काठमाडौं,माघ,११-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मी १० खेलाडीमा सिमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि आर्मीले गोल गर्न सकेन । उसका लागि एनआरटीका गोलकिपर अजित प्रजापति बाधक बनेका थिए । आर्मीका पदक पटकको […]
खेल
नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसंग मैत्री फुटबल खेल्ने
काठमाडौं,माघ,८-नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपाल र इङ्ल्यान्डको ‘सी’ अर्थात् यू–२३ टोलीबीच आगामी मार्च र मे मा दुईवटा मैत्रीपूर्ण खेल खेलिने सम्झौतापत्रमा बुधबार एन्फा मुख्यालय सातदोवाटोमा हस्तक्षर भएको छ । मैत्री खेल लगायतका विषयमा छलफल र हस्ताक्षर गर्न दुई दिनअघि इङ्ल्यान्ड फुटबल संघका प्रतिनिधि एन्ड्री सा र लाउरेन जोन्स […]
ए डिभिजन लिगको अन्तीम छैटौं खेल आज, आर्मीलाई शीर्ष स्थानमा फर्कने मौका
काठमाडौं,पुस,२९-शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार छैटौं चरणको एक मात्र खेल हुँदैछ । आर्मी र संकटा क्लबले दिउँसो ३ बजे प्रतिस्पर्धा गर्न लागेका हुन् । पाँचौ चरणको अन्तिम खेलमा सरस्वती युथ क्लब विरुद्ध १-० को जितपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग २०७६ मा पहिलो पटक शीर्ष स्थानमा उक्लेको थियो […]
स्पानिस सुपर कपको उपाधि रियल मड्रिडलाई
काठमाडौं,पुस,२८-स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । मड्रिड डर्बी फाइनलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ट्रफी उचालेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । जसमा रियल ४–१ ले विजयी भयो । अतिरिक्त समयको २५ औं मिनेटमा रियलका फेडेरिक भेलभर्डले रातो […]
सन्तोष साहुखलको कीर्तिमानी सय गोल पूरा, कीर्तिमान रच्ने एक्लो खेलाडी
काठमाडौं,पुस,२३- सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा कीर्तिमानी सय गोल पूरा गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर साहुखलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले ए डिभिजनमा सय गोल पूरा गरेका हुन् । च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।जारी […]
ए डिभिजन लिग फुटबल : मनाङ र मछिन्द्रको भिडन्त बराबरी
काठमाडौं,पुस,२१- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ गोलको बराबरी खेलेका हुन् । खेलको पहिलो मिनेटमै मनाङका लागि फेमी जोसुवाले गोल गरेका थिए । मनाङका विमल रानाले एक गोल गरे ।खेलमा सुरुवाती अग्रता […]
मोफसलको फुटबल तालिका सार्वजनिक
काठमाण्डौं,पुस,८- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । एन्फाले विभिन्न जिल्लामा हुने २५ प्रतियोगिताको तालिका निकालेको हो ।एन्फाले निकालेको तालिका अनुसार फागुन १ देखि १० सम्म पोखरामा मनकामना […]
फिफा वरियतामा नेपाल यथावत : बेल्जियम शीर्ष स्थानमा
काठमाडौं,पुस,३- विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १ सय ७० औं स्थानमा रहेको हो ।गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । गत महिना भने नेपाल तीन स्थान झरेको थियो । दक्षिण एसियाली देशको […]
लिभरपुलले भित्र्यायो जापानी विंगर मिनामिनो
एजेन्सी,पुस,३- इन्ग्लिश क्लब लिभरपुलले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गरेको छ ।लिभरपुलले रेडबुल साल्जबर्गबाट विंगर मिनामिनोलाई क्लबमा अनुबन्ध गरेको हो । क्लबसँग मिनामिनोले साढे चार वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै मिनामोनो सन् २०२४ सम्म लिभरपुलमा रहने छन् ।मिनामिनो जनवरी १ पछि क्लबमा रहने छन् । जनवरी विन्डो ट्रान्सफर १ जनवरीबाट खुल्दैछ । जापानका विंगर […]
‘ए’डिभिजन लिग फुटबलमा मनाङ विजयी:जावलाखेल र थ्री स्टारको बराबरी
काठमाण्डौं,पुस,२- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ।बुधबार भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे ।मनाङले खेलको २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको […]


