काठमाडौं,चैत,९-राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ ।राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत बंगलादेश प्रस्थान गर्नुभएको हो । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उहाँ बंगलादेश जानुभएको हो ।राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ […]
Flash
सभा, गोष्ठी र भीडभाड हुने व्यवसाय नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं,चैत,८-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि अनुरोध गरेको छ । केही हप्तादेखि छिमेकी देश विशेषगरी भारतमा कोरोनाको संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती गतिविधिहरु नगर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले आफूहरुले निर्देशन दिन नसक्ने भएकाले सबैमा […]
एमाले संसदीय दल बैठकः विधान पारित, बोर्ड २९ सदस्यीय र गुटमा लाग्नेलाई स्पस्टीकरण
काठमाडौं,चैत्र,७-नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसहित पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको छ । विधानमा संविधान, एमालेको विधान र संसदले पास गरेको राजनीतिक […]
इन्धनको मूल्य वृद्धि भएसँगै फेरी हवाई भाडा बढ्यो
काठमाडौं,चैत्र,६-नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै फेरी हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जानकारी दिएको छ । संघले शुक्रवार विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ […]
नेपालमा पुन: कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन १२५ जना थपिए
काठमाडौं,चैत ६-नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै,पछिल्लो १२३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको […]
संसद्मा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर, प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौं,चैत्र,६-प्रतिनिधिसभाको बैठकमा सत्तापक्षी र प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एवं सत्तापक्ष माओवादी केन्द्रका सांसदहरूले ओलीको राजीनामा माग गरेका हुन् । बैठकमा बोल्दै कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिसकेपछि विघटनको सिफारिस गर्ने प्रधानमन्त्री ओलीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त […]
नयाँ महान्यायाधिवक्तामा बडाललाई सिफारिस
काठमाडौं,चैत,६-नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ। प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुहुने छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए । पछिल्लो […]
प्रतिनिधिसभा बैठक : शुक्रबारका लागि दुईवटा कार्यसूची तय
काठमाडौं,चैत्र,५-प्रतिनिधिसभाको सातौं अधिवेशनको चौथो बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । शुक्रबार १ बजे बस्ने बैठकका लागि दुईवटा कार्यसूची तय गरिएको हाे । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । राष्ट्रियसभाका पूर्वसदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची […]
एमाले थप संकटमाःदुवै पक्ष आ-आफ्नै अडान,बामदेवको मिलाउन जोड
काठमाडौं,चैत्र,५-नेपाल कम्युुनिष्ट पार्टी (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षले समानान्तर कमिटी विस्तारदेखि गुटगत भेलालाई निरन्तरता दिन थालेपछि पार्टी एकता थप संकटमा पर्दै गएको छ । दुवै पक्षका नेताहरू एकअर्को विरुद्ध दोषारोपणमा उत्रिएका छन् । संस्थापन पक्षले नेपाल पक्षलाई आत्मालोचनासहित पार्टीमा फर्कन शर्त राख्दा नेपाल पक्ष पनि ओलीले गरेका निर्णय बदर हुनुपर्ने अडानमा छ […]
७ गते गुटको भेला हो, हामी जाँदैनौं-योगेश भट्टराई
काठमाडौं,चैत्र,५-नेकपा एमालेको असन्तुष्ट पक्षका प्रचार विभागका प्रमुख योगश भट्टराईले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने बताउनुभएको छ ।बिहीबार कार्यकर्ता भेला समापन पछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले ७ गते गुटको भेला भएकाले आफूहरू नजाने बताउनुभएको हो । ‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उहाँले भन्नुभयो, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, […]




