जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, टोकियोमा सबै भन्दा बढी

काठमाडौं,कार्तिक,३-जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख नाघेको छ। जापानको न्याय मन्त्रालयले सन् २०२४ को जून को अन्त्यसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको संख्या २ लाख ६ हजार ८ सय ९८ जना पुगेको हो। करिब १२ वर्षको अवधीमा आठ गुणाले वृद्धी भएको छ।सन् २०१२ मा जम्मा २४ हजार ७१ जना नेपालीहरु मात्र जापानमा बसोबास गर्थे। […]

आज पनि मान्यजनबाट दशैंको टीका र जमरा लगाइँदै

काठमाडौं,असोज,२७-नेपालीहरुको महान पर्व बडा दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ।हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ। नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो।  टाढाटाढा जानु पर्ने […]

आज बडा दशैं, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदै

टोकियो,जापान,असोज,२६-नेपालीहरुको महान् चाडको मुख्य दिन आज बडा दशैं।मान्यजनबाट निधारमा टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ। घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ।आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाईने गरिन्छ। यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक […]

दशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरि मनाईदै

काठमाडौं,असोज,२१-हिन्दु नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरि मनाईदैछ। घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ ।   यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी […]

नेपाल प्रिमियर लिग अक्सनमा : रु १५ लाखमा १२ खेलाडी बिके

काठमाडौं,असोज,२०-नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आज भएको अक्सनमा रु.१५ लाखमा  १२ खेलाहरु बिकेका छन्। १५ लाखमा बिक्रि (सोल्ड) हुने खेलाडीहरुको नामावली ।। १. ललितनारायण राजवंशी – जनकपुर बोल्ट्स -ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन्। उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए। तर, बिड १५ लाखसम्म पुगेपछि गोला प्रथाबाट जनकपुर बोल्ट्समा पुगेका […]

जापानलाई नेपाल जस्तो नबनाईदिनु : वरिष्ठ सञ्चारकर्मी भूषण दाहाल

टोकियो,जापान,१९-वरिष्ठ सञ्चारकर्मी भूषण दाहालले जापानलाई नेपाल जस्तो नबनाईदिन सम्पुर्ण नेपाली नागरिकलाई अनुरोध गर्नु भएको छ। आज शनिबार टोकियोको सिनओकुबो स्थित सोलमारी रेष्टुरेण्टको मुरा हलमा सिटी एक्सप्रेस र समुन्द्रपारी डटकमले संयुक्त आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले जापान बस्ने सम्पुर्ण नेपाली नागरिकलाई यस्तो कुरा बताउनु भएको हो। वरिष्ठ संचारकर्मी “दाहालले भन्नुभयो” […]

आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं,असोज,१९-नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज शनिवार नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ। आजको दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं […]

धिरज र उपासना अभिनित चलचित्र ‘खुस्मा’ टोकियोमा प्रदर्शन हुने

फाईल तस्विर : प्रेम प्रकाश रोका मगर ज्यूको फेसबुकवाल बाट साभार !! टोकियो,असोज,१८-नेपाली दर्शकले निकै मन पराएको चलचित्र ‘खुस्मा’ जापानमा प्रदर्शन हुने भएको छ। जापानका लागी कपि राईट पाएको खुर्पेटो प्रोडक्शन र टोकियोमा प्रेम प्रकाश रोका मगरको टिमको आयोजनामा अक्टूबर २० तारिख आईतवारका दिन टोकियो स्थित नाकानो जिरो हलमा प्रदर्शन हुने भएको छ। फिल्म बेलुकी […]

आज दशैंको दोस्रो दिन,ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं,असोज,१८-आज बडा दशैंको दोस्रो दिन देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ।शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो।घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा […]

टोकियोमा क्षत्री दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम गरिदै

टोकियो,असोज,१७-जापानको टोकियोमा पहिलो पटक क्षत्री दिवस मनाईने भएको छ। क्षत्री समाज नेपाल, जापान शाखाले अक्टोवर ६ तारिख आइतबारका दिन दिवस मनाउन लागेको हो। यस्तै दिवसको अवसरमा दशैं-तिहारको शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम समेत गरिने अध्यक्ष नरेश बहादुर जिसीले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। सिनओकोबु स्थित बारकाँडे रेष्टुरेण्टको हलमा हुने कार्यक्रममा क्षत्री समाजका लागि योगदान पुर्याउने विभिन्न […]