गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,असार,७-गण्डकी प्रदेशमा आज बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण […]

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

काठमाडाैँ,असार,७-आज आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्नेछ ।मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाॅंले बताउनुभयो। शास्त्रीय मान्यताअनुसार शनिबार […]

सडकमा लम्पसार परेर सरकार विरुद्ध प्रदर्शन, प्रधानमन्त्री ओलीलाई ब्यङ्य

काठमाडौं,असार,६-काठमाडौंका सडकमा सरकार विरोधी प्रदर्शन जारी छ । शनिबार पनि शान्तिपूर्ण प्रदर्शन भएको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले काठमाडौंस्थित शहिद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका हुन । उनीहरुले सरकारले कोरोना नियन्त्रणमा सरकारले प्रभावशाली काम गर्न नसकेको भन्दै मृत्युको अभिनय गरेर सडकमै सुतेका हुन । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा […]

नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपा निर्णय

काठमाण्डौं,असार,६-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने  निर्णय गरेको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपालीसँग बिहे गर्ने  विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हाे। नेपालीसँग विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि […]

विदेशमा ज्यान गुमाएका २० जना नेपालीको शव आज ल्याईदै

काठमाण्डौं,असार,५-कतारमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव शुक्रबार आज ल्याईदैछ । ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बताइएको छ । कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो […]

राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण नयाँ नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं,असार,४-नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो । निशान छापमा लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपति समक्ष पेश गरिएको थियो । प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय […]

न्युजील्याण्डको उत्तरपूर्वमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गयो

एजेन्सी,असार,४-न्युजील्याण्डमा शक्तीशाली भुकम्प गएको छ । यूएसजीएसका अनुसार बिहिबार न्युजील्याण्डको उत्तरपूर्वमा कम्तिमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गएको जनाएको छ । यो केर्माडेक टापुको दक्षिणमा करीव ३३ किलोमिटरको गहिराईमा पराकम्प गएको हो । अष्ट्रेलियाको मौसम विज्ञान विभागले अष्ट्रेलियाली मुख्य भूमि, टापु वा त्यस क्षेत्रहरुमा सुनामीको कुनै खतरा नभएको जनाएको छ । एनजेड राष्ट्रिय आपातकालीन व्यवस्थापन एजेन्सीले यो शक्तीशाली भुकम्पले न्यूजील्याण्डमा सुनामीको कुनै […]

एकैदिन ६,७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७,८४८ पुग्यो

काठमाडौं,असार,४-नेपालमा एकैदिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो। यो सँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर […]

राष्ट्रियसभाबाट लिम्पियाधुरासहितको नक्शा सर्वसम्मत पारित

काठमाडौं,असार,४-राष्ट्रिय सभाले नक्शासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । बाँकी सबै मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान […]

युभेन्टसलाई पराजित गर्दै कोपा इटालियाको उपाधि नेपोलीलाई

एजेन्सी,असार,४-युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोपा इटालियाको उपाधि जितेको छ।बुधबार राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै कोपा इटालियको उपाधी जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपोलिका लागि लोरेन्जो, माटियो पोलिटानो, निकोला म्याक्सिमोविच र अरेक मिलिकले गरे । […]