काठमाडौं,चैत्र,५ –नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताउनुभएको छ । बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो । ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना […]
Flash
नेपालमा थप ९४ कोरोना संक्रमित, ५५ जना संक्रमणमुक्त
काठमाडौं,चैत,४- नेपालमा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ८१ जनाको पीसीआर परीक्षण गराउँदा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा ५५ […]
एमाले नेपाल समूहको तयारीःओलीलाई हटाएर कार्यवाहक नेतृत्वसम्म लिने (दस्तावेजसमेत)
काठमाडौं,चैत,४-नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्ने भएको छ । जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको छ । नेपाल पक्षले कार्यकर्ता भेलामा वितरण गरेको दस्तावेजको १३ सूत्रीय कार्यनीतिमा यो विषय उल्लेख गरिएको छ । ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो समूहको प्रतिवेदन पेश गर्दै नेता […]
फेरि पनि संसद विघटन हुनसक्छ : प्रधानमन्त्री ओली
काठमाडौं,चैत,३-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद चल्ने अवस्था नभए फेरि पनि संसद विघटन हुने चेतावनी दिनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन पनि सही भएको भन्दै अब पनि सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभए विघटन गरेर चुनावमा जानुको विकल्प नरहने […]
मन्त्री फर्काउन माओवादीले बनायो कार्यदल, भेटेरै छलफल गर्ने
काठमाडौं,चैत ३-पार्टी छाडेर एमाले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता ल्याउन नेकपा माओवादी केन्द्रले कार्यदल नै बनाएको छ। आज बसेको संसदीय दलको बैठकले तीन सदस्यीय कार्यदल बनाएको नेता वर्षमान पुनले जानकारी दिनुभयो। पार्टीले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको हो। ‘पार्टी छाडेर सरकारमा गएका मन्त्रीहरुलाई हामीले पत्र पठाएका छौं। स्थायी […]
सिन्धुलीमा जीप दुर्घटना : ४ को मृत्यु, ७ जना घाइते
सिन्धुली,चैत ३-सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ । सिन्धुलीमाढीबाट यात्रु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो जीप कमलामाई नगरपालिकाको फेदीमा दुर्घना भएको हो । मृतकहरुको सनाखत भएको छैन ।दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
नेपालमा ११४ जना कोरोना संक्रमित थपिए
काठमाडौं,चैत ३-नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७९० जनामा पिसिआर परिक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित संक्रमणमुक्त भएका छन् […]
देउवाको उदासीनता रहस्यमय छ-रामचन्द्र पौडेल
काठमाडौं,चैत्र,३-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय भएको टिप्पणी गर्नुभएको छ । प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पौडेलले कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताउनुभएको हो । नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै पौडेलले राष्ट्रिय–अन्तर्राष्ट्रियजगतबाट नेपाललाई […]
धम्कीको भाषा नबोल्नुस्,आँशु चुहाउने पनि नहोलान्ने-नेता योगेश भट्टराई
काठमाडौं,चैत्र,३-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न आग्रह गर्नुभएको छ । बिहीबार र शुक्रबार माधवकुमार नेपाल पक्षले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले धम्कीको भाषाले आफैँलाई सिध्याउने भन्दै त्यस्ता भाषा नबोल्न आग्रह गर्नुभयो । भट्टराईले अहिलेको अवस्थामा विवेकसंगत […]
राष्ट्रपतिद्धारा सर्वदलीय बैठक आह्वान,बैठक अपरान्ह ४ बजे बस्ने
काठमाडौं,चैत,३-राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज (मंगलबार) शीतल निवास (राष्ट्रपतिको कार्यालय) मा सर्वदलीय बैठक बस्दै छ। देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै (सोमबार) पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गर्नु भएको थियो । आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आउन भनिएको जनता समाजवादी पार्टीका संघीय […]




