आज बाँके प्याब्सनको १३ औं अधिवेशन हुदैं

बाँके,पुस ११- केद्रिय अध्यक्ष लक्ष्य बहादुर केसी उपाध्यक्ष निर्मल उपाध्याय महासचिव डिके ढुँगाना सहितको ठुलो टोली नेपालगंज आईपुको छ । यो आगमनले पनि बाँके प्यब्सन प्रतीको आर्कषण र महत्व प्रष्ट पार्छ । केन्द्रिय पदाधिकारीहरुसंगै रहेका इश्वर पोखरेलले भन्नुभयो हामी सर्वसम्मत र सक्षम नेतृत्व चयनका लागि पहल गरिरहेका छौं । अध्यक्ष जिसीले दाबेदारहरु बीच आपसी समझदारीबाट […]

प्रदेश टुक्राउने कदम प्रतिको विरोध चन्द्रौटा मा बिरोध तथा सपथ ग्रहण सम्पन्न

अराज सिंह बेल्वासे चन्दौटा,पुस १०-चन्दौटामा चन्दौटाबासी हरुले पाँच नम्बर प्रदेसबाट पहाडी जिल्लालाई अलग्याएमा निरन्तर लडिरहने र परेको खण्डमा ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिएका छन । कपिलबस्तुमा  पाँच नम्बर प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संविधान सम्सोधन प्रस्ताब दर्ता भएको दिन देखिनै निरन्तर रुपमा बन्द, हडताल र प्रदर्शनहरु समेत भैरहेका छन । सरकारले संसदमा दर्ता […]

सुदूरपश्चिमका हिमाली जिल्लाहरुमा हिमपातले जनजीवन प्रभावित

बाजुरा,पुस १०-सुदूरपश्चिमका हिमाली जिल्लाहरुमा पानी परेसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमका हिमाली क्षेत्रमा बिहीबार बेलुकीदेखि परेको  हिमपातका कारण जनजीवन कष्टकर भएको हो । पानी परेपछि कृषक भने खुसी भएका छन् । हिमपातले बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने नागरिकहरु बिचबाटोमा अलपत्र परेका छन् । हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, […]

कैलालीमा गौहत्या गरिएको विरोधस्वरुप बन्दले जनजीवन कष्टकर

इन्द्र कार्की कैलाली,पुस १०-कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा पौष ५ गते  गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरियालगायत क्षेत्रमा प्रदर्शन […]

चुन ढुंगा उत्खनन बन्द गर्न युवा मञ्चको वैठक

जंंग रेउले घोराही,पुस १० -दाङको लुहारपानी गाविस वडा नं.९ बचेनीमा संघर्षशिल युवा मञ्चको बैठक बसेको छ । मञ्चको शनीबार वसेको वैठकमा खमारी र बचेनी बिचमा रहेको चुन ढुंगा खानी बन्द गर्न निर्णय गरेको हो । गाउँका केही जान्ने बुझ्ने व्यक्तिले आफू खुसी सहमती गरेर खानी उत्खनन गर्न सहमती गरेको भन्दै उक्त कार्य तत्काल बन्द गराउँने […]

वाणिज्य कार्यालय नेपालगन्जमा साढे दुई वर्षदेखि प्रमुखविहीन

बाँके,पुस १०-बाणिज्य कार्यालय नेपालगन्ज साढे दुई वर्षदेखि प्रमुखविहीन छ । कार्यालय प्रमुखविहीन हुँदा उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाउन नसकिएको निमित्त प्रमुख सुनिल खनालले वताउनुभयो ।  खनाललाई तीन महिनाको लागि काजमा दुई महिना अघि सरकारले नेपालगन्ज बाणिज्यमा खटाएको थियो । उपभोक्ताको हकहितमा प्रतिकुल असर पु¥याए उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाइने गरिन्छ । […]

ज्योती चर्च लगायत नेपालगंजका विभिन्न चर्चमा कार्यक्रम गरी क्रिसमस मनाईयो

बाँके,पुस १०-इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज नेपालगंजका विभीन्न चर्च लगायत देशभरका चर्चहरुमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए […]

आज देशभर क्रिसमस मनाइँदै,आज सार्वजनिक बिदा

काठमाडौं, पुस १०-  इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आज क्रिसमस मनाइरहेका छन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी […]

बाँकेको खजुरामा व्यापारिक महोत्सवको तयारी,सचिवालय गठन हुँदै

बाँके पुस १०-बाँकेको खजुरामा व्यापारिक महोत्सवको तयारी गरिएको छ । खजुरामा पहिलो पटक कृषि पर्यटन प्रवद्धन,साँकृतृक एवं एतीहासिक धार्मीक मुबेतवा बाबा प्रथम व्यापारिक महोत्सव आयोजन ागर्न लागिएको हो । आधुनीक युवा सञ्जाल खजुराको आगामी पुस १५ गते सचिवालय गठन गरेर तयारी तिव्र बनाउने सञ्जाल अध्यक्ष तिलक वीर सुनारले जानकारी दिनुभयो । उहाँले माघ १० गतेदेखी […]

वाड न ३ को वाड भेला सम्पन्न

मधु पौडेल बाँके,पुस ९-नेपालगंज उपमहानगरपालिका को वाड न ३ को वडा भेला सम्पन्न भएको छ ।प्रत्येक वर्ष नेपालगंजका विभिन्न  वडामा वार्षिक योजना तर्जुमा लागि वडा भेला हुने गर्दछ जसमा वडा वसीहरुले आफ्नो वडा हुने वा गरीने विकास निर्माणका साथै लक्षितवर्ग, महिला तथा बालबालिका का लागि भेला भै योजना तर्जुमा गर्ने गर्दछन । गत वर्ष देखी […]