काठमाडौं,फाल्गुन,१०-माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी कुल ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ […]
Flash
प्रधानमन्त्री दाहालद्वारा क्रिकेट खेलाडीलाई बधाई
काठमाडौं,फाल्गुन,९-प्रधानमन्त्री पुष्पकमल दाहालले स्कटल्याण्डलाई पराजित गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
विश्वकप लिग-२ क्रिकेटमा स्कटल्यान्डमाथि नेपालको २ विकेटले विजयी
काठमाडौं,फाल्गुन,९-नेपालले विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९५ रनको अर्धशतकीय पारी खेले । १०१ बल खेलेका […]
रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार
सुर्खेत,फाल्गुन,८-कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ।प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ। कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यानिक प्रदेश’ बनाउने निर्णय गरेको थियो। सोहीबमोजिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यससँग सम्बन्धित विभिन्न गतिविधि […]
आजको राशिफल ।। फाल्गुन ८ गते सोमवार
काठमाण्डौ,फाल्गुन,८-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ८ गते सोमवार, (फेब्रवरी २० तारिख ) फाल्गुन कृष्ण औंसी तिथि।आज सोमबारे औंसी।सामाजिक न्याय दिवस पनि रहेको छ। आज फाल्गुन ८ सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिनआजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको […]
आजको राशिफल ।। फाल्गुन ७ गते आईतवार
काठमाण्डौ,फाल्गुन,७-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ७ गते आईतवार, (फेब्रवरी १९ तारिख ) फाल्गुन कृष्ण चतुर्थी तिथि।आज प्रजातन्त्र दिवस / निर्वाचन दिवस पनि रहेको छ। आज फाल्गुन ७ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ […]
महिला फुटबलमा नेपाल र भारत बिचको खेल बराबरी
काठमाडौं,फाल्गुन,७-नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग बराबरी खेलेको छ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले […]
राष्ट्रिय महिला फुटबल टोलीले भारतसंग भिड्ने
काठमाडौं,फाल्गुन,१६-नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज शनिवार दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ।नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा […]
बाँकेमा हात्तीपाइले रोगको उच्च जोखिम
काठमाडौं,फाल्गुन,६-बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताउनुभयो।उहाँले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका स्रोत […]
आज महाशिवरात्री पर्व मनाइँदै
काठमाडौं,फाल्गुन,६-फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी शनिबार देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन्। पुराणहरूमा कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने […]

