काठमाण्डौं,माघ २८-ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको र सोही आयोजनाको […]
राजनीति
फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर सीमानाकामा कडाइ
बैतडी,माघ २८-भारतको उत्तराखण्डमा फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर बैतडी, दार्चुलाका सीमानाकामा कडाइ गरीएको छ । अरुबेला भन्दा आजदेखि सीमामा जाँच कडाइ गरीएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।यस्तै दार्चुलामा भारतीय सुरक्षाकर्मीले दार्चुलाको सीमा नदी महाकालीमा रहेका अस्थायी तुइन झिकेको छ । तुइन झिकेपछि दार्चुला सदरमुकाम उत्तरका बासिन्दालाई आवतजावत गर्न निकै सास्ती […]
नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन पहल गर्ने अर्थमन्त्री महराको भनाई : व्यसायिहरुसँग बजेटका लागि सुझाव संकलन
विरेन्द्र जैशी बाँके,माघ २८-नेपाल सरकारका उप–प्रधान एवं अर्थमन्त्रि कृष्णबहादुर महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन पहल गर्ने बताउनुभएको छ । आज नेपालगन्जमा आगामी आर्थिक वर्ष २०७४–७५ का लागि बजेट र राजश्व प्रणाली निर्धारणका लागि सुझाव संकलन गर्न आयोजित छलफल र अन्तकृया कार्यक्रममा अर्थमन्त्री महराले सो कुरा बताउनुभएको हो । महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको […]
०७४ कात्तिक सम्ममा तीनै तहको चुनाव गर्नुपर्छ : संविधानविद आचार्य
दाङ,माघ २८-संविधानविद नीलाम्बर आचार्यले २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताउनु भएको छ । उहाँले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा जानकारी दिनुभएको हो । उहाँले सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने बताउनुभयो […]
नेपालगंजमा छिट्टै सभा हलको निमार्ण हुन्छ :अर्थमन्त्री महरा
बाँके,माघ २८-उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालगंजमा छिट्टै सभा हलको निमार्ण हुने बताउनु भएको छ । नेपालगंज उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले नेपालगंजमा सभाहल निमार्ण गर्न विदेशी लगानीका लागि आफूहरुले पहल गरिरहेको र त्यसो नभएमा नेपाल सरकार कै लगानीमा भएपनि […]
५५ जना युवाहरु नेपाली काँगे्रसमा प्रवेस
मधुपौडेल बाँके,माघ २७-नेपाली कागे्रसले बाँकेको वागेश्वरी गाविस ५ मनिकापुरमा मा गरेको वडाभेलामा ५५ युवाहरुले नेपाली काँगे्रसमा प्रवेस गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमाले ,माओवादी र राप्रपा लगाएतबाट आएको नेपाली काँग्रेस बाके तरुण दलको जिल्ला सदस्य पुष्पा सुनार जनाकारी दिनु भएको छ । वडाका वडा सभापति चेतकान्त कडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाल […]
प्रधानमन्त्री दाहालको गृहजिल्ला चितवन आज देखि लोडसेडिङमुक्त
चितवन,माघ २७-चितवन जिल्ला आज देखि लोडसेडिङमुक्त भएको छ । राजधानी काठमाडौं र पोखरापछि प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला चितवन लोडसेडिङमुक्त भएको हो । औद्योगिक फिडरबाहेकका सबै क्षेत्रमा आज देखि लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मात्र फोन गरेर चितवनमा लोडसेडिङ नहुने जानकारी […]
सरकारले ग्यारेन्टी गर्ने भएमात्रै भोटिङ मेसिन प्रयोगमा ल्याउन सकिन्छ: प्रमुख आयुक्त
काठमाडौं, माघ २७- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा बनेका भोटिङ मेसिनबारे सरकारले नै ग्यारेन्टी गर्ने भएमात्रै आयोगले प्रयोगमा ल्याउनसक्ने बताउनु भएको छ ।आज राजधानीमा आयोजित एक साक्षात्कारमा उहाँले सरकारले प्रमाणीकरण नगरी कुनैपनि भोटिङ मेसिनको प्रयोग गर्न नसकिने स्पस्ट पार्नुभयो । स्थानीय निर्वाचनका लागि भारतबाट ल्याइने भोटिङ मेसिनलेसमेत धान्न नसक्ने भन्दै यादवले अरु देशहरुबाटसमेत […]
पुनर्संरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन सहमति
काठमाडौं, माघ २७- स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन दलहरुले सहमति गरेका छन् ।सर्वदलीय सहमति विपरीत भएका तथा प्रदेश नम्बर–२ को स्थानीय तह पुनर्संरचना पुनर्विचार गर्न फेरि आयोगमा नै पठाउन दलहरुले सहमति गरेका हुन् ।प्रतिवेदन अध्ययन गर्न स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदल र मुख्य दलका नेताहरुबीच आज भएको छलफलमा विवाद […]
असन्तुष्ट भएका २०० वकिलले दिए सामूहिक राजीनामा
काठमाडौं, माघ २७ न्यायपरिषद्ले उच्च अदालतहरुमा गरेको न्यायाधीश नियुक्तिमा नेपाल बार एसोसिएसनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै केही कानुन व्यवसायीले नेपाल बारको सदस्यता त्यागेका छन् ।न्यायपरिषद्ले गरेको न्यायाधीश नियुक्ति भेदभावयुक्त भएको भन्दै प्रदेश नम्बर–२ का करिब २०० वकिलले आज नेपाल बार एसोसिएसनबाट संयुक्तरुपमा राजीनामा दिएका हुन् । उनीहरुले न्यायाधीश नियुक्ति संवैधानिक र कानुनसम्मत् नभएको जिकिर […]