चार एलपी ग्यास उद्योग थपिने

काठमाण्डौं,साउन,२८-३८ करोड लगानीमा थप चार एलपी ग्यास उद्योग स्थापना हुने भएको छ । चारवटै ग्यास उद्योगले एक वर्षभित्रमा आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेका छन् । चौधरी समूहको प्रमुख स्वामित्व रहेको नेपाल ल्यूब आयल लिमिटेडले बारामा एनएन ग्यास उद्योग स्थापना गर्न लागेको छ । त्यसैगरी, धादिङमा श्रीराम ग्यास उद्योग तथा नवलपरासीमा जानकी ग्यास उद्योग स्थापना […]

चिनबाट आइपुग्यो ८ लाख मात्रा ‘भेरोसेल’ खोप

काठमाडौं,असार,२५-कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत शुक्रवार बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीवार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरीद गरेको खोप शुक्रवार बिहान आइपुगेको […]

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं,असार,२१-काठमाडौंमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।   

अमेरिकाको जोन्सन एन्ड जोन्सनले नेपाललाई १० लाख डोज कोरोना खोप पठाउने

काठमाण्डौं,असार,२१-अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले आगामी एक महिनाभित्र नेपाललाई खोप उपलब्ध गराउने भएको छ । जोन्सन एन्ड जोन्सनले कोभ्याक्स सुविधामार्फत एक महिनामा १० लाख डोज दिने प्रतिबद्धता जनाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसअघि जोन्सन एन्ड जोन्सनले ६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । ‘एउटा उमेर समूहलाई पुग्ने खोप उपलब्ध हुने भएको छ, खोप […]

धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दो

काठमाण्डौं,असार,२१-नेपालमा पछिल्ला वर्षहरूमा धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दै गएको छ । व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् । पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग गरेर सात बिगाहा क्षेत्रफलमा धान रोप्दै छन् । कम लागतमा रोपाइँ गर्न सकिने भएपछि प्रविधिको प्रयोग गरेको उहाँले बताउनुभयो। धान […]

पोखरा विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा, ६ महिनामा सम्पन्न हुने

काठमाडौं,असार,१८-राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको निर्माणकार्य ६ महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । असार महिनाभित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले कोरोनाका कारण गति लिन सकेको थिएन […]

नेपालमा एकैदिन २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

काठमाडौं,असार,१८-विगत २४ घण्टामा नेपालमा २ हजार २९९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार उक्त अवधिमा ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ जना र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना  कुल २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

बार्सिलोनासंग मेस्सीको सम्झौता समाप्त

एजेन्सी,असार,१७-लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त भएको छ । गत रातिबाट मेस्सी फ्रि-एजेन्ट बनेका छन् । मेस्सी अब कुनैपनि क्लबमा जान स्वतन्त्र छन् । विश्व क्लब फुटबलका एक महान खेलाडी मानिने मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेस्सीलाई किन्न सक्नेछन् । बार्सिलोनाले छाड्ने […]

वैशाख २० देखि बन्द आन्तरिक उडान आजबाट खुल्यो

काठमाडौं,असार,१७-कोरोना महामारी नियन्त्रणका लागि भनेर गत वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान आज (बिहीबार) बाट खुला गरिएको छ। त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले सरकारको आदेशअनुसार हिजै (बुधबार) चारवटा वायुसेवाको उडान तालिका स्वीकृत गरिसकेको छ। प्राधिकरणका अनुसार जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरिएको हो। […]

आज राष्ट्रिय धान दिवसः दही चिउरा खाने पर्व

काठमाडौं,असार,१५-आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा […]