जाजरकोटमा नेविसंघ नेता रविन्द्र शाहको हत्या

काठमाडौं,चैत, १६- जाजरकोटमा मंगलबार साँझ नेपाल विद्यार्थी संघ नेविसंघ का युवा नेता रविन्द्र शाहको निर्मम तवरले हत्या गरिएको छ । भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिनुभयो ।हत्या पछि शाहको शव साढे तीन सय मिटर तल भिरमा फालिएको थियो । […]

प्रधानमन्त्रीको चीन भ्रमण सफलः परराष्ट्र विज्ञ

काठमाडौं,चैत,१५ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र मामिला सल्लाहकार डा। ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको दाबी गर्नु भएको छ ।अधिकारीले चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको ४५ मिनेट भेटवार्ता हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै भ्रमण पूर्ण रुपमा सफल भएको बताउनुभयो । आज रिपोर्टर्स क्लबमा बोल्दै डा.अधिकारीले भन्नुभयो प्रधानमन्त्री चीन उड्नुअघि एजेण्डाविहीन भ्रमणको संज्ञा […]

स्थानीय तहमा ८० हजार कर्मचारी आवश्यक

काठमाडौँ, चैत १५- स्थानीय तहमा कर्मचारी भर्ना स्थानीय सेवा आयोगले गर्ने भएको छ ।  अहिले स्थानीय तहमा निजामती र साबिक स्थानीय निकायका कर्मचारी रहँदा वरिष्ठ र कनिष्ठको द्वन्द्व छ ।स्थानीय सेवा आयोग गठन भएपछि ७४४ वटै स्थानीय तहमा कर्मचारी भर्नाका सबै प्रक्रिया स्थानीय सेवा आयोगले गर्नेछ । सङ्घ र प्रदेशमा भने लोकसेवा अयोगले कर्मचारी भर्ना […]

नेपालगन्जको होटल ह्वाईट हाउसमा डिस्को कार्यक्रम हुने

रञ्जीता ढकाल (थापा) बाँके,चैत १४- नेपालगन्जको गनापुरमा रहेको होटल ह्वाईट हाउस रिजेन्सी प्रालीले  नयाँ बर्ष २०७४ को अवसरमा आगामी बैशाख १ गते वाटर डिस्को डान्स लगायतका विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । होटल पूर्ण सञ्चालनका लागि ७० प्रतिशत काम सकिएको ह्वाईट हाउसमा मध्यपश्चिम क्षेत्रमै पहिलो पटक यस्तो कार्यक्रम गर्न लागिएको होटलका प्रबन्धक निर्देशक भरत […]

अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने, भोजमा ५०१ जनासम्म बोलाउन सकिने

काठमाडौं,चैत,१४ वैवाहिक समारोहमा अब बाजागाजामा संलग्न र सहयोगी समेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ ।  सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान मिल्ने व्यवस्था संशोधन गर्दै संसद्को राज्य व्यवस्था समितिले १५० जनासम्म जन्ती लैजान मिल्ने सीमा तोकेको छ । विवाहको भोजमा अब बढीमा ५०१ जनासम्मलाई आमन्त्रण गर्न […]

२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला

 काठमाडौं,चैत, १४- नेपाली वैदेशिक रोजगारी गएका ४३ लाख ८९ हजार जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांक उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।हत्या, बलात्कार, लागुऔषध कारोबार लगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् […]

कांग्रेस कार्यसम्पादन समिति गठन निर्वाचनमा टिकट वितरणदेखि सरकार गठन र पुनर्गठन समेतको निर्णय यो समितिले लिने

काठमाण्डौं,चैत्र १४ – शेरबहादुर देउवा सभापति निर्वाचित भएको वर्षदिन पछि नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको सहमतिमा देउवाले वरिष्ठतालाई आधार मान्दै आइतबारको केन्द्रीय समितिको पूर्ण बैठकमा २२ जनाको नाम प्रस्ताव गर्नु भएको थियो, यो पारित पनि भएको हो । तर, देउवाको यो प्रस्तावमा केही नेताहरुले असन्तुष्टि व्यक्त गरेका […]

घोडेजात्रा पर्व आज मनाईंदै

काठमाडौं, चैत १४ – हरेक वर्ष चैत कृष्ण औँशीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौं उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिउन् भनी चतुर्दशीका दिन […]

कालीका सेस्यूरिटीजको नेपालगंजमा शाखा विस्तार, धितोपत्र खरिद विक्री सेवा शुरु

रञ्जीता ढकाल थापा, बाँके,चैत्र १३- कालीका सेस्यूरिटीज प्रा.ली ले आज देखी नेपालगंजमा शाखा स्थापना गरेको छ । कालीका सेस्यूरिटीज प्रा.ली ले शाखा स्थापना गरे संगै सुदुपश्चिम र मध्यपश्चिमका उद्योगी,व्यापारी,व्यवसायी,तथा सर्वसाधारण सबै उत्साहित भएका छन् । आज देखि नेपालगंज शाखाबाट शेयर खरिद तथा बिक्री सेवा शुरु गरिएको छ । धितोपत्रको दोश्रो बजारमा हुने कारोबार अब देखि […]

बजेट बहश सुरुः स्थानीय बजेट ह्वात्तै बढ्ने

काठमाडौं,चैत, १३-  अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो । पुनः संरचनासँगै अधिकारसम्पन्न स्थानीय निकाय जेठको पहिलो सातादेखि नै सक्रिय हुने अवस्था भए पनि बजेटको निर्माणप्रक्रिया पुरानो ढाँचामा अघि बढेको […]