एनपिएल : आज २ खेल हुदैँ, चितवन राईनोज र कर्णाली याक्स बिच हुने

टोकियो,मंसिर,२-दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज मंगलवार २ खेल हुदैँ छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेलमा चितवन राईनोज र कर्णाली याक्स बिच हुनेछ।खेल नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेट जादा सुरु हुनेछ। यसैविच :प्रतियोगीताको तेस्रो खेलमा भने बेलुकि ४ बजे बिराटनगर किंग्स र पोखरा एभेञ्जर्स भिड्ने […]

एनपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी

टोकियो,मंसिर,१-आज देखि सुरु भएकोदोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उद्‌घाटन खेलमा काठमाडौं गुर्खाज विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार साँझ सम्पन्न भएको खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो। टस जितेर बलिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट […]

सिद्धार्थ बैंक एनपिएल आज देखि सुरु, उद्घाटन खेलमा जनकपुर बोल्ट् र काठमान्डु गोर्खाज भिड्ने

टोकियो,मंसिर,१-दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आज देखि सुरु हुदैँ छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता हुन लागेको हो। सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट् र काठमान्डु गोर्खाज दिउँसो चार बजे भिड्ने छन्। फ्लडलाइटमा हुने खेल […]

टी-२० विश्वकप : यूएईमाथी नेपालको १ रनको रोमाञ्चक जित

टोकियो,असोज,२६-नेपालले आज यूएईलाई एक रनले जितेको छ। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको आज आईतबार भएको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको हो। पहिले नेपालले टस जितेर यूएईलाई बलिङको लागि निम्तो दिएको थियो। नेपालले पहिले ब्याटिङ गर्दै ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० […]

मगर संघ जापानको अध्यक्षमा भिक्टर ठाडा मगर निर्बाचित

टोकियो,असोज,२५-नेपाल मगर संघ जापानको २२औं अधिबेशनबाट भिक्टर ठाडा मगर अध्यक्षमा सर्बसम्मत निर्बाचित हुनु भएको छ। जापानको टोकियोमा सम्पन्न अधिबेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै निवर्तमान महासचिव भिक्टर ठाडा मगरलाई अध्यक्षमा चयन गरेको हो। संस्थाको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रित राना मगर चयन हुनु भएको छ।यस्तै संस्थाको उपाध्यक्षहरुमा रमेश राना मगर, लोक बहादुर रोका मगर, भिम श्रिस […]

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर मनाइदै

काठमाडौं,असोज,१६-नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन। मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ।रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ।दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका लगाउने उत्तम साइत नेपाली समय अनुसार बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग […]

नागोया नेप्लिज फुटबल क्लबले नोभेम्बर एकमा फुटसल टुर्नामेण्ट गर्ने

टोकियो,असोज,१५-नागोयामा फुटसल टुर्नामेण्ट हुने भएको छ। नागोया नेप्लिज फुटबल क्लब (NNFC) ले प्रवासमा रहेका फुटबल खेलप्रमी नेपाली समुदायमा फुटबल खेल मार्फत भाईचाराको सम्बन्धलाई अझ प्रगाढ राखौं भन्ने मुख्य उद्देश्यका साथ फुटसल टुर्नामेण्टको आयोजना गर्न लागेको क्लवका अध्यक्ष रोशन गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।  उहाँका अनुसार नागोयामा रहेको नेपाली रेष्टुरेण्ट नेपाल स्टेशनका मालिक सागर ढकाल ज्यूले […]

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की

काठमाडौं,भदौ,२७-नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाए संगै देशले पहिलो महिला नेतृत्व पाएको हो। राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीले प्रधानमन्त्रीको शपथ लिएका हुन्।यो सँगै उहाँ देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुग्नु भएको छ।यस अघि कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रच्नु भएको थियो। प्रधानन्याधीशबाट अवकाशको करिब […]

नेपाल मगर संघ जापानको २२ औं महाधिवेशन अक्टोवरमा हुने

टोकियो,भदौ,२२-नेपाल मगर संघ जापानको २२ औं  केन्द्रीय महाधिवेशन आउदो अक्टोबर ११ तारिख शनिबारका दिन हुने भएको छ। संघले आफ्नो २१ औं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै टोकियो स्थित ईकेबुकुरोमा रहेको तोशिमा वार्ड प्रदर्शन कला केन्द्रको सभाहलमा अधिवेशन गर्न लागेको हो। सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ […]

गुन्मामा हुने संयुक्त नेपाल फेस्टिवलको तयारी पुरा

गुन्मा,जापान,भाद्र,१५-जापानको गुन्मामा नेपाल फेस्टिवल हुन लागेको छ।गुन्मा प्रिफेक्चरको ओइजुमी माचीमा आउँदो सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना हुने “संयुक्त प्रथम नेपाल फेस्टिवल २०२५” भव्य तयारीका साथ अन्तिम चरणमा पुगेको छ। “अनेकतामा एकता, नेपाली कला, संस्कृत र पहिचानलाई विश्व समुदायमाझ चिनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा सहित आयोजना गर्न लागिएको यस महोत्सव सुरु हुन अब […]