र्‍यापर यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले १५ लाख बजेट खर्चिने

काठमाडौं,आषाढ,२५-स्वर्गीय र्‍यापर यमबुद्धको शालिक बनाईने भएको छ।काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर र्‍यापर यमबुद्धको शालिक बनाउन लागेका हुन् । पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्। उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका […]

आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

काठमाडौं,आषाढ,२५-जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उहाँको निधनप्रति आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। पूर्व प्रधानमन्त्री आबेको शुक्रबार बिहान साढे एघार बजे गोली हानी हत्या भएको थियो।चुनावी सभालाई सम्बोधन गरिरहनु भएको […]

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली लागी निधन

टोकियो,जापान,२४-जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। आज शुक्रबार बिहान साढे ११ बजे तिर गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको हो।जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको जनाएको छ। एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ । नारा सहरमा भाषण […]

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति नौसेनाको पूर्व सदस्य हुन्

टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली हान्ने ४१ वर्षीय तेत्सुया यामागामी मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य भएको अनुसन्धानबाट खुलेको छ। मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा पनि चिनिन्छ।यो जापानको नेभल डिफेन्सका साथ कार्यरत जापान सेल्प-डिफेन्स फोर्सको समुद्री वारफेयर शाखा हो । साथै उनले स्थानीय एक विश्वविद्यालयमा पनि पढाउँथे। गोलीकाण्डको भिडियोमा पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको देखिन्छ।गोली […]

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार गर्ने व्यक्ती तेत्सुया यामागामी पक्राउ

टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। आज शुक्रबार बिहान साढे ११ बजे जापानको नारा सहरमा पुन: हुनगईरहेको निर्वाचनका लागि आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भई प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला उहाँमाथी गोली प्रहार भएको थियो। उहाँलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल […]

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दिए पदबाट राजीनामा

लण्डन(बेलायत),आषाढ,२४-संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिनुभएको छ । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले सबैलाई शान्त र एकतावद्ध बनेर अघि […]

आजको राशिफल ।।आषाढ २४ गते शुक्रबार ।।

काठमाडौं,आषाढ,२४-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २४ गते शुक्रबार, (जुलाई ८ तारिख) आशाढ शुक्ल अष्टमी तिथि,रहेको छ। आज असार २४ गते शुक्रबार राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।परिवारमा सुख सन्तोष छाउला।नयाँ कामको थालनी हुनेछ।स्वास्थ्यमा लाभ मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन आज विशिष्ट व्यक्तिको साथ पाइनेछ।दाम, इनाम […]

आज प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पेश हुने

काठमाडौं,आषाढ,२४-प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ।मन्त्री तथा सांसदहरूले बैठकमा नागरिकता विधेयक पेश हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री तथा सांसदहरूले फास्ट ट्रयाकबाट विधेयक पारित हुने बताउनु भएको थियो।उनीहरूले नागरिकता विधेयक सर्वसम्मत्तिबाट पारित हुनपर्नेमा जोड दिँदै त्यसका लागि नेताहरूले कोशिस गरिरहेको जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्री प्रदीप यादवले संसदमा पेश गर्ने […]

आजको राशिफल ।।आषाढ २३ गते बिहिबार ।।

काठमाडौं,आषाढ,२३-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २३ गते बिहिबार, (जुलाई ७ तारिख) आशाढ शुक्ल अष्टमी तिथि, रहेको छ। आज असार २३ गते बिहिबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । वृष […]

मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णयहरु यी हुन्

काठमाडौं,आषाढ,२३-सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ । अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको हो।बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी […]