बाँके,बैशाख,२१-नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड -१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको छ। कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरूको अनुगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहाँका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र अन्य कर्मचारीहरूले खेलेको भूमिकाको […]
Flash
घोषणामै सीमित जोखिम भत्ता,पहिलो चरणकै भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो
काठमाडौं,बैशाख,२१-कोरोना संक्रमण महामारीको बेला अग्रमोर्चामा खटिनेहरूलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयन हुनेमा शंका गर्न थालिएको छ । कोरोना महामारीको पहिलो लहरका बेला ज्यान हत्केलामा राखेर खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई शतप्रतिशत जोखिम भत्ता दिने सरकारी प्रतिबद्धता कार्यान्वयन हुन नसकेको तीतो यथार्थताले आशंका उब्जाएको हो । कुरा गर्ने, काम नगर्ने […]
राष्ट्रपति असभ्य राजनीतिको मतियार बन्नु दुर्भाग्य : गगन थापा
काठमाडौं,बैशाख,२१-नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको असभ्य राजनीतिक चरित्रको मतियार भएको आरोप लगाउनु भएको छ। मंगलबार राष्ट्रपतिले सरकारको सिफरिसमा सात वटा अध्यादेश जारी गरेको प्रसंग उल्लेख गर्दै थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्ने कदमलाई ‘अराजनीतिक र संविधानको मर्म विपरित’ भनेर टिप्पणी गर्नु भएको छ […]
ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय
काठमाडौं,बैशाख,२१-नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।माओवादीले समर्थन फिर्ता लिएको पत्र भोलि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भएको छ।माओवादीको यो निर्णयलाई कतिपयले ‘लगनपछिको पोते’को संज्ञा दिएका छन् । यसैगरी प्रतिनिधिसभाको […]
संसदमा ओलीविरुद्ध मतदान गर्ने कांग्रेसको निर्णय
काठमाडौं,बैशाख,२१-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा मतदान गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा २७ गते ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले ओलीको कदम षड्यन्त्रपूर्ण रहेकाले त्यसलाई असफल पार्ने […]
नेपालमा कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु,७ हजार ६६० जना संक्रमित
काठमाडौं,बैशाख,२१-कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो । यसअघि एकदिनमा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा […]
एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितीको ७ औं अधिबेशन जेठमा
फुकुओका,जापान,बैशाख,२१-आसन्न एन आर एन ए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको ७ औं अधिबेशन जेठ महिनामा हुने भएको छ। अधिवेशनको तयारी तिब्र रुपमा भैईरहेको संघले जनाएको छ। ७ औं अधिवेशनको अन्तिम मिती यहि जेठ २२ गते शनिबार सम्म तोकिएको छ । निर्वाचन भने जेठ २५ गते अर्थात (जुन ८ तारिख)का दिन योसिजुका स्टेसन नजिकै रहेको फुकुओका केन चियु सो किगो सिन्को सेन्टर […]
उपत्यकामा मात्रै सेनाद्वारा १७ सय ६४ कोरोना संक्रमितको शव व्यवस्थापन
काठमाडौं,बैशाख,२०-नेपाली सेनाले उपत्यकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु भएका १ हजार ७ सय ६४ जनाको शव व्यवस्थापन गरेको छ। सैनीक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार गतवर्ष जेठदेखि वैशाख २० गतेसम्ममा सो संख्यामा शव व्यवस्थापन गरेको हो। सुरुमा विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्दै आएको सेनाले पछिल्ला समय मृतकको संख्या बढ्दै गएपछि वागमती किनारमा चिता बनाएर […]
सोमबार मध्यरातिदेखि आन्तरिक, बुधबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने
काठमाडौं,बैशाख,१९-सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो। सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ। यसअघि आइतबार […]
नेपालमा एकैदिन ५ हजार ७६३ जना कोरोना संक्रमित , १९ जनाको मृत्यु
काठमाडौं,बैशाख,१८-नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४९५ जना संक्रमित थपिएका छन् ।जसमध्य […]







