काठमाण्डौं,चैत्र,१३-नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८० पीसीआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट मुत्यु हुनेको संख्या शून्य रहेको छ । आइतबार २१५ जना कोरोना संक्रमणमुक्त भएका […]
समाज
भारतबाट अधिकतम दर ३२ रुपैयाँमा विद्युत आयात
काठमाडौं,चैत्र,११-नेपाल विद्युत् प्राधिकरणले अधिकतम मूल्य बिड गरेपछि भारतीय खुला बजारबाट विद्युत् पाएको छ।प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरमा भारतीय व्यापार कम्पनीहरूले पछिल्लो २ दिन (बुधवार र बिहीवार) बिजुली दिन मानेका थिएनन् । फलस्वरूप भारतबाट विद्युत् आयात भएको थिएन।त्यसपछि प्राधिकरणले अधिकतम दर प्रस्ताव गरेर विद्युत् आयात गरेको हो ।अहिले भारतीय बजारमा विद्युतको अधिकतम दर २० भारू अर्थात् […]
आज ११ सयले बढ्यो सुनको मूल्य
काठमाडौं,चैत्र,१०-साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ११ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य […]
बाढीले उठिबास हुने अवस्था आएपछि डेलिगेसन टोली काठमाडौंमा
काठमाडौं,चैत्र,८-बाढीका कारण स्थानियवासिन्दाको उठिबास हुने अवस्था आएको भन्दै कैलालीको टीकापुरबाट काठमाडौँ पुगेको बाढी पीडित संघर्ष समितिले डेलिगेसन बुझाएको छ । टोलीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर तीन बुदे ज्ञापन पत्र बुझाएको हो । वर्षादको समयमा आउने गरेको कर्णाली, पथरैया र मोहना नदीको बाढीले बस्ती नै खतरामा रहेकाले […]
म्यादी प्रहरीमा भर्ना खुलेसँगै आवेदन दिनेको भिड
काठमाण्डौं,चैत्र,६-स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी राजधानीका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लामो लाइन छ। काठमाडौं प्रहरी परिसरमा ८ सय जनाले फर्म लगिसकेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो। आवेदन खुलेसँगै बिहानैदेखि फर्म भर्नेहरू लाइन लागेका […]
पहाडमा आज धुमधामका साथ होली पर्ब मनाईदै,तराईमा भोली मनाईने
काठमाडौं,चैत,३-आज होली पर्व मनाईदैछ्।फागुन शुक्ल पूर्णिमाका दिन बिहीबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने भोली शुक्रबार भव्यताका साथ होली मनाइन्छ। वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका […]
साफ यू–१८ महिला च्यम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने
काठमाडौं,चैत,१-साफ यू-१८ महिला च्याम्पियनसिपमा आज मंगलबार नेपाल र भारतबीचको खेल हुँदैछ। खेल भारतको जमसेदपुरमा हुनेछ।भारत र नेपालको खेल नेपाली समयअनुसार बेलुका सवा ७:१५ बजे सुरु हुनेछ। मंगलबारदेखि सुरु हुने यो प्रतियोगिता १० दिनसम्म चल्नेछ। डबल राउण्ड रोबिनको फरम्याटमा हुने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ। नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । […]
साउदीका विदेशमन्त्री आज नेपाल आउँदै, १२ वर्षपछिको उच्चस्तरीय भ्रमण
काठमाडौं,फागुन,३०-साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद आज सोमबार नेपाल आउँदै हुनुहुन्छ। फैजल त्यहाँका राजकुमार पनि हुनुहुन्छ । १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आउनु भएको थियो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो। महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको […]
जापानले दियो नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ अनुदान
अर्थसचिव मधुकुमार मरासिनी र राजदूत किकुता युटाका । काठमाडौं,फागुन,२६-जापान सरकारले नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ बराबर अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सम्झौतासम्बन्धी पत्रमा बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गर्नु भएको हो । जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘विराटनगर खानेपानी […]
एकै दिन सुनको मूल्य ३५ सयले घट्यो
काठमाडौं,फागुन,२६-एकै दिन सुनको भाउ ३५ सयले घटेको छ। साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको हो। बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ […]






