वैशाख १५ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

काठमाडौं,वैशाख,१५-सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।  सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थपिएको हो । […]

सनसिटीमा बस्ने २ जनामा कोरोना संक्रमण: त्यहाॅं बस्ने सबैको परीक्षण गरिने

काठमाण्डौं,बैशाख,२-पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीन जना मध्ये दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।एक जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिएको थियो भने बुहारीको कोरोना नेगेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको […]

एकैदिन जापानमा ११ जनाको मृत्यु: ७,५७६ जना संक्रमित

जापान,चैत,३०-विश्वभरी फैलीरहेको महामारी कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा आईतबार बिहान सम्म १ सय ४३ जनाको मृत्यु भएको छ । एकै दिनमा ११ जनाको निधन भए संगै मृतकको संख्या १४३ पुगेको हो ।   आईबार बिहान सम्म जापानका विभिन्न ठाँउ ईबाराकी,चिबा र क्योउटो केनमा दुई दुई जना यस्तै गुन्मा, आईची, हियोउगो, एहिमे,खानागावा केनमा एक एक जना गरी ११ […]

लकडाउन तत्काल अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाण्डौं,चैत्र,२९-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन तत्काल अन्त्य नहुने बताउनु भएको छ । शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने र नेपाल-भारत सीमानाकामा अझै कडाइ गरिने बताउनु भएको हो। प्रधानमन्त्री ओलीले भावकु कुरा गरेर नहुँने भन्दै लकडाउन […]

जापानमा एकैदिन १२ जनाको मृत्यु, संक्रमितको संख्या ६,८८३ जना पुग्यो

जापान,चैत,२९-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण शनीबार बिहान सम्म १ सय ३२ जनाको मृत्यु भएको छ । एकै दिनमा १२ जनाको निधन भए संगै मृतकको संख्या १३२ पुगेको हो ।   शनीबार बिहान सम्म जापानका विभिन्न ठाँउ ईबाराकी केन,गुन्मा, साईतामा, चिबा,आईची, कुमामोटो केनमा एक एक जना टोक्योमा ४ जना र खानागावा केनमा ३ जना करी १२ […]

जापानमा एकै दिन ६ को मृत्यु, जम्मा कोरोना संक्रमित: ६२५४, मृतक :१२० जना

जापान,चैत,२८-कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा शुक्रबार बिहान सम्म १ सय २० जनाको मृत्यु भएको छ । एकै दिनमा ६ जनाको निधन भए संगै मृतकको संख्या १२० पुगेको हो ।    एकै दिन नयाँ ५९२ जनामा संक्रमित देखिएको छ बुधबारको तुलनामा बिहिबार भने संक्रमितको संख्या र मृतकको संख्या फेरी बढेको छ । अब जापानमा कोरोना भाईरस […]

फुकुओकामा कोरोना संक्रमित २२४ जना, जापानभरी ११४ को मृत्यु

जापान,चैत,२७-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण बिहिबार बिहान सम्म १ सय १४ जनाको मृत्यु भएको छ । एकै दिनमा ५ जनाको निधन भए संगै मृतकको संख्या ११४ पुगेको हो ।    एकै दिन नयाँ ५१० जनामा संक्रमित देखिएको छ मंगलबारको तुलनामा बुधबार भने संक्रमितको संख्या र मृतकको संख्या फेरी बढेको छ । अब जापानमा कोरोना भाईरस […]

जापानमा कोरोना संक्रमित ५ हजार नाघ्यो: मृतकको संख्या १०९ पुग्यो

जापान,चैत,२६-कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा बुधबार बिहान सम्म १ सय ९ जनाको मृत्यु भएको छ । टोकियोमा एक जनाको निधन भए संगै मृतकको संख्या १०९ पुगेको हो ।    एकै दिन नयाँ ३५६ जनामा संक्रमित देखिएको छ मंगलबारको तुलनामा बुधबार भने संक्रमितको संख्या बढेको छ भने, मृतकको संख्या घटेको हो । अब जापानमा कोरोना भाईरस […]

जापानमा कोरोनाका कारण १०८ जनाको मृत्यु: संक्रमीतको संख्या ४७ सय ९६ पुग्यो

जापान,चैत,२५-विश्वभरी फैलीरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा मंगलबार बिहान सम्म १ सय ८ जनाको मृत्यु भएको छ ।एकै दिनमा ४ जनाको ज्यान गए संगै मृतकको संख्या १०८ जना पुगेको हो ।   एकै दिन नयाँ २३६ जनामा संक्रमित देखिएको छ सोमबारको तुलनामा  मंगलवार भने संक्रमितको संख्या र मृतकको संख्या केहि घटेको हो । अब जापानमा कोरोना भाईरस […]

जापानका ७ प्रान्तमा आपतकालीन घोषणा गरिने “लकडाउन भने होईन”

जापान,चैत,२४-जापान सरकारले कोरोना भाईरसको प्रकोप अत्याधीक रुपमा बढेपछि टोकियो सहित अन्य ६ प्रान्तहरुमा मंगलवार बिहानबाट आपतकालिन अवस्था घोषणा गर्ने भएको छ ।  विज्ञहरु संग परामर्श गरेपछि प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन घोषणा गर्ने अवस्था आएको बताउनुभयो ।उहाँले विज्ञहरु संग परामर्श गरेपछि यस्तो निर्णय लिएको जानकारी दिनुभयो ।  उहाँले आपतकालीन घोषणा टोकियो, कानगावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका प्रान्तलाई कम्तीमा […]