चीनको दुर्घटनाग्रस्त विमानमा सवार १३२ जना सबै यात्रुको मृत्यु भएको पुष्टि

काठमाडौं,,चैत्र,९-गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न फ्लाइटको बोइङ ७३७–८०० विमानमा सवार कोही पनि यात्रु जिवित नरहेको उद्धारकर्मीहरुले पुष्टि गरेका छन । दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु सहितको विमानबाट अहिलेसम्म कोही पनि जिवित व्यक्ति फेला नपरेको उद्धारकर्ताहरूले बताएका हुन् । चाइना इस्टर्न फ्लाइटको एम.यु.५७३५ विमान गत सोमबार गुआङ्सी प्रान्तको पहाडमा ठोकिएर दुर्घटनाग्रस्त भएको […]

जापान र भारतविच ठूलो आर्थिक सहयोगमा सम्झौता

काठमाडौं,चैत्र,६-जापाले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको छ। जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा सो सम्झौता भएको हो । दुई देशबीच आपसी सहयोग सम्बन्धि ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र […]

युक्रेनभरी नै बज्यो युद्धको साइरन, रुसी सेनाले उद्धारका बसहरू समेत रोक्यो

काठमाडौं,चैत्र,६-२५ दिनदेखि जारी रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै गएको छ ।रुसले युक्रेनमाथि बिना कारण गत फेबु्रअरी २४ देखि आक्रमण शुरु गरेको थियो । पछिल्ला दिनमा रुस युक्रेन युद्ध खतरनाक मोडमा पुगेको छ । अहिले युक्रेनभर रुसी सेनाले हवाई आक्रमण गरिरहेका छन् । युक्रेनको भनाई अनुसार मानवीय आश्रयस्थल भनेर चिन्ह लगाएको स्थानहरुमा समेत रुसी […]

युक्रेनी सेनाले मिसाइल आक्रमण गर्दा २० जना रुसी नागरिकको मृत्यु, २८ जना गम्भीर घाइते

काठमाडौं,चैत,१-युक्रेनी सेनाको मिसाइल आक्रमणबाट युक्रेनकै डोनेत्स्क क्षेत्रमा २० जना रुसी नागरिकको मृत्यु भएको रुसले जनाएको छ । युक्रेनी आक्रमणमा बालबालिका सहित २८ सर्वसाधारण गम्भीर घाइते भएको पनि रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सकको मध्य भागमा युक्रेनी सेनाले मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको बताउनुभएको हो । दोनेत्सक […]

साउदीका विदेशमन्त्री आज नेपाल आउँदै, १२ वर्षपछिको उच्चस्तरीय भ्रमण

काठमाडौं,फागुन,३०-साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद आज सोमबार नेपाल आउँदै हुनुहुन्छ। फैजल त्यहाँका राजकुमार पनि हुनुहुन्छ । १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आउनु भएको थियो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो।  महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको […]

युक्रेनका दुई सहरमा रुसद्धारा युद्धविरामको घोषणा

काठमाण्डौं,फागुन,२१-रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज १० औं दिन पुगेको छ।रुसले आम मानिसको सहायताका लागि भन्दै युक्रेनका मारिउपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ। रुसको रक्षा मन्त्रालयले शनिबार बिहान १० बजेदेखि मानिसहरुलाई यी दुई सहरबाट सुरक्षितरुपमा जान दुई कोरिडोरहरु खुला गरिने जनाएको छ। मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा युक्रेनका अधिकारीहरु पनि युद्धविरामको लागि […]

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोद गर्ने संसदको निर्णय एमसीसीद्वारा स्वीकार

काठमाडौं,फागुन,१८-अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने संसदको निर्णय स्वीकार गरेको छ । मंगलबार राति विज्ञप्ति जारी गर्दै आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको एमसीसी मुख्यालयले जनाएको हो । सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि […]

युक्रेनी सेनामा रसियाविरुद्धको युद्धका लागी नेपाली युवा भर्ती हुदैँ

युक्रेन,फागुन,१८-युक्रेनमा छिमेकी रसियाले आक्रमण गरेको सातौँ दिन भइसकेको छ। साता हुँदा पनि रसियाले युक्रेनमाथि पूरै पकड जमाउन सकिरहेको छैन। कुनै बेला सोभियत संघ अन्तर्गतका यी दुई मुलुकबीच अमेरिका, युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई लिएर विवाद भएको थियो।  उत्तरी युरोपको देश यहाँ पनि सयभन्दा धेरै नेपाली रहेका थिए। जसमध्ये धेरैजसोले रसियाको आक्रमणपछि […]

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं,फागुन,१८-प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताउनुभएको छ । विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जालमार्फत रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुरा भएको बताउनुभएको छ । उहाँले आर्थिक विकास […]

नेपालको संसदबाट एमसीसी पारित भएसँगै अमेरिकाको स्वागत

काठमाण्डौं,फागुन,१६-प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ।अमेरिकाले संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै […]