आज दलहरुले समानुपातिकको नाम संशोधन गर्ने’

काठमाडौं,कार्तिक,१२- निर्वाचन आयोगमा दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि पठाएको नामको संशोधन हुँदैछ । समानुपातिकतर्फ दलहरुले यसअघि नाम बुझाए पनि अन्तिम संशोधनका लागि आज समय दिइएकाले दलको प्रतिनिधिसँगै बसेर यो काम हुने आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । त्यसपछि केही अरु प्रक्रियापछि १७ गते समानुपातिकतर्फको नाम सार्वजनिक गरिने कार्यतालिका रहेको ढकालले बताउनुभयो ।

दोलखामा एमालेका सय जना कार्यकर्ता कांग्रेसमा प्रवेश

दोलखा,कार्त्तीक,११- नेकपा एमाले दोलखा जिल्लाका एक सय जना एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दोलखा जिल्ला प्रदेश नम्वर दुईका नेपाली कांग्रेसका उम्मेदवार केशव चौलागाईं र एक नम्बर प्रदेशका उम्मेदवार बर्मा लामाले उनीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराउनु भएको हो । दोलखाबाट काठमाडौं आएर व्यवसाय गर्दै गरेको युवा संघ तथा माओदावी केन्द्र समर्थित युवाहरुलाई पार्टी प्रवेश […]

एमाले र माओवादी केन्द्रले ४५ जिल्लाको बाँडफाँड टुंगो लगायो

काठमाडौं,कार्त्तीक,१०- दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १८ क्षेत्रबाहेक बाँकीको भागबण्डा एमाले र माओवादी केन्द्रले मिलाएका छन् । दुई दलको कार्यदलले १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका हुन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटे पनि माओवादी अध्यक्ष […]

तोकिएकै मितिमा निर्वाचन हुने प्रथानमन्त्री देउवाको भनाई

काठमाडौं,कार्तिक, १०- प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै यसप्रति शंका नगर्न आग्रह गर्नु भएको छ ।पछिल्लो समय सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि बेग्लाबेग्लै मतपत्र छाप्नको लागि आदेश दिएसँगै निर्वाचन सर्छ कि भन्ने आंशकाहरु उत्पन्न भएपछि प्रधानमन्त्री देउवाले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको संक्षिप्त कुराकानीमा […]

काँग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र टुंगो लगायो

काठमाण्डौं,कार्तिक,१०- नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको काँग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो ।  शीर्ष नेताहरु कहाँ कहाँ बाट  लड्दै छन् त ? १. काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा, २. रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं.–१ ३. महामन्त्री डा. शशांक […]

आजदेखी ४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाण्डौं,कार्त्तीक,९- दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखी ४५ जिल्लामा स्थापना भएका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु बिहीबारैदेखि सन्चालनमा आएका हुन् । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा […]

निर्वाचन समयभित्रै नभए संसद स्वतः पुनःस्थापना : दाहाल

काठमाडौं, कात्तिक ९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नभएमा व्यवस्थापिका–संसद स्वतः पुनःस्थापना हुने बताउनु भएको छ । लक्ष्मण पन्तले लेखेको ‘आधुनिक नेपालको इतिहास (वि.सं. १७४३–१९५५)’ पुस्तक आज राजधानीमा विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसदको अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया सुरु भएकाले संसद विघटन भएको […]

निर्वाचन अघि प्रदेशको राजधानी तोकिदैन: प्रधानमन्त्री

काठमाडौं, कात्तिक ९- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि प्रदेशको राजधानी तोक्न नसकिने बताउनु भएको छ । धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेको प्रतिनिधि मण्डलसँग देउवाले निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने बताउनु भएको हो । सरकारले लामो समयसम्म पनि प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन । खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको […]

मतपत्र छपाईमा किन विवाद , के भन्यो सर्वोच्चले

काठमाडौं,कात्तिक,९- “ मतपत्र परिवर्तन गरी अलगअलग छाप्दा निर्धारित निर्वाचन नहुने र संवैधानिक संकट आउने विश्लेषण भइरहेको छ तर एक महिनापछि हुने निर्वाचनका लागि मतपत्र छाप्न सुरु नै भएको छैन, जस्तो आकारमा पनि छाप्न समय छ र पहिलो चरणका ३७ सिटका लागि सुरुमा र बाँकी सिटका लागि पछि छाप्ने विकल्प पनि छ । “ मतपत्रमा के हो […]

राष्ट्रपतीद्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ, कात्तिक,८- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित […]