जापान,कार्तीक,४- राष्ट्रपति विद्यादेवी भण्डारी जापानको तीन दिने औपचारिक भ्रमणमा आज “सोमबार” जापान आईपुग्नु भएको छ ।जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान आउनु भएको हो । राष्ट्रपति भण्डारीले एक कार्यक्रममा बोल्दै जापानले विभिन्न समयमा नेपालको सामाजीक,आर्थीक विकाशमा पुर्याउदै आएको सहयोग प्रती प्रशंसा गर्नुभयो । “उहाँले” दुई देशको सम्बन्ध बलियो भएकोले जापान, […]
होम
एनआरएनए को नयाँ कार्यसमीतीमा अध्यक्ष कुमार पन्तको प्यानल विजयी
काठमाडौं,कार्तिक,१- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनु भएको छ । महासचिबमा डा. हेमराज शर्मा विजयी हुनु भएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा भएको निर्वाचनमा १२ सय १७ मत ल्याएर पन्त अध्यक्षमा निर्वाचित भएको हो ।पन्तका प्रतिस्पर्धी कुल […]
राष्ट्रपति सी चिनफिङले दिए :काँग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो
काठमाण्डौं,असोज,२६- नेपालको दुई दिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङले काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिनुभएको छ । शनिबार होटल सोल्टी क्राउन प्लाजामा भएको एक्लाएक्लै भेटमा राष्ट्रपति सीले देउवालाई चीन आउन निम्तो दिएको काँग्रेस सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेटेलगत्तै होटल फर्केका सीले देउवालाई भेट्नु […]
चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदै
काठमाडौं,असोज,२५- राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आउँदै हुनुहुन्छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ४:३० देखि ५:३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमास्थलमा […]
विश्वकप फुटबलको छनोट : अहिले नेपाल र अष्ट्रेलीया भिड्दै (Live)
काठमाण्डौं,असोज,२३- विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र अष्ट्रेलिया खेलीरहेको छ ।अष्ट्रेलियाको क्यानबेरामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ३-० ले पछि परेको छ ।अष्ट्रेलियाका लागि जेमी म्याक्लारेनले दुई गोल गरे । यस्तै ह्यारीले एक गोल थपे ।विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्दै छ।अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ […]
विश्वकप फुटबलको छनोट : नेपालले आज अष्ट्रेलीयासंग प्रतिस्पर्धा गर्ने
काठमाण्डौं,असोज,२३- विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहिबार) अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो ।अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ । नेपाल […]
पूर्वसभामुख कृष्ण बहादुर महरा बिरामी : हिरासत कक्षमै अक्सिजन
काठमाडौं,असोज,२०- पुर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उहाँलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो। उहाँलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । सोही राति […]
दशैंमा साढे १२ अर्बको नयाँ नोट साटियो : केरमेट नगर्न, रङ नलगाउन राष्ट्रबैंकको आग्रह
काठमाडौं,असोज,१९- नेपाल राष्ट्र बैंकले नोटको प्रयोग गर्दा सचेतना अपनाउन आग्रह गरेको छ ।नोटमा केरमेट नगर्न, रङ नलगाउन तथा नोटको आकार नबिगार्न बैंकले सर्वसाधारणमा आग्रह गरेको हो ।नोटमा केरमेट गरेमा, रङ लगाएमा वा नोटको आकार बिगारेमा कारबाही हुने भन्दै केन्द्रीय बैंकले सचेत पनि गराएको छ । यस्तै, नोट झुत्रो वा अक्षर नचिनिने बनाउन नहुने पनि केन्द्रीय […]
बडादशैं अन्तर्गत नवरात्रीको पाँचौ दिन : आज स्कन्दमाताको पूजा गरिदैं
काठमाडौं,असोज,१६- बडा दशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले […]
सभामुख र सांसदबाट राजीना दिन : महरालाई नेकपाको सुझाव
काठमाडौं,असोज,१४- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । […]


