काठमाडौं, मंसिर,१४- प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन हुँदैछ ।उपनिर्वाचन हुने सबै जिल्लामा आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने आयोगले जनाएको छ ।३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा […]
Flash
‘सरकार नै विद्यार्थीलाई निजी विद्यालयमा पढ्न प्रोत्साहित गर्छ’
काठमाण्डौं,मंसिर,१४- सरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको चर्को नारा लगाइरहेको बेला सरोकारवालाहरुले भने सरकार सार्वजनिक विद्यालको गरिबीकरणतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।शुक्रवार राजधानीमा एजुकेशन इन्टरनेशनलले गरेको शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अवस्था : प्रभाव र न्यूनिकरण विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले यस्तो बताएका हुन् । विगतदेखि सामुदायिक विद्यालय मर्ज र बन्द गर्दै गएपनि नयाँ विद्यालय नखोलेको भन्दै सरोकारवालाहरुले सरकार […]
‘साग’को टिकट ‘इसेवा’बाट लिन सकिने
काठमाडौं,मंसिर,१२- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ ।सोअनुसार दर्शकले इसेवाबाट टिकट पाउनेछन् । सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको हो ।इसेवाका सीइओ रोशन लामिछानेले टिकट अनलाइनबाटै लिनुपर्ने बताउँदै यसबाट सुरक्षा संवेदनशीलता र पारदर्शी हुने बताउनुभयो । टिकट बिक्रीको रकममध्ये १५ प्रतिशत इ–सेवाले […]
‘साग’ खेलकुदका लागी खेलाडी आइसके, दशरथ रंगशाला बन्दै
काठमाडौं,मंसिर,१०- १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन्। नेपालको हावापानीसँग घुलमिल हुन […]
सरकारसंग नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेस नेता विश्वप्रकाशको माग
कास्की,मंसिर,९- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई तत्काल नेपालको नक्सा सार्वजनिक गर्न माग गर्नु भएको छ ।नेपाल प्रेस यूनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले तीन दिनभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर सरकारले नक्सा सार्वजनिक गर्न नसक्ने हो भने प्रतिपक्षीलाई त्यसको जिम्मा दिन आग्रह गर्नुभयो । प्रवक्ता शर्माले शनिबार पोखरामा पार्टी सभापति […]
उपनिर्वाचनका लागि मतपत्र पुर्याइयो : आयोग
काठमाण्डौं,मंसिर,९- मंसिर १४ मा हुने उपनिर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ । निर्वाचन आयोगले आइतबार जनाएअनुसार नेपाली सेनाले मतपत्र र मतदाता परिचयपत्र उपनिर्वाचन हुने ३७ जिल्लामध्ये सुगम स्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरबाट ढुवानी गरी पुर्याएको हो । संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मा सेनालाई […]
‘साग’का लागी १६ हजार सुरक्षा खटिने
काठमाण्डौं,मंसिर,९- यहि मंसिर १५ देखि २५ गतेसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा गृह मन्त्रालयले सुरक्षाका लागि १६ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तय गरेको छ । विमानस्थलदेखि होटल र होटलदेखि खेल आयोजना स्थलसम्म खेलाडी, पदाधिकारी, दर्शक र अन्य पाहुनाको सुरक्षा व्यवस्थासहित कार्ययोजना तय गरिएको गृहले जनाएको छ । सागमा पनि गृह मन्त्रालयले सेनासहितको सुरक्षा व्यवस्था हुने […]
‘साग’का चार खेलको लागी टिकट मूल्य निर्धारण
काठमाडौं,मंसिर,९- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य निर्धारण गरेको छ ।राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो । सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।यस्तै, भलिबल र बास्केटबलको […]
ड्राफ्ट हेरेर कालापानीबारे भारतलाई पत्र पठाइएका छौ : प्रचण्ड
काठमाडौं,मंसिर,७- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताउनु भएको छ ।बाग्लुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको बताउनुभयो। उहाँले सुस्ता र कालापानीको समस्या जटिल र गम्भीर रहेको भन्दै यस विषयमा राष्ट्र एकताबद्ध रहेको बताउनुभयो ।सीमा मिचिएको बेलामा सरकारले […]
प्रधानमन्त्री रोजगार,परिमार्जन सहित कार्यक्रमको तयारी
काठमाण्डौं,मंसिर,७- सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरेर यो वर्षको कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले कार्यक्रम […]
