प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छौं : पदम गिरी

काठमाडौं,असार,२५-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताउनुभएको छ। सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले यस्तो बताउनुभएको हो। उहाँले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भनिष्यमा त्यस्तो कमजोरी नदोहोर्याउने प्रतिवद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताउनुभयो। प्रमुख सचेतक गिरीले […]

भुटानी शरणार्थी प्रकरणमा मलाई रकम दिएको भन्ने अडियो योजनावद्ध हो : आरजु राणा

काठमाडौं,असार,२५-नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनावद्ध रुपमा रेकर्ड गरिएको बताउनुभएको छ। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनावद्ध रुपमा रेकर्ड गरिएको बताउनुभएको हो। आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनावद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उहाँले आफूलाई फसाउने […]

प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएँ : प्रधानमन्त्री दाहाल

काठमाडौं,असार,२५-प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको हो।उहाँले आफ्नो छोरी ज्ञानु दाहाल बिरामी हुँदा दिल्लीमा प्रितम सिंहको घरमा बसेर उपचार गराएको र छोरी भेट्न आफू जाँदा सिंहले […]

प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारियो

काठमाडौं,असार,२४-प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागी सारिएको छ।नेकपा एमालेले उठाएको प्रश्नमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र संसद सुचारु गर्ने समझदारी भएनी दलहरु आरोप प्रत्यारोपमा उत्रीएपछि भोली सम्मका लागी सारिएको हो। गत हप्ता सोमबार प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो। […]

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा भारतीय गुप्तचरकै घरमा बसेको अध्यक्ष ओलीको दाबी

काठमाडौं,असार,२२-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताउनुभएको छ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गर्नुभयो।उहाँले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाउनुभयो। अध्यक्ष ओलीले भारतीय […]

प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं,असार,२२-संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। सत्तापक्ष र प्रतिपक्षको अडानले प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । […]

मिटरब्याजीकाविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्षले संसद अवरोध गरे : प्रधानमन्त्री दाहाल

काठमाडौं,असार,२०-प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले बुधबार संसदमा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूचि रहेको तर प्रतिपक्ष दलले विधेयक पास हुन […]

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नुभएको छैन : सांसद दाहाल

काठमाडौं,असार,२०-नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताउनुभएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताउनुभएको हो। सांसद दाहालले सरकार अंक गणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः […]

रास्वपाले प्रधानमन्त्रीको राजीनामा मागेको छैन : सांसद झा

काठमाडौं,असार,२१-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताउनुभयो। उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका […]

प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित : मन्त्री बस्नेत

काठमाडौं,असार,२०-ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तीको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताउनुभएको हो। उहाँले प्रधामन्त्रीको बोलिको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरित भएको बताउनुभयो।उहाँले […]