नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै

काठमाडौं,बैशाख,३०-नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको प्रयासमा छन् । तर बहुमत नपुग्दा समस्या देखिएको छ । […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त

पोखरा,वैशाख,२९-गण्डकी प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा बुधवार नियुक्त गर्नु भएको हो । यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजिनामा दिनुभएको थियो ।उहाँको राजिनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको […]

अक्सिजन नपाउँदा बुटवलको कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु

बुटवल,बैशाख,२९-रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । आधा घण्टा ढिलो अक्सिजन आपुर्ति हुँदा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको हो । अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । […]

नेपालमा एकैदिन १६८ जनाको मृत्यु,९ हजार २३८ जनामा संक्रमीत थपिए

काठमाडौं,बैशाख,२९-नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २३८ जनामा […]

काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एफसी फाइनलमा प्रवेश

काठमाडौं,बैशाख,२८-धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे ।काठमाडौंका तेज तामाङले एक गोल […]

नेपालमा कोरोनाका कारण २२५ जनाको मृत्यु,९४८३ संक्रमित थपिए

काठमाडौं,बैशाख,२८-देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु भएपनि नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरिएको सहित २ सय २५ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जना मृतक थपिएको मन्त्रालयले जनाएको थियो । […]

ओली पदमुक्त भएपछि दलहरू सरकार गठनको रस्साकस्सीमा

काठमाडौं,बैशाख,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएर पदमुक्त भएपछि नयाँ सरकार गठनका लागि रस्साकस्सी र सांसदहरूको लेखाजोखा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश […]

आज आमाको मुख हेर्ने दिन,कोरोनाका कारण वचनबाटै आमालाई खुशी बनाउदै

काठमाडौं,बैशाख,२८-आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी।वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । यस […]

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौं,बैशाख,२८-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न आज (मंगलबार) विपक्षी दलहरूको बैठक राख्नुहुने भएको छ । कांग्रेसका एक नेताका अनुसार राष्ट्रपतिले दिएको समयसीमाभित्र के कसरी नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेतासहित नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई दिउँसो २ बजे आफ्नै निवास (बूढानीलकण्ठ) […]

नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु, थप ९२ सय ७१ संक्रमित

काठमाडौं बैशाख,२७-नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको थप तथ्याङ्क भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६२३ पीसीआर र ७ सय […]