नेकपाद्धारा राप्तीमा ५ सवारी साधन तोडफोड

जंग बहादुर रेउले घोराही, जेठ,३०- नेपाल कम्युनिस्ट पार्र्टीले आफ्नो कार्यकर्ता रिहाइको माग गर्दै मंगलबार राप्तीमा गरेको बन्दमा ५ सवारीसाधान माथि तोडफोड गरेको छ । पार्टीले घोषणा गरेको बन्दको अबज्ञा गरेको भन्दै दाङमा चार गाडी र रोल्पामा एक ट्याक्टर माथि तोडफोड भएको नेपाल कम्यनिष्ट पार्टी राप्ती व्युरोले जानकारी दिएको हो । नेकपाले राप्तीमा सुरक्षा कर्मीले विनाकरण […]

राप्रपाको घरदैलो कार्यक्रम सम्पन्न

भानुभक्त बस्नेत, दाङ,जेठ,३०- घोराही उपमहानगरपालिका वडा नं.१०नारायणपुरमा घरदैलो कार्यक्रम  सम्पन्न भएको छ ।राप्रपाका घोराही उपमहानगरपालिका १०को वडा अध्यक्ष प्रेम प्रकाश पोख्रेलको  अध्यक्षता तथा राप्रपा नेपालका केन्दीय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । क्षेत्र नं.३का अध्यक्ष श्री नरबहादुर बुढाथोकीको एवं वरिष्ठ समाजसेवीहरुको उपस्थितीमा कोणसभा सम्पन्न गरिएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर भोलानाथ […]

दुई वर्ष विति सक्दा पनि राहत नपाएको बाढी पिडितको गुनासो

मधुपौडेल, बाँके,जेठ,३०- दुई वर्ष विति सक्दा पनि बढि पिडितले कुनै राहत नपाएको एक तालिमको समापनमा बताएका छन । खाद्य सुरक्षा ,खाद्य अधिकार र पैरवी सम्वन्धि दुई दिने तालिमाको समापनमा बोल्दै सहभागिले उक्त कुरा बताएका थिए । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेद्धारा आयोजित तथा ईयुडिसिएको सहयोगमा तालिम सोमबार र आज बाँकेको कम्तिमा भएको थियो […]

केन्द्र संचालनमा प्रधानध्यापकले जिम्मेवारी निर्वाह गर्ने

भिष्म लोध, नेपालगञ्ज,जेष्ठ,३०- बाल बिकास केन्द्र संचालनका लागि स्थानीयस्तरका सबै बिद्यालयहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । पछिल्लो समय जिल्लामा कतिपय बाल बिकास केन्द्र बन्द भएर नै तलब बुझिरहेको गुनासोमा आएकाले स्थानीयस्तरमा रहेका नजिकका बिद्यालयका प्रधानध्यापकहरुले संचालनका लागि जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइएको हो । सोमबार नेपालगञ्जममा एको बाल बिकास केन्द्र व्यवस्थापन […]

दाङ देउखुरीको बगरमा हुर्किदै वन, समुदायमा आयआर्जन

नरेश खड्का, दाङ, जेठ ,२९ – देउखुरी गढवास्थित कक्रहवा खोलाको बगरमा अहिले हरियाली छ । खोलाको करिव ७८ हेक्टर क्षेत्रफलमा बगर अहिले सामुदायीक वनको रुपमा परिणत भएको छ । कक्रहवा खोलाले काटेर वर्षौंदेखि बगरका रुपमा रहेको ७८ हेक्टर जमिनमा अहिले रहर लाग्दा बिरुवाहरु हुर्किएर रुखमा परिणत भएका छन्, भने वन्यजन्तुको आश्रय स्थल बन्न पुगेको छ […]

गाउँमै मतदान केन्द्र भएपछि स्थानिय खुसी

रमित बि.क. बाजुरा,जेष्ठ २८- हिमाली गाउँपालिका ३ गुम्बाका स्थानिय गाउँमै मतदान केन्द्र हुन भएपछि खुसी भएका छन् । मतदान केन्द्र टाढा भएकाले स्थानिय तह निर्वाचनमा सहभागी नहुने बताएका स्थानियले गाउँमै मतदान केन्द्र थपिएपछि भाग लिने भएका हुन् । निर्वाच आयोगले जेष्ठ २५ गते गुम्बामा मतदान स्थल थप गर्ने निर्ण गरी कार्यान्वयनका लागी पत्र पठाएको छ […]

दाङमा मतदानमा ५ प्रतिशत मत बदर

दाङ,जेठ,२८- जिल्ला निर्वाचन कार्यालय दाङले घोराहीमा शनिबार गरिएको नमुना मतदानमा ५ प्रतिशत मत बदर भएको जनाएको छ। घोराहीको बालमन्दिरमा गरेको नमुना मतदानमा १ सय ५१ जनाले भोट हालेका थिए। त्यसमध्ये ८ वटा मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए। नमुना मतपत्रमा दलहरुका चुनाव चिह्नभन्दा फरक चिह्नहरु हुँदा केही मतदाताहरु अलमलमा पर्दा […]

दुई दिने खाद्य सुरक्षा सम्वन्धी तालीम कोहलपुरमा सम्पन्न

मधुपौडेल, बाँके,जेठ,२८- खाद्य सुरक्षा ,खाद्य अधिकार र पैरवी सम्वन्धि दुई दिने कार्यक्रम बाकेको कोहलपुरमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेको आयोजना तथा ईयु डिसिएको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । तालिममा खाद्य अधिकार कृषक महासंघका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि विकास कार्यलय सेवा केन्द्र कोहलपुरका प्रमुख सशिन्द्र […]

श्रीमजीवी पत्रकार ऐन सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम दाङमा हुने

नरेश खड्का, घोराही ,जेठ,२८- श्रीमजीवी पत्रकार ऐन सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम दाङमा हुने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ दाङको संयोजकनमा यही जेठ ३१ गते घोराहीमा कार्यक्रम हुन लागि रहेको हो । प्रदेश नम्वर ५ मा हाल न्यूनतम पारिश्रमिकको अवस्था के छ ? के गर्दा श्रीमजीवी पत्रकार ऐन लागू हुनसक्छलगायतका […]

करार कर्मचारीलाई पनि स्थायी सरह भत्ता

इन्द्र कार्की महेन्द्रनगर,जेठ,२८ करारमा कार्यरत कर्मचारीहरुले पनि सरकारी स्थायी कर्मचारी सरह चाडपर्व र पोशाक भत्ता पाउने भएका छन् । यसको अतिरिक्त उनीहरुले महिनामा एक दिन अतिरिक्त विदासमेत पाउनेछन् । जाँदाजाँदै प्रचण्ड नेतृत्वको सरकारले करार कर्मचारीहरुलाई पनि स्थायी सरह पोशाक, चाडपर्व भत्ता र महिनाको एक दिन विदा दिने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७४।०७५ वाट लागु […]