गृह मन्त्रालयको अपिल : अति आवश्यक नपरी घरबाट ननिस्कनू

काठमाडौं,बैशाख,१७-गृह मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लाका नागरिकलाई अति आवश्यक नपरी घरबाट ननिस्कन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी निषेध आदेश जारी भएका स्थानमा अत्यावश्यकबाहेकका आवागमनमा रोक लगाइएकाले निषेधाज्ञा अवधिभर अति जरुरी नपरी घरबाट ननिस्कन तथा यात्रा नगर्न सम्बन्धित सबैमा अपिल गरेको हो। मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को दोस्रो लहरको […]

कलंकीलाई केन्द्रबिन्दु बनाएर काठमाडौंमा भूकम्प

काठमाडौं,बैशाख,१५-काठमाडौंमा भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार कलंकीलाई केन्द्रबिन्दु बनाएर मंगलबार मध्यराति भूकम्प गएको हो। मंगलबार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।

नेपालमा एकैदिन १८ जनाको मृत्यु, थप ४५ सय २४ जनामा कोरोना संक्रमण

काठमाडौं,बैशाख,१४-नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । सोही अवधिमा १४ हजार ६ सय ७२ जनामा गरिएको पीसीआर परीक्षणमा ४३ […]

कैलाली र कञ्चनपुरमा एक साताका लागि निषेधाज्ञा जारी

कैलाली,बैशाख,१४-कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गएपछि कञ्चनपुर र कैलालीमा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन्। कोरोना संक्रमण र त्यसका कारण मृत्यु बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी […]

नेपाल सुपर लिग:धनगढी एफसीसंग काठमाडौं रेजर्स ३-० ले पराजित

काठमाडौं,बैशाख,१४-फरवार्ड ओलावाले ओलाडिफो आफिज एक्लैले दुई गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित हासिल गरेको छ। काठमाडौको दशरथ रगंशालामा भएको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले पराजित गरेको हो।धनगढी पहिलो खेलमा विरानगर सिटी एफसीसँग ३-० ले पराजित भएको थियो । खेलको १९औं मिनेटमा गोलरक्षक तथा कप्तान विकेश कुथुबाट आत्मघाति गोल […]

नेपाललाई थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने चीनको घोषणा

काठमाडौं,बैशाख,१४-चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गर्नु भएको छ। उहाँले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र प्रदीप ज्ञवाली समेत सहभागी रहेको एक भिडियो कन्फ्रेन्समा उहाँले सो प्रतिबद्धता जनाउनु भएको थियो । नेपाल, अफगानिस्तान, […]

भारतमा कोरोना संक्रमितको मृत्यु दर बढ्दो:पार्कहरु शवदाह गृह निर्माण हुँदै

भारत,बैशाख,१४-भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितबाट बढ्दो मृत्यु दरका कारण दाहसंस्कार गर्ने ठाउंको चरम अभाव देखिएको छ।शव जलाउने ठाउँको अभाव भएपछि सार्वजनिक पार्कहरुमा समेत शवदाह गृह निर्माण गर्न थालिएको छ । कोरोना संक्रमणको घातक दोस्रो छालले सबैभन्दा बढी मार खेपिरहेको दिल्लीमा पार्किंङ स्थल, पार्क वा खाली मैदान, दाहसंस्कारको बढ्दो आवश्यकताका लागि खोजी भईरहेको अधिकारीहरुले जनाएका […]

बाँकेमा संक्रमण भयावह,पोजिटिभिटी दर ७५ प्रतिशत

काठमाडौं,बैशाख,१३-बाँके जिल्लामा कोरोना संक्रमणले भयावह रुप लिएको छ। संक्रमितको ठूलो हिस्सा सिकिस्त हुँदा अस्पतालका बेड भरिभराउ भएका छन्।जिल्लामा हाल २ हजार ४०८ सक्रिय संक्रमित छन्। शनिबारमात्रै ४५४ जनाको परीक्षण हुँदा ३४३ जनामा संक्रमण पुष्टि भएको थियो। भेरी अस्पताल नेपालगञ्जमा रहेका २०३ संक्रमितमध्ये ६८ जना सिकिस्त रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ। यस्तै […]

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द

काठमाडौ,बैशाख,१२-बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सेवा बन्द भएका छन् ।अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका हुन् । कर्मचारीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।अस्पताल प्रशासनले सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ । बिरामीलाई […]

भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए

काठमाडौं,बैशाख,१२-भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे ३ लाख कोरोना-संक्रमित थपिएका छन्।भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको थिएन। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै यस अवधिमा २ हजार ७ सय ६० संक्रमितको […]