाडौं जेठ,५- सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको […]
अरुण-४ निर्माण गर्न सतलज जलविद्युत् निगमसँग सम्झौता, नेपालले १५२ मेवा विद्युत् निःशुल्क पाउने
काठमाडौं,जेठ,२-संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगम बीच समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । […]
आज २५६६औं बुद्ध जयन्ती, गौतम बुद्धको आराधना, प्रवचन गरी मनाइँदै
काठमाडौं,जेठ,२-प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व सोमवार भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका […]
काठमाडौंमा ६ हजार बढी मतका साथ बालेन अग्र स्थानमा
काठमाडौं,जेठ,२-काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ । उहाँले ६ हजार भन्दा बढी मत प्राप्त गर्दा मत अन्तर पनि बढाउनुभएको हो ।बालेन्द्रले ६ हजार २ सय ७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका केशव स्थापितले ३ हजार २ सय ४३ मत प्राप्त गर्नुभएको हो । काठमाडौं […]
निर्धारित समयमै मतगणना सकिँदैन : निर्वाचन आयोग
काठमाडौं,जेठ,१-निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ । यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हेर्नुहोस् विज्ञप्तिः–
निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भयो : आयोग
काठमाडौं,बैशाख,३०-निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एउटा वडामा बाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो । उहाँका अनुसार पौने पाँच बजेसम्म ६० प्रतिशत मत खसेको छ । मतदान […]
आज स्थानीय तहको निर्वाचन हुदैं, १ करोड ७७ लाखले मतदान गर्दै
काठमाडौं,बैशाख,३०-आज देशभर स्थानीय तहको निर्वाचन हुदैंछ ।मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, […]
आज रातिदेखि काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण गर्न नपाइने
काठमाडौं,बैशाख,२७-काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज मंगलबार रातिबाट मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ । मौन अवधि सुमदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले मंगलबार रातिदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो । मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको […]
