खजुरा महोत्सवको तेस्रो दिनमा टंक , अशोक र एआरले पाए दर्शकको अत्याधिक साथ।

नेपालगन्ज,माघ,२६- खजुरा महोत्सवको तेस्रो दिन शनिबार चर्चित गायक टंक बुढाथोकी ,अशोक दर्जी र एआर बुढाथोकीको साथै गायिका रिता केसीले प्रस्तुती दिएका छन ।मौसम प्रतिकुलताका कारण पनि दर्शकको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित दर्शकलाई गायक बुढाथोकी ,दर्जी र गायिका केसीले छमछमी नचाएका थिए ।हास्य प्रहसन सङ्गै स्टेज उक्लेका गायक दर्जी र एआरले आफ्नो कमेडी सङ्गै चर्चित […]

तेस्रो तेन्जीन ल्याड्स कप फुटसलको टाई-सिट सार्वजनीक

फुकुओका,माघ,२६- जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । आयोजक टिम तेन्जीन ल्याड्सले आज एक कार्यक्रमका बिच टाई सिट सार्वजनीक गर्दै तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको जानकारी दिएको हो । तेन्जीन ल्याड्सले यस भन्दा पहिलेका वर्षमा २ वटा टुर्नामेन्ट सफलता पुर्वक सम्पन्न गरिसकेको छ । सोहि […]

खजुरा महोत्सवमा शनिबार आज चर्चित गायक टंक बुढाथोकी , अशोक दर्जी र एआर आउने।

नेपालगन्ज,माघ,२६- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा तेस्रो दिन शनिबार आज चर्चित गायक टंक बुढाथोकी , अशोक दर्जी र एआर बुढाथोकी आउने भएका छन। मौसम […]

बबई बहुमुखी क्याम्पसको प्राध्यापक संघ ईकाइ समितिमा: धिताल

बर्दिया , माघ, २५ बर्दियामा रहेको बबई बहुमुखी क्याम्पस गुलरियामा प्राध्यापक संघको ईकाई समितिमा राजेन्द्र धिताल सर्वसम्मत रुपले सभापतिमा चयन भएका छन् । प्राध्यापकहरुका समस्याहरुका लागि अावाज उठाउनका लागि शुक्रबार भएको अधिबेशनमा सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएको पार्षद सदस्यमा चयन भएका सन्त कुमार वर्माले बताए । नयाँ कार्यसमितिमा सभापति राजेन्द्र धिताल, उपसभापतिमा केशब सिग्देल […]

खजुरा महोत्सवमा जानकी तारामी र रमेशराज भट्टराइले दर्शकलाई झुमाए।

नेपालगन्ज , माघ २५ खजुरा महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायक रमेशराज भट्टराई र चर्चित गायिका जानकी तारामी मगरले प्रस्तुति दिएका छन ।मौसम प्रतिकुलताका कारण दर्शकको उपस्थिति केही पातलो रहेता पनि उपस्थित दर्शकलाई गायक भट्टराई र गायिका मगरले छमछमी नचाएका थिए । चर्चित गीत डाड दुखेर मारो गीत गाउँदै स्टेज उक्लेकी गायिका मगरले पानीपुरिको, झम्के […]

आदर्श मावि नेपालगन्जद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न।

  नेपालगन्ज, माघ २५ आदर्श मावि नेपालगन्जमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बिद्यालयको आयोजनामा सम्पन्न उक्त हाजिरी जवाफ प्रतियोगितामा जम्मा ८ समुहले सहभागिता जनाएका थिए।जसमध्ये होटल म्यानेज्मेन्ट १२ प्रथम, कम्प्युटर साइन्स द्वितीय र बिज्नेस स्ट्डिज समुह तृतीय भएका थिए। बिद्यालयको वार्षिक कार्यतालिका अनुसार विभिन्न अतिरिक्त कार्यक्रम गर्दै आएको र त्यसै अनुरुप विद्यार्थीहरुको अतिरिक्त […]

नेपालकै ठूलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा हुँदै ।

नेपालगन्ज , माघ २५। नेपालकै ठुलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुने भएको छ। स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको छ। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० र ११ गते […]

ओखलढुङ्गामा आफ्नै बुहारीले गरे ससुराको हत्या

ओखलढुङ्गा,माघ,२४- ओखलढुङ्गामा बुहारीले आफ्नै ससुराको हत्या गरेकी छन् । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ३० वर्षिय तारादेवी गुरुङले करीब ७५ वर्षका आफ्ना ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन् । आपसी घरायसी अंशवण्डाको विवादका क्रममा तारादेवीले आज विहान आगो फुक्ने फलामको ढुंग्री टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै ज्यान गएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए । चौकी नजिकै […]

फाल्गुन ३ गते सार्वजनिक बिदा दिईने

बुटवल,माघ,२४- प्रदेश नं ५ ले फाल्गुन ३ गते प्रदेश स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक विदा निर्णय गरेको छ । नेपाल सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत माधब शर्माले हस्ताक्षर गरी निकालिएको सूचनामा प्रदेशको मन्त्री परिषदले मिति २०७५र१०र१४ गते बैठक बसी विदा निर्णय गरेकाले विदा दिएको उक्त सूचनामा बताईएको छ ।

जिफन्ट र अन्टुफको समायोजन छिट्टै गर्छौ : बिनोद श्रेष्ठ

नेपालगन्ज , माघ, २४ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ अब छिट्टै समायोजन हुने दुबै महासंघका समायोजन समितिका संयोजक बिनोद श्रेष्ठले बताउनु भएको छ । अाज बाँकेको नेपालगन्जमा योगदानमा अाधारित सामाजिक सुरक्षा योजना अन्तरक्रिया कार्यक्रम पछि दुबै युनियनका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उहाले २०७६ सालको शुरुआत सम्ममा […]