कारले ठक्कर दिँदा नेपालगञ्जमा तीनजना पैदलयात्रीको मृत्यु

काठमाण्डौं,चैत्र,२८-बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ।नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको हो।  प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज–११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले […]

आज (आईतबार) सार्वजनिक बिदा

काठमाडौं,चैत्र,२७-आज (आईतबार) सार्वजनिक बिदा !सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले रामनवमीको दिन देशभर सार्वजनिक बिदा हुने जनाएको हो। गृह मन्त्रालयले शनिबार एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

आज देशभर चैते दशै मनाईदै

काठमाण्डौं,चैत्र,२६-आज चैते दशै देशभर मनाईदै छ ।सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुले देवी भगवतीको पूजा र उपासना गर्दै आजका दिन चैते दशै मनाउने गर्दछन।  असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा वर्षको दुई चोटी दशै मनाउने गरीन्छ । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । वडादशै जस्तो धुमधामका साथ चैत दशैलाई नमनाएपनी […]

आजदेखि देशैभरीका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

काठमाण्डौं,चैत्र,२६-स्वास्थ्यमन्त्री विरोध खतिवडाले टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरिने बताउनु भएको छ। आज मकवानपुरको मनहरी गाउँपालिका ५ स्थित भोजशिद्ध माविमा खोप अभियान सुरु गर्दै मन्त्री खतिवडाले तोकिएको मितिमा नै अभियानलाई पूर्णता दिन सरोकारवाला निकायलाई निर्देशन दिनुभयो।खोप पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन उनले आग्रहसमेत गरे। आज शनिबार देखि प्रारम्भ भएको […]

सुनको भाउ बढ्यो,चाँदीको भाउ भने घट्यो

काठमाण्डौं,चैत्र,२४-आज बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजारमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ।  चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ। चाँदी प्रतितोला १ रुपैयाँले […]

टाइफाइड विरुद्धको खोप अभियान आजदेखि सुरू

काठमाडौं,चैत्र,२४-टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आज बिहबिारदेखि सुरू भएको छ । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप अभियान बैशाख २५ गतेसम्म संचालन हुनेछ । देशब्यापी रुपमा बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिन सुरू गरिनेछ । नेपालमा टाइफाइड […]

भारतमा थप ३२५ मेगावाट विद्युत् निर्यात गर्न नेपालले पायो अनुमति

काठमाडौं,चैत्र,२३-नेपालले भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् विक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप विद्युत् विक्री गर्न स्वीकृति दिएको हो । नेपालले यसअघि गत कात्तिकमा ३९ मेगावाट विद्युत् विक्रीका लागि नेपालले अनुमति पाएको थियो । योसंगै  नेपालले भारतीय विद्युत् बजारमा ३६४ मेगावाट […]

सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढायो

काठमाडौँ,चैत्र,१७-सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो।यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले भाडा नबढाए आफैं बढाउने चेतावनी समेत दिंदै आएका थिए।रुटगत भाडादर भने आगामी आइतबार प्रकाशित गर्ने विभागले जनाएको छ […]

बागलुङमा मगर समुदायको मौलिक भाषा लोप हुने खतरा

बागलुङ,चैत्र,१५-बागलुङको निसीखोला गाउँपालिकामा बस्ने मगर समुदायले आफ्नै खाम भाषा बोल्न छाडेका छन् । नयाँ पुस्तामा मातृ भाषाप्रतिको मोह कम हुँदै जाँदा मौलिक खाम भाषा लोप हुने खतरा बढेको हो । निसीखोलाका नागरिकहरुको आ–आफ्नै भेषभूषा, भाषा र संस्कृति छ।पछिल्लो समय आधुनिकताले गर्दा उनीहरुको संस्कार संस्कृतिहरु विस्तारै हराउन थालेका छन् ।यहाँ बोलिने मगर खाम भाषा पनि कम […]

उठ छोरी,उठ तिम्रो सपना पुरा हुनेछ

काठमाडौं,चैत्र,१४-छोरीलाई घरकी लक्ष्मी, जिवित देवी भनेर अहिले पनि पुजा गर्दै आइरहेका छौ।हाम्रो धर्म,रितिरिवाज चालचलन अनुसार छोरीलाई घरको इच्जत,शोभा हो भन्ने चलन छ।राजा गुणकामदेवले कुमारीलाई जिवित देवीका रुपमा पुजा गर्ने चलन चलाएका हुनाले नै रजश्वला नभएकी शाक्य वंशकी छोरीलाई अझै पनि जिवित देवी अर्थात कुमारी पुजा भनेर गर्दै, पुज्दै र मान्दै आएका छौ।हाम्रो धर्म रितिरिवाजले भगवानका […]