काठमाडौं,मंसिर,४-दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ सम्पन्न भएको खेलमा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो। लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाएका थिए।उनले २४ बलमा […]
Flash
नेपालमा हुने आगामी निर्वाचनमा भाग लिने राजनीतिक दलको संख्या ३३ पुग्यो
काठमाडौं,मंसिर,४-नेपालमा हुने आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता हुने दलको संख्या ३३ पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार बुधबारसम्म २५ वटा दल दर्ता भएकोमा बिहीबार थप ८ दल दर्ता भएका हुन्। बिहीबार दर्ता हुने दलमा निरबहादुर श्रेष्ठ नेतृत्वको जनप्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया नेतृत्वको विकासशील जनता […]
एनपीएल : आज लुम्बिनी लायन्स र चितवन राईनोज भिड्ने
टोकियो,मंसिर,४-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहिवार १ खेल हुने छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा लुम्बिनी लायन्स र चितवन राईनोज भिड्ने छन्। खेल नेपाली समय अनुसार अपरान्ह ४ बजे सुरु हुनेछ।आज हुने खेलमा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल खेल्दै छ भने चितवन राईनोजले दोस्रो खेल खेल्न […]
टोकियोमा हजारौं दर्शकमाझ गुञ्जीयो नेपथ्य
टोकियो,मंसिर,२-जापानको राजधानी टोकियोमा चर्चित लोकरक ब्याण्ड नेपथ्यले सांगीतिक कन्सर्ट गरेको छ। हजारौंको संख्यामा उपस्थित दर्शकलाई नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत मनोरञ्जन प्रदान गरेका हुन्। मंगलबार बेलुकी टोकियो स्थित टोकियो डमको तोयोसु पिट हलमा दुईवटा म्युजिक भिडियो र १६ वटा गीत गाएर दुई घन्टा भन्दा बढी अवधि प्रस्तुति दिएका थिए। कन्सर्टको सुरुवातमा नै ‘घिनिनिनि, तिनिनिनि, तिनिनिनि ,घिनिनिनि’ […]
एनपिएल : आज २ खेल हुदैँ, चितवन राईनोज र कर्णाली याक्स बिच हुने
टोकियो,मंसिर,२-दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज मंगलवार २ खेल हुदैँ छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेलमा चितवन राईनोज र कर्णाली याक्स बिच हुनेछ।खेल नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेट जादा सुरु हुनेछ। यसैविच :प्रतियोगीताको तेस्रो खेलमा भने बेलुकि ४ बजे बिराटनगर किंग्स र पोखरा एभेञ्जर्स भिड्ने […]
एनपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
टोकियो,मंसिर,१-आज देखि सुरु भएकोदोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौं गुर्खाज विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार साँझ सम्पन्न भएको खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो। टस जितेर बलिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट […]
सिद्धार्थ बैंक एनपिएल आज देखि सुरु, उद्घाटन खेलमा जनकपुर बोल्ट् र काठमान्डु गोर्खाज भिड्ने
टोकियो,मंसिर,१-दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आज देखि सुरु हुदैँ छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता हुन लागेको हो। सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट् र काठमान्डु गोर्खाज दिउँसो चार बजे भिड्ने छन्। फ्लडलाइटमा हुने खेल […]
टी-२० विश्वकप : यूएईमाथी नेपालको १ रनको रोमाञ्चक जित
टोकियो,असोज,२६-नेपालले आज यूएईलाई एक रनले जितेको छ। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको आज आईतबार भएको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको हो। पहिले नेपालले टस जितेर यूएईलाई बलिङको लागि निम्तो दिएको थियो। नेपालले पहिले ब्याटिङ गर्दै ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० […]
मगर संघ जापानको अध्यक्षमा भिक्टर ठाडा मगर निर्बाचित
टोकियो,असोज,२५-नेपाल मगर संघ जापानको २२औं अधिबेशनबाट भिक्टर ठाडा मगर अध्यक्षमा सर्बसम्मत निर्बाचित हुनु भएको छ। जापानको टोकियोमा सम्पन्न अधिबेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै निवर्तमान महासचिव भिक्टर ठाडा मगरलाई अध्यक्षमा चयन गरेको हो। संस्थाको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रित राना मगर चयन हुनु भएको छ।यस्तै संस्थाको उपाध्यक्षहरुमा रमेश राना मगर, लोक बहादुर रोका मगर, भिम श्रिस […]
आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर मनाइदै
काठमाडौं,असोज,१६-नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन। मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ।रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ।दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका लगाउने उत्तम साइत नेपाली समय अनुसार बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग […]









