काठमाडौं,जेठ,२३-निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ ।आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो […]
समाज
१७९ तोला चाँदीका गहनासहित एक जना भरतपुरबाट पक्राउ
चितवन,जेठ,१९-चितवनमा ठूलो परिमाणमा चाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भई हाल जिल्ला नवलपरासी ( पूर्व ) गैंडाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष २४ को कुमार बि.क.रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भोजाडबाट उनी पक्राउ परेका थिए […]
इटालीलाई हराउदै अर्जेन्टिना च्याम्पियन
काठमाडौं,जेठ,१९-अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ ।वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा लियोनल मेसीको उत्कृष्ट पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी […]
नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित
काठमाडौं,जेठ,१८- सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन्।नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिक हवाई उडानहरू प्रभावित भएका हुन् । माउन्टेन फ्लाइटहरू बुधबार हुन […]
झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता
काठमाडौं,जेठ,१८-झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानको टायरमा समस्या देखिएपछि भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान भद्रपुर नपुग्दै फर्काएर ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । बुद्ध एयरको […]
तारा एयर दुर्घटनामा परेका २२ जनाकै शव र ब्ल्याकबक्स फेला
काठमाडौं,जेठ,१७-मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतवार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतवार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी […]
तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध पोखरा विमानस्थल खुल्यो
काठमाडौं,जेठ,१७-पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको विमानस्थल सुचारु भएको छ । मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको थियो । विमानस्थल अवरुद्ध भएपछि रोकिएको उडान तथा अवतरण सञ्चालनमा आएको छ।दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गरिएको हो । बिहानको सयममा निकै […]
कक्षा १२ को परीक्षा आजदेखि शुरु, ४ लाख १५ हजार परीक्षार्थी सहभागी
भक्तपुर,जेठ,१६-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ शुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करीब चार लाख १५ […]
पर्यटन क्षेत्रलाई ९ अर्ब ३८ करोड विनियोजन
काठमाडौं,जेठ,१५-सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताउनुभयो ।
चिनियाँ सामानको भाउ नबढ्ने
काठमाडौं,जेठ,१०-चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरु पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ […]
