काठमाडौं,चैत्र,२७- नेपाल शिक्षक संघको २० औं प्रतिनिधि सभा भोलि देखि शुरु हुने भएको छ । मंगलवार संघले केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।बुधबार बिहान ११ बजे नवदूर्गा पार्टी भेन्यु सुकेधारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभाको उद्घाटन गर्ने संघले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतिनिधि […]
Images
आर्मी र गण्डकीबीचको खेलमा दुबै समूह बराबरी
नेपालगन्ज,चैत्र,२७- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बुधबार बराबरी खेलेका छन् । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको खेलमा उपाधि दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित […]
गोकुल सामुदायिक वन समूहको पाँचौ वार्षिक साधारणसभा सम्पन्न
बाँके,चैत्र,२७- बाँकेको डुडुवा गाउँपालिका वडा नं.३,४ र ५ स्थित गोकुल सामुदायिक वन समूहको बुधबार पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण सम्पन्न भएको छ । डुडुवां–५, तपसीबाबामा रहेको संस्थाको कार्यालयमा बुधबार एक समारोहबीच पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण गरिएको हो । कार्यक्रमको उदघाटनमा बोल्ने वक्ताहरुले सामुदायिक वन तथा यहाँको […]
महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न
नेपालगन्ज,चैत्र,२७- महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायले शुक्रबार मानविकी प्रथम वर्षको बिद्यार्थीलाई स्वागत र तेस्रो वर्षका बिद्यार्थीलाई बिदाई गरेको छ। मानविकी संकाय अन्तर्गत दोस्रो वर्षका बिद्यार्थीद्वारा आयोजना गरिएको उक्त कार्यक्रम सर्मिला केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथिमा महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन पोखरेल र अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका सचीव प्रकाश बिक […]
उडान नेपालले शुक्रबार करियर काउन्सिलिङ तथा मोटिभेसन सेमिनार गर्दै
नेपालगन्ज,चैत्र,२७- नेपालगन्जमा यहि आउँदो शुक्रबार करियर काउन्सिलिङ तथा मोटिभेसन सेमिनार हुने भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापना भएको संस्था “उडान नेपाल” को आयोजनामा नेपालगन्जको ग्यालेक्सी होटेलमा बिहान १० बजे देखि उक्त कार्यक्रम सन्चालन हुने संस्थाका अध्यक्ष जनक थापाले जानकारी दिए। विशेष गरि एस इ इ दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि उक्त काउन्सिलिङ कार्यक्रमको […]
ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम कोहलपुरमा सम्पन्न
नेपालगन्ज,चैत्र,२७- ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम बुधबार बाँकेको कोहलपुरमा सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय बाके,कोहलपुर नगरपालिका तथा कोहलपुर स्थित प्रगतिसिल महिला समुहको संयुक्त अायोजनामा उक्त ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न ठाउँमा सडकनाटक तथा गहनापुर,मदनचौक,बानियाभार,कोहलपुर चौराहा र रोहिनि खोलामा ट्राफिक सचेतनामुलक ट्राफिक होलिङ बोर्ड गाडिएको छ। साथै कार्यक्रममा ९० जना ई रिक्सा चालकहरुलाई […]
साइक्लिङ प्रतियोगिताका लागि छनोट प्रतियोगिता भोली नेपालगन्जमा
नेपालगन्ज,चैत्र,२५- प्रदेश नं. ५ स्तरिय साइक्लिङ प्रतियोगिता मंगलवार नेपालगन्जमा हुने भएको छ । यसअघि नै ६ जना पुरुष र दुई जना महिला खेलाडी छनोट भए पनि चार–चार जना छनोट गर्नुपर्ने भएपछि मंगलवार पुनः छनोट प्रतियोगिता हुन लागेको हो । प्रदेश नं. ५ का लागि छनोट भएका ६ जना पुरुषबाट चार जना र दुई जना महिला […]
सेकुवाको स्वाद चखाउन नेपालगन्जीया आतुर
नेपालगन्ज,चैत्र,२५- नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको मूर्ति, गूरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको सहर हो । नेपालगन्ज नेपालमै नहुने मौसम बोकेको सहर हो । […]
झोलामा सीमित नाङ्लेभारे सिकाइ केन्द्रले पायो पक्की भवन
काठमाण्डौं,चैत्र,२५- ग्लोवल एक्सन नेपाल(ज्ञान)को सहयोगमा नाङ्लेभारे सामुदायिक सिकाइ केन्द्र शंखरापुर पक्की भवन पाएको छ । आइतबार ज्ञानका बोर्ड सदस्य सुवर्ण कर्माचार्यले भव्य समारोहकाबीच नवनिर्मित भवन सिकाइ केन्द्रलाई हस्तान्तरण गरेका हुन् । केहीवर्ष अघिसम्म दर्ता भएर पनि झोलामा सीमित सिकाइ केन्द्रले नयाँ भवन पाएसँगै स्थानीयहरु हौसिएको छ । आइतवार नै शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठबाट नवनिर्मित […]
दिल्लीको तेस्रो जित : रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी
काठमाण्डौं,चैत्र,२५- इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी छ । आइतबार घरेलु मैदानमा बैंगलोरले दिल्लीसँग ४ विकेटले पराजित हुँदै जारी सिजनमा लगातार छैठौं पराजय व्यहोरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा बैंगलोरलाई १४९ रनमा समेटेको थियो । बैंगलोरले उक्त योगफल तयार पार्ने […]

