विश्वकप फुटबलको छनोट : अहिले नेपाल र अष्ट्रेलीया भिड्दै (Live)

काठमाण्डौं,असोज,२३- विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र अष्ट्रेलिया खेलीरहेको छ ।अष्ट्रेलियाको क्यानबेरामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ३-० ले पछि परेको छ ।अष्ट्रेलियाका लागि जेमी म्याक्लारेनले दुई गोल गरे । यस्तै ह्यारीले एक गोल थपे ।विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्दै छ।अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ […]

विश्वकप फुटबलको छनोट : नेपालले आज अष्ट्रेलीयासंग प्रतिस्पर्धा गर्ने

काठमाण्डौं,असोज,२३- विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहिबार) अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो ।अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ । नेपाल […]

पूर्वसभामुख कृष्ण बहादुर महरा बिरामी : हिरासत कक्षमै अक्सिजन

काठमाडौं,असोज,२०- पुर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उहाँलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो। उहाँलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । सोही राति […]

दशैंमा साढे १२ अर्बको नयाँ नोट साटियो : केरमेट नगर्न, रङ नलगाउन राष्ट्रबैंकको आग्रह

काठमाडौं,असोज,१९- नेपाल राष्ट्र बैंकले नोटको प्रयोग गर्दा सचेतना अपनाउन आग्रह गरेको छ ।नोटमा केरमेट नगर्न, रङ नलगाउन तथा नोटको आकार नबिगार्न बैंकले सर्वसाधारणमा आग्रह गरेको हो ।नोटमा केरमेट गरेमा, रङ लगाएमा वा नोटको आकार बिगारेमा कारबाही हुने भन्दै केन्द्रीय बैंकले सचेत पनि गराएको छ । यस्तै, नोट झुत्रो वा अक्षर नचिनिने बनाउन नहुने पनि केन्द्रीय […]

बडादशैं अन्तर्गत नवरात्रीको पाँचौ दिन : आज स्कन्दमाताको पूजा गरिदैं

काठमाडौं,असोज,१६- बडा दशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले […]

सभामुख र सांसदबाट राजीना दिन : महरालाई नेकपाको सुझाव

काठमाडौं,असोज,१४- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । […]

बडादशैंको आज तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,१४- वडा दशैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरिदैँछ।नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइदै छ ।देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो […]

नेपालीको महान् पर्व बडादशैँ शुरू: आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाण्डौं,असोज,१२- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान चाड यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैंछ।बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ […]

५० वर्ष देखि टपरी बेचेरै जिविकोपार्जन गर्दै ६० वर्षे वृद्ध महिला

नेपालगन्ज,असोज,१२- उमेरले ६० नेटो काट्न लागेको छ । अझै पनि अाफना घरपरिवारलाई लालनपालन गर्नमा केही राहत होस् भनेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी दानपती केवट(घसियारा) ले विगत ५० वर्ष देखि पात किनेर टपरी बनाउदै बेच्दै गरेकी छिन् । दिनमा कति रुपैयाँको बिक्री हुन्छ भनेर प्रश्न गर्दा उनले अाजभोलि सोह्र श्राद्धमा १५० देखि ३०० रुपैयाँ […]

फिफा वरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा

काठमाण्डौं,असोज,२- नेपालले फिफा वरियतामा पाँच स्थान सुधार गरेको छ ।विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । नयाँ वरियता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो । कतारमा सन् २०२२ […]