काठमाडौं,चैत्र,१८-चैत्र कृष्ण औंशीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट […]
Flash
सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढायो
काठमाडौँ,चैत्र,१७-सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो।यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले भाडा नबढाए आफैं बढाउने चेतावनी समेत दिंदै आएका थिए।रुटगत भाडादर भने आगामी आइतबार प्रकाशित गर्ने विभागले जनाएको छ […]
बिमस्टेकबाट बडापत्र पारित, तीन वटा सम्झौतामा हस्ताक्षर
काठमाडौं,चैत्र,१६-श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचाौ शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको आज (बुधबार) परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गर्नुभएको छ ।बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार […]
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच वार्ता,यी विषयमा भयो कुराकानी
काठमाण्डौं,चैत्र,१५-परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग मंगलवार भेटवार्ता गर्नु भएको छ। बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकका क्रममा खड्काले भारतीय समकक्षीसँग श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता गर्नु भएको हो।बिमस्टेक बैठकको साइडलाइनमा दुई परराष्ट्रमन्त्रीबीच वार्ता भएको हो। यो वार्तामा यही चैत १८ गतेदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले […]
क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट
काठमाण्डौं,चैत्र,१४-क्यानडा ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ। आइतबार भएको उत्तर अमेरिका छनोटमा जमैकालाई ४-० गोलले पराजित गर्दै क्यानडाले यही वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडाले पछिल्लो पटक सन् १९८६ को विश्वकप खेलेको थियो। ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा क्यानडाका लागि बुचानन, लारिन, होइलेट र […]
उठ छोरी,उठ तिम्रो सपना पुरा हुनेछ
काठमाडौं,चैत्र,१४-छोरीलाई घरकी लक्ष्मी, जिवित देवी भनेर अहिले पनि पुजा गर्दै आइरहेका छौ।हाम्रो धर्म,रितिरिवाज चालचलन अनुसार छोरीलाई घरको इच्जत,शोभा हो भन्ने चलन छ।राजा गुणकामदेवले कुमारीलाई जिवित देवीका रुपमा पुजा गर्ने चलन चलाएका हुनाले नै रजश्वला नभएकी शाक्य वंशकी छोरीलाई अझै पनि जिवित देवी अर्थात कुमारी पुजा भनेर गर्दै, पुज्दै र मान्दै आएका छौ।हाम्रो धर्म रितिरिवाजले भगवानका […]
थाइ क्लब चोनबुरी एफसीसँग नेपाल ३-१ गोलले पराजीत
काठमाडौं,चैत्र,१३-नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग पराजित भएको छ । चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई घरेलु टोलीले ३-१ गोल अन्तरले हराएको हो । चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे ।नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । खेलको २४ औं मिनेटमा फान्थामितले गोल गर्दै […]
चिनियाँ विदेशमन्त्री वाङ यी तिन दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौं,चैत्र,१३-तीन दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनु भएको छ । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किनु भएको हो ।उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाई गरेका थिए । शुक्रबार काठमाडौं आउनु भएका विदेशमन्त्री वाङले हिजो समकक्षी डा.नारायण खड्कासँग सिहंहदरबारमा प्रतिनिधिभण्डलसहित भेटवार्ता गर्नुभएको थियो।उहाँले हिजै प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा पुगेर […]
थपिए २३ संक्रमित, २१५ जना संक्रमणमुक्त
काठमाण्डौं,चैत्र,१३-नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८० पीसीआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट मुत्यु हुनेको संख्या शून्य रहेको छ । आइतबार २१५ जना कोरोना संक्रमणमुक्त भएका […]
ओली आतंक बिर्सिन नहुने प्रधानमन्त्री देउवाको भनाई
काठमाडौं,चैत्र,११-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने बताउनु भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको बताउनुभयो। ‘चितवनमा कांग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन।जहिले हारेको हारेइ।कहिले जित्दा पनि जित्दैन’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो,‘ मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको […]





