काठमाडौं,जेठ,१३-सुर्खेत जिल्लामा मंगलबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो। यसअघि सुर्खेतका […]
Flash
जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली
काठमाडौं,जेठ,१२-प्रधानमन्त्री केपी ओलीले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताउनु भएको छ । सोमबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशमा २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार गरिएको बताउनु भएको थियो । ओलीले क्वारेन्टीनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका […]
नेपालमा कोरोना संक्रमितको संख्या ६८२, चारजनाको मृत्यु, १११ ‘डिस्चार्ज’
काठमाडौं,जेठ,१२-नेपालमा सोमबार थप ७८ जनामा कोरोना संक्रमण देखिएको छ । अछाममापहिलो पटक संक्रमित देखिएका छन् ।संक्रमित फेला परेका अन्य जिल्लाहरुमा कपिलवस्तु, रौतहट, सप्तरी, धनुषा, बारा, बाँके, बर्दिया, दैलेख र काठमाडौं रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटमा २६, बारामा २५, धनुषा, कपिलवस्तु र काठमाडौंमा तीन/तीनजनामा संक्रमण देखिएको बताए । यस्तै, […]
नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो
काठमाडौं,जेठ,११-नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ । काठमाडौंमा एक जनासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संक्रमित थपिएका हुन् । आइतबार थपिएकामा काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, मोरङ १, बारा १, पर्सा ३, रौतहट १, […]
कर्मचारीको तलब यसवर्ष नबढ्ने, महंगी भत्तालगायत अन्य सुविधा बढाउन माग
काठमाडौं,जेठ,११-सरकारी कर्मचारीको तलब यसबर्ष बृद्धि नहुने भएको छ । कोरोना भाइरसको महामारी र लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएकाले यसबर्ष सरकारी कर्मचारीको तलब बृद्धि लगभग नहुने भएको हो । हरेक दुई वर्षमा कर्मचारीको तबल पुनरावलोकन हुने प्रावधान अनुरुप गत वर्षको बजेटमा तलब बृद्धि गरिएकाले यसबर्ष त्यस्तो संभावना नभएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ तर यता कर्मचारी संगठनहरुले […]
विश्वभर कोरोना भाइरसबाट १ सय १७ नेपालीको मृत्यु, १२ हजार ८ सय ११ मा संक्रमण
काठमाडौं,जेठ,११-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार […]
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, ५४८ जना संक्रमित
काठमाडौं,जेठ,१०-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ । नयाँ थपिएका संक्रमितमा सर्लाही गोडैता र कविलासी नगरपालिकाका १३ जना, कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जना र रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना रहेका छन् । यसैगरी बारा करैयामाई गाउँपालिकाका १ जना, काठमाडौंका १ जना, चितवन भरतपुर […]
संविधान संशोधन गर्ने सरकारको प्रस्तावमा कांग्रेसले ‘साथ दिने
काठमाडौं,जेठ ९-प्रमुख प्रतीपक्ष दल नेपाली काग्रेसले संविधान संशोधनमा साथ दिने भएको छ।नयाँ नक्सालाई देशको मूल कानुनअनुकूल बनाउन संसद सचिवालयमा शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता भएको थियो । सरकारी प्रस्ताव पारित हुन संसदमा दुईतिहाइ मत चाहिन्छ । जसका लागि प्रमुख विपक्षी दलहरुको सहयोग अपरिहार्य छ ।विपक्षी दलहरुले भने यही मौकामा संविधान संशोधनका लागि सर्त राख्ने रणनीति बनाएका छन् ।भारतबाट […]
नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित
काठमाडौँ,जेठ,९-सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले मन्त्रीस्तरीय निर्णयबाट नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न […]
नेपालमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ७ पुग्यो
काठमाडौं,जेठ,९-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप २० जनामा कोरोना संक्रमण भएको पेष्टि भएको छ ।यो संगै संक्रमितको संख्या ५ सय ७ सय पुगेको छ । अहिलेसम्म ७० जना डिस्चार्ज र ३ जनाको मृत्यु भएको छ । यस्तै:बाँकेको खजुरास्थित […]



