आजदेखि सार्वजनिक बस सञ्चालन

काठमाडौं,असार,१५-सार्वजनिक यातायात सञ्चालन गर्न दिनेगरी काठमाडौं उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ।पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमवार साँझदेखि सकिएको थियो । निषेधाज्ञा थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा आज (मंगलवार)देखि सार्वजनिक बस समेत सञ्चालन गर्न दिने निर्णय गरिएको छ।सोमवार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले जोर बिजोर प्रणालीमा २५ सिटभन्दा बढी क्षमताका […]

थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

काठमाडौं,असार,१४-नेपालमा विगत २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ जना र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९३५ जना गरी कुल २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]

पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं,असार,१२-नेपालमा थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ८१० जनाको परीक्षण […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं,असार,१०-नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ। पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ । २ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ […]

कोरोना संक्रमणबाट एकैदिन ४४ जनाको मृत्यु पुष्टि, २७६८ जना संक्रमित थपिए

काठमाडौं,असार,४-नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ४४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रवार ७ हजार ५६९ जनाको कोरोना परीक्षण गरिएकोमा १ […]

चुरे क्षेत्रको ढुंगा,गिट्टी र बालुवा बेच्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,असार,४-चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित इजलास गठन गर्नुभएको […]

पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्बोच्चमा रिट

काठमाण्डौ,असार,४-फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्बोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर गरेका हुन् । रिटको सुनुवाई आईतबारको लागि तोकिएकोछ । निशेधाज्ञाका बेलासमेत नागरिकलाई फिल्डमै पुगी समाचार संकलन गरी सूसूचित गराउँदै आएका पत्रकारहरुलाई राज्यले […]

थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि,५२ जनाको मृत्यु

काठमाडौं,असार,२-विगत २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको  जानकारी अनुसार उक्त अवधिमा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी उक्त अवधिमा थप ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ […]

वर्षा र बाढीको वितण्डा:देशका विभिन्न १५ ठाउँमा पहिरो,आधा दर्जन बढी जिल्लामा बाढी

काठमाडौं,असार,२-लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी जिल्लामा बाढी आएको छ । अविरल वर्षासँगैको बाढीका कारण नारायणी र कोसीको सहायक नदी बलेफीमा पानीको सतहले खतराको सूचक पार गरिसकेको छ । नारायणी नदीमा पानीको सतह […]

मनाङमा बाढीको प्रभाव:तीन सय विस्थापित,सडक अवरुद्ध

काठमाडौं,असार,१-तीन दिन देखि परिरहेको अविरल वर्षासँगै मनाङमा बाढी आएको छ। बाढी आएपछि चामेका करिव ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। चामेका ३ सय जनालाई नवनिर्मित कारागार भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । वर्षाका कारण मर्स्याङ्दी नदीमा लगातार वहाव बढेको लामिछानेले बताउनुभयो ।चामे बजार हुँदै बग्ने दुई ठाडो खोला घट्टो र स्याक्लुमा […]