माओवादी केन्द्रको निर्णय: चैत १ गते केन्द्रीय समिति बैठक र २ गते प्रशिक्षण कार्यक्रम गर्ने

काठमाडौं,फागुन,२५-नेकपा माओवादी केन्द्रको मंगलबार दिउँसो बसेको स्थायी समिति बैठक सकिएको छ।   पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले चैत १ गते केन्द्रीय समिति बैठक र चैत २ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ।   केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले भन्नुभयो, ‘चैत १ गते केन्द्रीय समिति र २ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने […]

एमाले र माओवादी केन्द्रले आधिकारिकता पाउने

काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतको फैसलापछि विधिवत रुपमा अलग भएका नेकपा एमाले र माओवादी केन्द्रलाई बैधानिकता दिन निर्वाचन आयोगले आजदेखि प्रक्रिया थाल्दैछ । सर्वोच्चले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि केपी ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपाको बैधानिक हैसियत सकिएको छ । दुबै समूहले अब साविकको नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूताउने कसरत थालिसकेका छन् । यसैको सहजिकरण […]

धुम्बाराही केन्द्रीय कार्यालयमा एमालेको बोर्ड राखियो

काठमाडौं,फागुन,२५-काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड टाँगिएको हो। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपाको वैधानिकता खारेज गरिदिएको पर्सिपल्ट आज केन्द्रीय कार्यालयमा बोर्ड परिवर्तन गरिएको हो।

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । एकतापूर्वकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे दलहरुले आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल थालेका हुन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता […]

आज नेकपाको अन्तिम बैठक: के के कुरा भए

काठमाडौं,फागुन,२४-साविक नेकपाको प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताउनुभयो। नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा अघि साँझ सम्पन्न स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार अब एमाले र माओवादी केन्द्रकै रूपमा अलग्गिने निर्णय गरेपछि प्रवक्ता श्रेष्ठले नेकपाको बैठक यो नै अन्तिम भएको बताउनुभयो। अन्तिम बैठक पछि नारायणकाजीको भनाइ यस्तो छ […]

प्रधानमन्त्री ओलीलाई फेरी धर्मसंकट: माधव समुह सुरक्षित

काठमाडौं,फागुन,२४-सर्वोच्च अदालतको फैसलासँगै नेकपा पार्टीको विघटन हुने र तत्कालीन नेकपा-एमाले र नेकपा (माओवादी केन्द्र) नै कायम रहने भएपछि धेरै कुराहरु व्यापक रुपमा हेरफेर हुने भएका छन्। फैसलाका कारण सबैभन्दा अप्ठेरोमा माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरु परेको बताइएको थियो।उनीहरुले सोमबार दिउँसो आपसी छलफल गरी अदालतको फैसलालाई सम्मान गर्दै एमालेमै रहने र त्यहिँ संघर्ष गर्ने निष्कर्ष […]

आज अन्तराष्ट्रिय महिला दिवस

काठमाडौं,फाल्गुन,२४-आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस।हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ । नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विविध कार्यक्रम गरेर मनाउने गरिएको छ।यस पटकको महिला दिवसको नारा ‘महिला नेतृत्व : कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ । […]

सर्वोच्चले थप अन्योल सिर्जना गर्‍यो, हाम्रो पार्टी सत्ताको खेलमा छैन: बाबुराम

काठमाण्डौं,फाल्गुन,२३-जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले थप अन्योल सिर्जना गरेको बताउनुभयो। सरकारले बहुमत गुमाएको भन्दै उनले नयाँ सरकार गठन प्रक्रिया स्वतः बढ्नुपर्ने जिकिर गर्नुभयो। साथै भट्टराईले आफ्नो पाटीले सरकारको दाबी नगर्ने र सत्ताको खेलमा नरहेको बताउनुभयो।

सरकार अल्पमतमा पर्‍यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कमल थापा

काठमाडौं,फागुन,२३-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको पछिल्लो फैसलासँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताउनु भएको छ। सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई मान्यता दिने निर्णय गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइदिएपछि थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले प्रधानमन्त्रीसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प रहेको बताउनुभयो।उहाँले यस्तो अवस्थामा […]

वैधता नभएको सरकारले आफैँ प्रस्ताव राख्न मिल्दैन: भिम रावल

काठमाडौं,फाल्गुन,२३-नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले सरकार अवैध भएको बताउनु भएको छ।आइतबारको संसद् बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘सर्वोच्चको अदालतको निर्णयपछि प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठिसकेको छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार वैधता नभएको उहाँले आरोप लगाउनुभयो। ‘सरकार र प्रधानमन्त्रीको स्थिति स्पष्ट हुनुपर्छ। आफैँले हत्या गरेको संसद्‍मा आफैँले प्रस्ताव गर्न मिल्दैन। […]