काठमाडौं,असोज,१७-कोरोना भाइरसका ६ सय ७९ संक्रमित थपिएका छन् । आज (आइतबार) १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ दशमलव २२ प्रतिशतमा संक्रमण देखिएको हो । तर ७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा भने ८.१२ अर्थात् ५ सय ७४ जना संक्रमित पाइएका हुन् । थपिएकामा काठमाडौंका दुई सय २२, मोरङ्गका ६२, कास्कीका ४६, […]
Flash
थप ८६७ जना कोरोना संक्रमित थपिए, १ सय १२ जना भेन्टिलेटरमा
काठमाडौं,असोज,१६-नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ६७ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ५ सय ९८ नमुनाको पीसीआर परीक्षण गर्दा ६ सय ५९ जना र २ हजार ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जना गरी ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]
मनिष डाँगीको सानदार गोल संगै नेपाल संग माल्दिभ्स पराजीत
काठमाडौं,ओसोज,१५-नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे ।परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८५ औं […]
साफ : आज नेपाल र माल्दिभ्स भिड्ने
काठमाडौं,असोज,१५-दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ। मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष […]
देउवा सरकारमा सहभागी हुने सम्भावित १८ मन्त्री यी हुन्
काठमाण्डौं,असोज,१३-प्रधानमन्त्री बनेको साढे २ महिना भइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नु भएको छैन। गठबन्धनबाट बनेको सरकार भएकाले विभिन्न प्राविधिक झन्झट तथा भागबन्डा मिलाउँदा मिलाउँदा देउवा हैरान भएका हुन्। तर गत सोमबार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रिमण्डल विस्तार प्रक्रियाले गति लिएको छ। प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार मन्त्रिमण्डल विस्तारका लागि मिलाउनुपर्ने […]
सुदूरपश्चिमका ७५ मध्ये ५३ पालिकामा देउवाको वर्चस्व
काठमाण्डौं,असोज,१३-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका नौमध्ये आठ जिल्लामा पालिका अधिवेशन सकिएको छ। क्रियाशील सदस्यता विवाद समाधानमा ढिलाइ भएकाले कैलालीबाहेक आठ जिल्लामा कांग्रेसको गाउँ-नगरपालिका अधिवेशन सकिएको हो। अधिवेशन भएका आठमध्ये तीन जिल्लामा संस्थापन पक्षले र एक जिल्लामा इतर समूहले ‘क्लिन स्वीप’ गरेको छ। संस्थापनले प्रधानमन्त्रीसमेत रहेका देउवाको गृहजिल्ला डडेल्धुरा, अछाम र डोटीमा इतर […]
मेस्सीको गोल, पीएसजीसँग म्यानचेस्टर सिटी पराजित
काठमाडौं,असोज,१३-यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे ।घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका […]
आजबाट १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिइने
काठमाडौं,असोज,११-काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइनेछ । खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम […]
वडादशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुल्यो
काठमाडौं,असोज,११-नेपालीहरुको महान चाड वडादसैंको लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । दसैंमा काठमाडौं उपत्यका छोडेर आ आफ्नो थातथलो फर्कनेहरुको लागि टिकट बुकिङ खुलाइएको हो । यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद […]
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाण्डौं,असोज,११-प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ। नयाँ वानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री […]






