देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण

काठमाडौं,बैशाख,११-देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो।आइतबार कोरोनाको संक्रमणबाट २५ जना मुक्त भएका छन् हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् ।बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको […]

आजबाट एसइई परिक्षा सुरु : कता गए ८ लाख विद्यार्थी ?

काठमाण्डौं,बैशाख,९-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरि एकसाथ सञ्चालन गर्दैछ। देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा बोर्डले जनाएको छ। परीक्षाका लागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएका छन्। यी विद्यार्थी १० वर्षअघि अर्थात् २०६९ क्षा १ मा भर्ना भई एसइईमा सहभागी हुन लागेका […]

पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं,बैशाख,८-नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार ३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।हाल २९८ जना सक्रिय संक्रमित रहेका छन् ।

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं,बैशाख,८-सबै सुरक्षा निकायले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता गरेका छन् । बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका […]

सुनको मूल्य एकै दिन ४०० रुपैयाँले घट्यो, चाँदीको भने स्थिर

काठमाडौं,बैशाख,६-स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । […]

देशभर आजदेखि कृषि गणना सुरु

काठमाडौं,बैशाख,६-केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेको छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हो।३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक संकलनका लागि गणक र […]

पेट्रोलको मूल्य ४ रुपैयाँ घट्यो,भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं,वैशाख,५-भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ […]

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन हुँदै

काठमाडौं,बैशाख,४-निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइएको छ ।  यसैगरी मन्त्री […]

विश्वमा सवैभन्दा लोकप्रिय एप बन्दै टिकटक, दोस्रोमा इन्स्टाग्राम

काठमाडौं,वैशाख,३-लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक सन् २०२२ मा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सन् २०२२ शुरुवाती समयदेखि नै यो सामाजिक सञ्जाल एप १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।विश्वभर गरिएको एउटा सर्वेक्षणमा सामाजिक सञ्जालको आम प्रयोगकर्ता युवाहरु भने युवानै अगाडि देखिएको छ । एनालिटिक्स फर्म सेन्सर टावरले  हालै सार्वजनिक […]

सार्वजनिक यातायातको भाडावृद्धिले व्यवसायी उत्साही, उपभोक्ता आक्रोशित

काठमाडौं,बैशाख,२-इन्धनको मूल्य आकाशिएसँगै बैशाख १ गतेबाट काठमाडौं उपत्यका सहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनहरूमा भाडा बढेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनमा भाडा बढाउने निर्णय गरेपछि उपभोक्ताको मारमा परेका छन् । नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ । मन्त्रालयको सूचनाअनुसार पाँच […]