असन्तुष्ट भएका २०० वकिलले दिए सामूहिक राजीनामा

काठमाडौं, माघ २७ न्यायपरिषद्ले उच्च अदालतहरुमा गरेको न्यायाधीश नियुक्तिमा नेपाल बार एसोसिएसनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै केही कानुन व्यवसायीले नेपाल बारको सदस्यता त्यागेका छन् ।न्यायपरिषद्ले गरेको न्यायाधीश नियुक्ति भेदभावयुक्त भएको भन्दै प्रदेश नम्बर–२ का करिब २०० वकिलले आज नेपाल बार एसोसिएसनबाट संयुक्तरुपमा राजीनामा दिएका हुन् । उनीहरुले न्यायाधीश नियुक्ति संवैधानिक र कानुनसम्मत् नभएको जिकिर […]

सरकार निर्वाचन घोषणाको अन्तिम तयारीमा

काठमाडौं, माघ १९-सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ। बिहीबार बस्ने मन्त्री परिषद बैठकबाट निर्वाचनको मिति सम्बन्धी निर्णय हुन सक्ने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले बताउनुभयो ।‘यो विषय भोलिको क्याबिनेटमा जान्छ,’ मन्त्री कार्कीले भन्नुभयो, ‘सरकार निर्वाचनको तयारीमा छँदैछ, भोलिको बैठकमा कुनै न कुनै निर्णय हुन्छ। प्रधानमन्त्री […]

‘वडा गाउँपालिकाको सीमा निर्धारण नभएसम्म स्थानीय तहको चुनावै

काठमाडौं, माघ १८ निर्वाचन आयोगले स्थानीय तहको सिमाना, गाउँ र नगरपालिका, प्रशासनिक केन्द्रलगायत निर्वाचनसम्बन्धी अत्यावश्यक विषय नटुंगिएसम्म स्थानीय तहको चुनाव गर्न असम्भव हुने बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार हामीसँग कुरा गर्दै स्थानीय तहको निर्वाचन गराउने आधार नै स्थानीय तहको सिमाना, गाउँ र नगरपालिका निर्धारणलगायतका कुरा भएकाले त्यसको टुंगो नलागेसम्म निर्वाचन गर्न नसकिने […]

अन्तिम दिनसम्म कैलालीमा २६ दल दर्ता

कैलाली,माघ,१८-  क्षेत्रीय निर्वाचन कार्यालय कैलालीमा दल दर्ता गर्ने अन्तिम म्याद सोमाबारसम्म २६ दल दर्ता भएका छन ।स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपालि १० दल घटेको निर्वाचन कार्यालयले जनाएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा कैलालीमा प्रत्यक्ष निर्वाचनका लागि ३६ र समानुपातिकतर्फ धेरै दल सहभागी थिए ।दल दर्ताको अन्तिम दिन नयाँ शक्ति नेपालले पनि क्षेत्रीय निर्वाचन […]

सर्वोच्चको आदेशः धुलोधुँवा नउड्ने गरी निर्माण गर्नू

काठमाडौँ, माघ १८-सर्वोच्च अदालतले धुलोधुँवा नउड्ने गरी भौतिक निर्माण कार्य गर्न(गराउन सरोकारवाला निकायहरूलाई आदेश दिएको छ। न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार उपत्यकाका काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिका, खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसमेतको नाममा यस्तो अन्तरिम आदेश जारी गरेको हो। धुलोधुँवा नउड्ने गरी तदारूकतासाथ निर्माण कार्य सम्पन्न […]

एक वर्षमा विद्युत् नाफा कमाउने अवस्थामा र्पुयाउछु : घिसिङ

काठमाण्डौं,माघ १७-लोडसेडिङ हटाएर नेपालीहरुको हिरो बनेका विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले अबको एक वर्षमा विद्युत् प्राधिकरणलाई नाफा कमाउने अवस्थामा र्पुयाउने बताएका छन् । पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यही हिसाबले अहिले काम भइरहेको जानकारी दिँदै उनले प्राधिकरणको अहिलेको […]

मधेसी मोर्चासँगको बालुवाटार बैठक अनिर्णित, बुधबार फेरि बस्ने

काठमाडौं, माघ १७-प्रमुख सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक बिना निर्णय सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा मधेसी मोर्चाले स्थानीय तहको संख्याको विषय प्रमुखताका साथ उठाएको थियो।संविधान संशोधनलाई प्रमुख विषय बनाउँदै आएको मोर्चाले यसपटक भने स्थानीय तहको संख्याका विषय अघि सारेको हो।जनसंख्याको अनुपातमा स्थानीय तह पनि हुनुपर्‍यो, मधेसमा जनसंख्या ५२ प्रतिशत छ भने […]

सार्वजनिक लेखा समितिको सभापतिमा उपाध्याय निर्वा्चित

काठमाण्डौं,माघ १७- सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वा्चित हुनुभएको छ । समितिको सोमबार भएको निर्वाचनमा माओवादी र कांग्रेससहितका सत्तापक्षीय उम्मेदवार उपाध्याय निर्वा्चित हुनुभएको हो । उहाँले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए । सत्तापक्ष राप्रपाले भने एमाले उम्मेदवार चौलागाईंलाई मत दियो । माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री […]

संविधान कार्यान्वयन गर्न सहिदको सपना प्रेरणादायीः प्रधानमन्त्री

काठमाडौं, माघ १६-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनु भएको छ । सहिद दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदको योगदान सधैँ स्मरणीय रहने […]

आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, माघ १६ –आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईंदै छ ।देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति […]