विश्वकप फुटबल:आज क्वाटरफाइनलका दुई खेल हुँदै

दोहा कतार,मंसिर,२३-कतारमा जारी फिफा विश्वकप फुटबलमा क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।आज शुक्रबार हुने पहिलो खेलमा क्रोएसिया र ब्राजील बिच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । अर्को खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने राति पौने १ बजेबाट सुरु हुनेछ । यसैबिच: नेदरल्यान्ड्सका कप्तान […]

नेपालले पठाएको कूटनीतिक नोटको भारतले पठायो जवाफ

काठमाडौं,मंसिर,२३-सडक निर्माणको क्रममा उछिट्टिएको ढुंगा लागेर दार्चुलामा मृत्यु भएका पवन महराको घटनामा नेपालले पठाएको कूटनीतिक नोटको भारतले एक महिनापछि जवाफ दिएको छ । भारतीय पक्षले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास-२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो । गत कात्तिक १० मा महराको मृत्यु भएपछि भोलिपल्टै परराष्ट्र […]

महाकाली नदीमा बाँध बनाउने कामबाट पछि हट्यो भारत

दार्चुला,मंसिर,२२-नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतको धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ।महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्टि गर्नुभयो । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो।आजको बैठकले तारजालीसहितको अस्थायी […]

ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं,मंसिर,२०-ब्राजिल र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३– १ गोलले पराजित गरेको हो । ब्राजिलले दक्षिण कोरियाविरुद्ध […]

अष्ट्रेलियालाई हराउदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं,मंसिर,१८-कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।     खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लागी कप्तान लियोनल मेस्सी र उतकृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल […]

नेदरल्यान्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश

काठमाडौं,मंसिर,१८-कतार विश्वकपको क्वाटर फाइनलमा नेदरल्यान्ड प्रवेश गरेको छ।अमेरिकामाथि ३-१ को फराकिलो जित निकाल्दै नेदरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाएका थिए । अमेरिकाका लागि खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै […]

कतार विश्वकप फुटबल : नकआउट चरणमा दुई खेल हुँने

काठमाडौं,मंसिर,१७-फिफा विश्वकप फुटबल अन्तर्गत शनिवार नकआउट चरणमा दुई खेल हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच नेपाली समय अनुसार राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह बी को उपविजेता बनेको थियो । यस्तै, दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । […]

स्पेनलाई हराउँदै जापान नकआउट चरणमा, जर्मनी बाहिरियो

काठमाडौं,मंसिर,१६-कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा जापान प्रवेश गरेको छ । बिहिवार राती खालिफा अन्तराष्ट्रिय स्टेडियममा स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो । खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो।स्पेनका लागी खलतो ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए।   तर, दोस्रो हाफमा जापानले […]

इंग्ल्यान्ड र नेदरल्याड्स विजयी,अमेरिका र वेल्सबिच बराबरी

काठमाडौं,मंसिर,६-कतार विश्वकप फुटबलमा सोमवार राती भएको खेलमा इंग्ल्यान्ड र नेदरल्याड्सले विजयी सुरुवात गरेको छ। भने अमेरिका र वेल्सले बराबर खेल्दै अंक बाढेका छन् ।  इंग्ल्यान्ड भर्सेस ईरान  खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र […]

भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा

एजेन्सी,कार्तीक,२४-इंग्ल्याण्ड टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार अष्ट्रेलियाको एडिलेट ओभलमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना विकेट लक्ष्य पूरा गर्‍यो । इंग्ल्याण्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे । अर्धशतकीय इनिङ […]