काठमाण्डौ,मंसिर,१७- भारत र श्रीलंकाबीच जारि तेस्रो टेस्ट क्रिकेटको दोश्रो दिन भारतीय कप्तान विराट कोहलीले आफ्नो करियरको छैठौं दोहोरो शतक प्रहार गरेका छन् । फिरोजशाह कोट्ला मैदानमा भईरहेको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले विराट कोहलीको अविजित २११ रनको मद्दतमा ११३ ओभरको समाप्तीमा ४ विकेट गुमाउदै ४७१ रन बनाएर खेलिरहेको छ । ( यो समाचार तयार पार्दा सम्म) […]
खेल
टि-ट्वान्टी विश्वकप छनोटमा नेपाल संग चीन ५० रनले पराजीत
काठमाडौं, मंसिर १०- आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो । नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ […]
मलेसिया र नेपाल भिड्दै, मलेसियालाई जित्नैपर्ने बाध्यतामा नेपाल
काठमाडौं, मंसिर ८- टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताबाट अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने छ । समूहको पहिलो र दोस्रो खेलमा बर्षाका कारण अंक बाँड्न बाध्य भएपछि नेपालको यात्रा कमजोर बनेको थियो । तेस्रो खेलमान बिहीबार युएईसँग ५ रनले […]
बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश
काठमाडौं, मंसिर ७- स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।बुधबार राती ईटालीमा भएको खेलमा बार्सिलोनाले युभेन्टससँग गोलरहित बराबरी खेल्यो । यो बराबरीपछि बार्सिलोनाको ५ खेलबाट ११ अंक भएको छ । ८ अंक जोडेको युभेन्टस्ले भने अर्को राती नै भएको खेलमा ओलम्पियाकोसलाई पोर्चुगलको स्पोर्टिङले […]
जेटीकप क्रिकेट प्रतियोगिता २०७४ को उपाधी आरएमई टीकापुर लाई
पवन मुडभरी/ बौनिया,मंसिर,२- कैलालीको बर्दगोरीया गाउपालिकामा सम्पन्न जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा २०७४ को उपाधी आरएमई टीकापुरले उचालेको छ । आज भएको फाईनल खेलमा आर्दश नमुना लम्कीलाई ९ विकेटले पराजित गर्दै आरएमई टिकापुर उपाधि चुम्न सफल भएको हो । यो उपाधी उचाले सगै आरएमई टीकापुर लगातार २ वर्ष च्याम्पिीएन बन्न सफल भएको छ । आज […]
लमही क्रिकेट खेल मौदानलाई थप ब्यबस्थित गरिने
रोशन घर्त्ती/ लमही,मंसिर,२- लमही नगरपालिकाको क्रिेकट खेल मौदानलाई थप ब्यबस्थित गरिने भएको छ । त्यसका लागी लमही को क्रिकेट खेल मैदान नजिक रहेको वडा प्रहरी कार्यालय लमहीलाई प्लानिङ क्षेत्रमा स्थानान्तरण गरि उक्त जग्गा क्रिकेट खेल मैदानलाई दिने र खेलमैदानलाई फाराकिलो पार्ने बिषयमा छलफल भएको लमही नगरबिकाश समितिका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभएको छ । वडा […]
जेटीकप क्रिकेट प्रतियोगितामा सेमि फाईनल समिकरण पुरा
पवन मुडभरी/ बौनिया,कार्तिक,३०- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आज भएका क्वाटर फाईनल खेलमा आरएमई टिकापुर र सन्त निरकारी टिकापुर विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेका छन । आज भएको पहिलो क्वाटर फाईनल खेलमा बसन्त मुरारीलाई ६ विकेटले हराउदै आरएमई टीकापुर विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको बसन्त मुरारीले १२.१ ओभर […]
नेपाल सेमिफाइनलमा प्रवेश , भारत भने बाहिरियो
काठमाडौं, कात्तिक २८ – नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।समूहको अन्तिम खेलमा आज मलेसियामाथि शानदार ८ विकेटको जित हासिल गर्दै नेपाल […]
जेटीकप क्रिेकेटमा उज्यालो शिक्षा सदनको चौथौ जित , क्वाटर फाईनलमा प्रवेश
पवन मुडभरी/ कैलाली,कार्त्तीक,२६- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आज भएका खेलमा उज्यालो शिक्षा सदन लम्की र कालीका मावि नौनिया विजयी भएका छन । आज भएको पहिलो खेलमा कैलाली पब्लिक सेकेण्डरी स्कुल मोतीपुरलाई २९ रनले पराजीत गर्दै उज्यालो शिक्षा सदन लम्की विजयी भएको हो । यो जित संगै लगातार चौथौ जित दर्ता […]
कैलालीमा जारी जेटीकप क्रिकेटमा आरएमई टीकापुरको लगातार चौथो जित
पवन मुडभरी/ बौनिया,कार्तिक,२१- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आरएमई टीकापुरले लगातार चार खेल जित्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । आज विहान ८ बजे भएको पहिलो खेलमा कैलाली पब्लिक लम्की र आयोजक जगततारा विच भएको खेलमा जगततारा ८ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको जगततारा ई.बो स्कुल […]








