भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदै, बुद्धकृष्णले नवौं पटक जिब्रो छेड्दै

काठमाडौं,बैशाख,२-भक्तपुरको प्रसिद्ध बिस्का: जात्राका क्रममा आज बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष वैशाख २ गते मध्यपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाउने परम्परा छ । यस वर्ष पनि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन् । यो वर्ष उनले नवौं पटक जिब्रो छेडाउन लागेका हुन् । जिब्रो छेड्ने व्यक्तिले तीन […]

बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईयो

बर्दिया,बैशाख,१-बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईएको छ।आज बिहिबार जिल्ला प्रशासन कार्यालय गुलरिया स्थित गणेशमान चोकमा कार्यक्रम सम्पन्न गरिएको हो ।  उक्त कार्यक्रममा ५० बढी युवाहरूको सहभागीतामा कोणसभा गरि सम्पन्न गरिएको हो । कार्यक्रममा बास नेपालका केन्द्रिय महासचिव खुमेश सुवेदीले बोल्दै राष्ट्रको सिर सधैं उच्च राख्नको लागि हामी युवाले व्यक्तिगत स्वार्थ भन्दा माथी […]

नयाँ वर्ष २०७९ साल आजबाट शुरु, वार्षिक राशिफल सहित

काठमाडौं,वैशाख,१-नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७८ साललाई बिदा गरी वर्ष २०७९ साल आज(बिहिबार)बाट सुरु भएको हो ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि मनाउँदै छन् । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र […]

नेपाली बजारमा सुनको आयात शून्य,आज सुनचाँदीको मूल्यमा बृद्धि

काठमाडौं,चैत्र,२९-नेपाली बजारमा सुन आयात अहिले शून्य भएको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो । बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्रा (डलर ) को संचिति कम हुँदै गएको भन्दै गाडीदेखि सुनसम्मका विलासी वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो […]

गोली बोकेर जापान उड्न लागेकी नेपाली युवती विमानस्थलबाट पक्राउ

काठमाडौं,चैत्र,२८- गोली बोकेर जापान उड्न लागेकी युवती प्रकाउ परेकि छिन !  त्रिभुवन विमानस्थलबाट जापान जान लागेकि तनहुँकी सोविता नेपाली पक्राउ परेकी छन्।विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।  भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड […]

कारले ठक्कर दिँदा नेपालगञ्जमा तीनजना पैदलयात्रीको मृत्यु

काठमाण्डौं,चैत्र,२८-बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ।नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको हो।  प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज–११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले […]

आज (आईतबार) सार्वजनिक बिदा

काठमाडौं,चैत्र,२७-आज (आईतबार) सार्वजनिक बिदा !सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले रामनवमीको दिन देशभर सार्वजनिक बिदा हुने जनाएको हो। गृह मन्त्रालयले शनिबार एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

आज देशभर चैते दशै मनाईदै

काठमाण्डौं,चैत्र,२६-आज चैते दशै देशभर मनाईदै छ ।सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुले देवी भगवतीको पूजा र उपासना गर्दै आजका दिन चैते दशै मनाउने गर्दछन।  असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा वर्षको दुई चोटी दशै मनाउने गरीन्छ । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । वडादशै जस्तो धुमधामका साथ चैत दशैलाई नमनाएपनी […]

आजदेखि देशैभरीका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

काठमाण्डौं,चैत्र,२६-स्वास्थ्यमन्त्री विरोध खतिवडाले टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरिने बताउनु भएको छ। आज मकवानपुरको मनहरी गाउँपालिका ५ स्थित भोजशिद्ध माविमा खोप अभियान सुरु गर्दै मन्त्री खतिवडाले तोकिएको मितिमा नै अभियानलाई पूर्णता दिन सरोकारवाला निकायलाई निर्देशन दिनुभयो।खोप पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन उनले आग्रहसमेत गरे। आज शनिबार देखि प्रारम्भ भएको […]

सुनको भाउ बढ्यो,चाँदीको भाउ भने घट्यो

काठमाण्डौं,चैत्र,२४-आज बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजारमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ।  चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ। चाँदी प्रतितोला १ रुपैयाँले […]